Kali Prasad Rijal – Kehi Mitho Bata Gara

केही मिठो बात गर रात तेसै ढल्किदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ

रमाइलो कुरा गर सपनाको कुरा गर
संगसंगै बिताएको सम्झनको कुरा गर
दुखः छोड, दुख़ःलाइ त जिन्दगानी छदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ
केही मिठो बात गर रात तेसै ढल्किदै छ

आउ नाचौ अध्यारोमा जूनकीरि नाचे जस्तै
बतासमा उडौ आज सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौ छुटिनु त छदै छ
भरे फेरि एकांतमा रुनु त छदै छ
केही मिठो बात गर रात तेसै ढल्किदै छ

शब्द – कालीप्रसाद रिजाल
स्वर, संगीत – नारायण गोपाल
एल्बम – प्रेमको माला

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2404

Kali Prasad Rijal – Sabai Bhanna Sakchhu

म कुनै सिद्ध आत्मा होइन,
न कुनै दिव्य दृष्टि छ मसित
तर आँखा चिम्लेर भन्न सक्छु
यो देशमा कहाँ के भइरहेछ !

यतिबेला सिंह दरबारमा
राष्ट्रको ढुकुटीबाट
लाखौंलाख बाडिँदै छ
आफ्ना कार्यकर्तालाई
र एकाएक बिरामी परेपछि
फेरि अर्का नेता
दिल्ली प्रस्थान गर्ने भएका छन्
साउथ ब्लकमा उपचार गराउन
उता मन्त्री क्वार्टरमा
उद्योगपति व्यापारीहरू
यतिबेला ब्रिफकेसमा
शुभकामना चढाइरहेका छन्
मृर्गौला बेचेर फर्किएका नेपालीहरू
फेरि लुटिएका छन् सीमा क्षेत्रमा
अहिले ठमेलको मसाज पार्लरमा
संभोगरत छन्
एक प्रतिष्ठित समाजसेवी
र सुन्नुहोस्
एक महान् नेताका
होनहार सुपुत्र
दिउँसै फिट्टु भएर
एक्लै कोठामा कड्किरहेका छन् ।

कहाँ के भइरहेछ
सब भन्न सक्छु
नपत्याए फोन गरेर सोध्नुहोस्
भोलि अखबारमा पढ्नुहुनेछ
दुर्घटनामा परेर
नौ जना ठहरै भएको
झाडापखालापछि त खान नपाएर
चार जनाको प्राण गएको
र अहिले ठीक यसैबेला
विशाल आमसभामा
शीर्ष नेताहरू
थपडीको गडगडाहटबीच
एक-अर्कालाई
ध्ाराप्रवाह गाली गरिरहेका छन् !

अपहरणपछि तराईमा
फेरि एक जनाको हत्या भएको छ
उग्रभीडले चारओटा बसमा
भर्खरै आगो लगाइदिएको छ ।
र तात्तातो अर्काे खबर सुन्नुहोस्
मन्त्रिपरिषद्को निर्णयअनुसार
खुंखार अपराधी र तस्करहरूमाथि
लगाइएका सम्पूर्ण अभियोग
सरकारले फिर्ता लिने भएको छ
र अन्ततः
छोरीलाई उपप्रधानमन्त्री बनाउने सहमतिपछि
सरकार गिर्ने सम्भावना पनि
तत्काललाई टरेर गएको छ

तर भन्न नसक्ने कुरा एउटै छ
मैले भन्न नसक्ने कुरा एउटै छ-
यो देशको के हुन्छ ?
त्यो म भन्न सक्दिन
साम्प्रदायिकता, जातियता, क्षेत्रीयतामा
जीर्ण हुँदै गएको
वैमनस्य र द्वन्द्वमा
चर्कँदै चर्कँदै गएको
यो देशको के हुन्छ ?
यसको अखण्डता र सम्प्रभूता
रहन्छ रहँदैन ?
त्यो म भन्न सक्दिन
यसको लागि त
तपाईंहरूले नेताहरूसित सोध्नुपर्छ
राष्ट्रको नाममा, जनताको नाममा
सत्य निष्ठाको शपथ खाएका
नेताहरूसित सोध्नुपर्छ !

कान्तिपुर कोशेली
२०६६ कार्तिक १४

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2404

Kali Prasad Rijal – Mai Hoon

पर्वतहरूमा सुमेरु हुँ म
नदीहरूमा
महाकाली, टनकपुर हुँ म
वृक्षहरूमा रक्तचन्दन हुँ म
विमानहरूमा लाउडा हुँ म ।

म सहस्र छु, अनेक छु
अनेक भएर पनि एक छु
कर्ता पनि, कारण पनि
कर्म पनि मै हुँ
पाप, पुण्य, धर्म पनि
अधर्म पनि मै हुँ
सबै अधिकार शक्ति
मैबाट निःसृत हुन्छन्
सबै मूल्य, मान्यता
मैबाट स्थापित हुन्छन्
म स्वयम्भू, मेरो कसैप्रति जवाफदेही छैन
कुनै विधान, संविधानले मलाई छु“दैन ।

सबै यज्ञ, अनुष्ठानहरूको अधिष्ठाता
युगको प्रणेता हुँ म
नेताहरूको पनि नेता
महानेता हुँ म
नेपथ्यमा बसेर म नै गराउ“छु
प्रपञ्च भा“तीभा“ती
तर, कमलजस्तै ओभानो छु
सदैव पानीभन्दा माथि ।

सबै ग्रन्थ, शास्त्रहरूको मै हु“ सार
म अज्ञेय, अद्वेत, अपरम्पार
मलाई बुझेपछि फेरि बुझ्नुपर्ने
केही रह“दैन
मलाई पाएपछि प्राप्त गर्नुपर्ने
जगमा केही छैन ।

सुरमुनि देवगण सबै
मेरै उपासना गर्छन्
मेरै भक्ति स्तुति गाएर
यो भवसागर तर्छन् ।

त्यसैले ए नरहरि, गगनहरू हो !
विवेक र तर्कको
जालोलाई फाल
मैमा समर्पित होऊ
मलाई अ“गाल
तिमीहरू पनि आऊ
मेरै शरणमा आऊ
र धनधान्यसहित
परमपद पाऊ ।