Indra Kumar Shrestha Sarit – Jaghar Tarne Saghur

छाती चिरेर देखाउनू
पर्दैन सम्भव
बोलीमा छैन कसैलाई विश्वास
छ त केवल त्राशमा विश्वासमा

अघाए नि छैन जीवनमा सूख
भोकाए नि केवल साथमा मात्रै दूःख
छ शंखा, त्राश र उकूसमूकूस केवल
जीवन पानी बिनाको माछो हो कि ?
मरुभुमिमा रोपिएको मखमली विरुवा?

हरक्षण तनाव, हरक्षण सकस
छैन गल्ति छैन अपराध
तर बिना निर्णयको सजाय निरन्तर
छैन निकास, छैन द्वार मूक्तिको
निराश, हतास र उजाड जनीव्नहावा बगिरहंदा
पुर्णिमाको जुन भेट्छु भन्दा त
जीवन केवल, मात्रै औंशीको रात

नदेखिएको त्रू्कसीफाइडको पीडा स्थायी
मूटू कटकट खादा पनि
मौन छन पीडा, मौन छन् छटपटी
मन क्ष विक्षत भएको असहनीय पीडा
सूनाउन नि नसकिने
नसूनाइ नि बस्न नसकिने
सून्ने सक्की स्रोता त पटक्कै नभेटिने
जीवन जंघार अघि स्तव्ध उभिएको छ
किंकर्तव्यविमुढ बूख्यंचासरी उभिएको
धमिलो पानीमा लेउसरी हेलिरहेको छ एउटै प्रश्न
जंघार तर्ने कूनै काठे साघू छैन त?

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1651

Indra Kumar Shrestha Sarit – Abhimanyu Chakrabyuha Chha Tyahin

इन्द्रकूमार श्रेष्र्ठ सरित – अभिमन्युः चक्रव्युह छ त्यहीं

कहाँ, कहिले र कोद्वारा चक्रव्युह बिछ्याइएन -
कहिले र संग्राममा
कहिले सन्धी र सम्झौताहरुमा

कहिले गालीमा त कहिले मीठो बोलीमा

पटक पटक भएको ५ षड्यन्त्र

सहकार्यको अभिनयमा कहां कहांमात्रेै धोका भएन -
पाइला पाइलामा बिछ्याइएको छ बम
शव्द शव्दमा भरिएको छ जाल र झेल
हिजोसम्म घरमा पस्नै नदिने

थियो भित्री बाहिरी षड्यन्त्र

त्यसका लागि पहाडै खसेसरि

कोकोहोलो मच्याएर रुवाबासी गरेकै हून

नसकेर आफ्नै षड्यन्त्रको तगारोले थेग्न
लूरे, भूरे, बलवान छिमेकी पनि गूहारेकै हून
कत्ति कत्ति चाल चले

भनेर साध्य छैन, गनेर साध्य छैन
अरुको जीतमा आफ्नो हार देख्ने मनूवाको
छेरुवा बानीको कहानी कही साध्य छैन ।
घर पसिसकेपछि

अब घरमा टिक्नै नदिने खेल सूरु भएको छ

बाहिर बाहिर बोलीमा घसेर तीन माना चिल्लो

भित्र भित्रै सिध्याउने षड्यन्त्र भइरहेकै छन्
बूझेकै छन् सबैले यहां सबैको भाका
तिनको भूकाई पनि होइन आफ्नो
बोली पनि होइन तिनको आफ्नो

छैन आफ्नै विचारमाथि यिनलाई विश्वास

त्यसैले त अरुको उत्रु छेकेर
आफु अग्लिएको भ्रम पाल्छन्
मालिके भूक भने भूक्छन्

चूप लाग भनेर हकारे टांगमूनि पूच्छर लूकाउंछन्
कून मालिकलाई खूशी पार्न हो, कून्नि ।
हेर, हेर यिनको शिखण्डि नाच आज पनि जारी छ
बृहन्नला पनि लज्जित हूने हाउभाउ छ यिनको हेर

न त बनाउंछन् यिनीहरु आफ्नो छर
न त अरुलाई नै बनाउन दिन्छन्

बिरोधको नाममा आधारहीन बिरोध गर्छन
त्यसैले अभिमन्यु बनेर तोड्नू पर्नेछ थूप्रै थूप्रै चक्रव्युहहरु

जांघरहरु छन् थूप्रै थूप्रै तर्नू पर्ने
उकालो छन् धेरै धेरै चढ्नूपर्ने
गन्तव्यमा पूग्न झिना मसिना मात्रै होइनन्

परिआए ठूलै अवरोधहरु प्नि हटाउनै पर्दछ
हटाएको इतिहास नभएको पनि होइन हाम्रो
हाम्रो इतिहास पढ्नेहरुलाई थाहा छ
जनता उंभो लाग्न नदिने
राष्ट्र समून्नत हून नदिने कूतत्वहरुलाई
काम गर्नुभन्दा बाटोमा कांडा ओछ्याउनेहरुलाई
तोडेर सम्पूर्ण चक्रव्युह
तिनलाई जनतासामूं नंग्याउनै पर्दछ
सबैको आशा र विश्वासको केन्द्र
अभिमन्यु ।
उसलाई चक्रव्युहबा६ निकाल्नै पर्दछ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1651

Indra Kumar Shrestha Sarit – Atur Chha Jindagi

यूग भयो धर्तीमूनि दबिएको
आगो बोकेर पनि पानी पानी बनेको
एक एक पल सम्झना छ उसलाई
असिनाले चूटेको, बर्षात्ले रुझाएको
पन्छीभैंm उड्दै उड्दै
खुल्ला आकाशमा उडने सपना
सधैं सधैं ज्वालामूखीभित्रै दबिएको ।

पूरानो चिहानसरी अपहेलित ज्वालामूखी
मान छैैन, मर्यादा छैन
समयको अगाडि सधैं महत्ताहीन ज्वालामूखी
अपमानको अनल पिई पिई बनेको हो ऊ ज्वालामूखी
अब चरी बनेर उड्नू छ उसलाई पनि बादलमाथि माथि
पृथ्वी घूम्यो कि सुर्य घूम्यो
कून ग्रहले कसलाई चूम्यो
बेअर्थ छन् उसका लागि यी सबै अर्थहरु
अर्थपुर्णा छन् त केवल
आप्mनै अस्तित्वको निरन्तर खोजी ।

राष्ट जापान होस् कि अरु नै
जहां पगे पनि ज्वालामूखीको एउटै कर्म हून्छ
फुट्नू फुट्नू केवल फुट्नू …… ।
असिना, पानी र झरीको सहेर अत्याचार
कति सहनू उडन्ते पञ्छीहरुका् बिष्टा, अन्त्यहीन चीरबीर
सून्नू छैन अब उसलाई मान्छोको चीत्कार
पूmट्नू नै ज्वालामूखीको धर्म हो
मच्चिए मच्चियोस् यूगौं यूग हाहाकार….. ।
नाम ज्वालामूखी, सिंगो परिचय नै ज्वालामूखी
नचाहेरै पनि धर्तीभित्रै दबिएको छ ऊ
नचाहेरै पनि साइनो छ धर्तीसंग उसको
तर अब चाहिने नचाहिने साइनोहरुले
उसलाई सक्ने छैनन् छेक्न
नसके पनि घडी, पला र दिन तोक्न
धर्तीले दबाएर राखेको ज्वालामूखी
एउटै छ लक्ष्य, एउटै छ उद्धेश्य
विष्फोट.. विष्फोट..विष्फोट…….।