Kedar Shrestha ‘Gagan’ – Jindagi Ko [Nepali Gajal]

दुःखै–दुःख, धोका,घुणा साथ जिन्दगीको
मन रुँदा हाँस्नु पर्ने जात जिन्दगीको।

पृथ्वीको भार भइयो सकिएन गर्न केही
यस धर्तीमा जन्मिएर गरैँ मैले घात जिन्दगीको।

न आफ्नो बनाउन सकेँ न कसैको हुन सकेँ
प्रयासमै बित्यो जीवन खाएँ लात जिन्दगीको।

परदेश आ’को धेरै भयो वित्यो जीवन यसै
पैसै ठूलो ठान्ने समाजको हात जिन्दगीको।

प्रयास मेरो जारी छ है हरेस अझै खा’को छैन
‘गगन’ चुम्ने इच्छा मेरो आँट जिन्दगीको।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4736

Kedar Shrestha ‘Gagan’ – Naya Barsha

पात्रो फेरेर
वूढो पार्दै मान्छेलाई
यो पल्ट पनि
आगमन भयो
नयाँ वर्षको
र असिमित भन्ज्याङ्ग र घुम्तीहरु पार गर्न
एक खुडि्कलो उक्लियो जीवन

वेहुली अनिमएको घर मन
प्रत्येक आफ्नो बुढ्याईसँगै
सृजना गरिरहेछ नयाँ–नयाँ संस्मरणात्मक कृतिहरु
र अभाव अनुभूति गरिरहेछन् आँखाहरु

प्रत्येक वसन्तसँगै उपस्थित हुने नयाँ वर्षलाई
देखेजस्तै मान्छेले
खै! कहिले देख्लान्
पूरा भएको यी आँखाहरुले
उसले बनाउदै गरेको अमूर्त चित्र

पशुपति र रत्नपार्कको छेउछाउमा
हात पसारेर बस्ने
मान्छेहरुको पेटभरि अन्न,
आँखाभरि सपना पाल्दै
भारी बोकेर जीवनभरि
पिठ्यू रित्तै देखाएर हिड्ने
भरिया दाइको आङ्गभरि लुगा
र परदेशीएका मायालुहरुको खोजीमा
गाइने असिमित गीतहरुको अन्तिम अन्तरा।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4736

Kedar Shrestha ‘Gagan’ – Mutu Dukhda Chhati Bhitra (Nepali Gajal)

केदार श्रेष्ठ ‘गगन’ – मुटु दुख्दा छातीभित्र

मुटु दुख्दा छातीभित्र आँसु खस्यो आँखाबाट
वेइमानीले धोका दिदा खसेँ म त छाँगाबाट ।

वैरीले नि माफ दिन्थ्यो यसो गरी शरण पर्दा
शत्रु पनि आफ्नो हुन्थ्यो यति धेरै माया गर्दा
छायाँ पर्यौ किन तिमी आज मेरो आँखाबाट

बिर्सुं भन्दा किन आउँछ सम्झनामा घरिघरि
आलो घाउमा नुन छर्न छायाँ बनि वरिपरी
वहार खोज्दा भएँ म त झर्या पात हाँगाबाट ।