Indra Kumar Sunuwar – Timlai Samjhirahos

ईन्द्र कुमार सुनुवार – तिमीलाई सम्झिरहोस्

फूल जस्तै ओइलिएर गयो मेरो माया
मुटु भरी जति नै साचेर राखे पनि
कहीले नजोडिने हाम्रो बियोग भयो
जति नै देवी देवता भाके पनि

दोषी थिए म तिमीले हेर्ने नजरमा
निर्दोष बनी तिम्रो निन्दा गर्न सकिन
वास्तविक्ता जब तिमीले थाहा पायौ
धेरै ढिला भयो फेरी फर्कन सकिन

तिम्रो जीवन सुभारम्ब होस् बसन्त्तऋतुले
मेरो जिन्दगी उजाडै उजाडले भरिएपनी
मेरो पवित्र आत्माले तिमीलाई सम्झिरहोस्
कदाचित मेरो शरीर यो धर्तीमा नरहेपनी

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1593

Indra Kumar Sunuwar – Buwako Samjhana

ईन्द्र कुमार सुनुवार – बुवाको सम्झना

यो बर्ष पनि त्यसै बित्यो बुवा चरण छुन पाईन
दुखै दुखमा रुमलिएको जीबन घर आउने साईत जुरेन
मेरो छोरो आएन भनी अ्मुल्य आशु नखसाउनु
आशुले बाटो छेक्छ, छिट्टै आओस भनी आसिष दिनु

रहर त कहा हो र घर परिवार बाट छुट्टिने!
बिरानो मुलुक गरि खानु रैछ जिन्दगी हो डोर्याउने
भकारी भर्ने खेतबारी छैन,पेटले यो कुरा बुझ्दैन
साहुको रिण दिनदिनै बड्छ मनले सहन सक्दैन

मुख हेर्ने दिनमा बुवाको छेउमा म आउन सकिन
मेरा भाइबैनीलाई म भन्दा सुखी हुने आसिष दिनु न
तपाईलाई भेट्न बेलैमा आउछु यो आउने सालमा
यो जीबन तपाईकै देन हो भुल्दिन तपाईलाई कुनै हालमा

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1593

Indra Kumar Sunuwar – Khushi Chhu Maile Napaye Ni

ईन्द्र कुमार सुनुवार – खुसी छु मैले नपाए नि

गल्तीको गणना हुन्न मायामा
तिमीलाई लाखौं पटक माफ छ
दुखसुखको गोरेटोमा जहा जान्छौ
हरपल तिमीलाई मेरो साथ छ

चुम्बकको आबस्यक्ता छैन मलाई
तिम्रो मायालाई मुटु भित्र जोडिरहन
वास्ता मलाई तिमीले नगरे नि
आउदिन म तिम्रो खुसी तोडिदिन

आँखाको आँशु बन्न चाहन्छु
तिम्रो मनको बोझ पखाल्न
पबित्र आत्मालाई प्रार्थना गर्छु
तिम्रो दुखसँग मेरो खुसी बदल्न

तिम्रो हासोमा नै मेरो संसार छ
संसार त रहिरहन्छ म नरहे पनि
सृष्टीको अनुपम उपहार माया हो
तिमीले पायौ खुसी छु मैले नपाए नि