Homnath Subedi – Matantar Bachayera Manaau Bijaya Aba

होमनाथ सुबेदी – मतान्तर बचाएर मनाऊ विजया अब

मोदिआइन् पढें आज दशैँ हो विजयोत्सव
मान्छे मारी अमान्छेको पुजनै नगरौं अब .

मान्छे अर्जुन हुन सच्चा कृष्ण ता अमानवी न हुन .
मान्छेले मान्छेको पीडा बुझी अर्जुन भन्दछन .

हतियार चलाएर मान्छे मार्न म सक्तिन
यी सारा बन्धु हुन मेरा हत्यारो त म बन्दिन .

मान्छेले मान्छे मारेमा केको धर्म रहन्छ र ?
छोटो मीठो छ यो प्राण नाशी को स्वर्ग जान्छ र ?

नातापाता कुनै तेरा कुनै मेरा यही न हो
मतान्तर सदा हुन्छ मान्छे मार्नु सहन्न यो .

विकल्प अरु नै खोजौं नमारी बन्धुबान्धव
भन्ने अर्जुन हुन मान्छे कृष्ण ता अति मानव .

कथा यथार्थको मानौं न लाग्यौं कृष्णको पछि
पूजा गरेर देवीको नकातौं मान्छेको खशी .

अस्तित्व मान्छेको मानौ न मानौ देवकल्पना
विश्व बन्धुत्व हो ठूलो अर्जुनै हुन महामना .

देव हुँ धाक लाएर कृष्णले गरी कल्पना
स्वर्ग जान्छौ भनी मारे लाखौं लाख हिनामिना .

झाँक्री जस्तै जगाएर बिराट रुप कृष्णले
युद्ध बिरोधी भड्काइ पारे अर्जुन पागल .

देवको नाम पारेर महाभारत युद्धमा
होमे बन्धुहरुलाई पारी त्यो चक्रव्यूहमा .

मानव बंश नासेर अमानवी मनुष्यको
झूटो लोक देखाएर मार्नु हुन्न मनुष्य यो .

अर्जुनै बेश छन् मान्छे, मान्छे नै बन्नु पर्दछ
मतान्तर भए धेरै विकल्प खोज्नु पर्दछ .

परलोक तथा देव कृष्णका फतुरे कुरा
अर्जुनै सत्य हुन बन्धु मानौं यी मानवी कुरा .

अधिकार को चाहन्न, लोभहीन को हुन्छ र ?
धृतराष्ट्र त मान्छे हुन् हैनन् ती झूठ किन्नर .

बन्धुको बीचमा युद्ध न गर्ने भनी अर्जुन
हतियार हटाएर बसे हुन् मानवी हुन .

मान्छेले मान्छेको सीमा चिन्नु पर्दछ आज हे
तिमी एक्ला छदै छनौ मान्छे अर्जुन छन् सखे !

पछि लागेर अर्काको न मास बन्धुबान्धव
एक्काइसौं शताब्दीका मान्छे हौँ बुद्धी हुन्न र !

मुन्ड़ेमुन्ड़े मतिर्भिन्ना स्वतन्त्रता यही न हो
निर्वाचन गराएर बिकल्प वरणीय हो .

युद्धको शङ्ख घन्काई न मार कलिला कला
मान्छेका सिर्जना राम्रा हामीले पढ्नु पर्छ हा !

आज हारे पनि भोलि सत्यको जीत hunchha हे !
गल्तीले न उठाउ यो महाभारत युद्ध हे !

समाधान तबै हुन्छ जब सहन सक्तछौ
अपराधी बनी आफै शान्ति के गरिराख्दछौ ?

धर्मको नाम पारेर फँसाए भक्तले त्यहाँ
यहाँ अर्जुन झैँ ऐले न बनौं कुरुक्षेत्रमा .

होश राखी बचाएर बन्धुको ज्यान युद्धमा
खोजी विकल्प छान्नेछौ भन्छन अर्जुनले यहाँ .

एक्काइसौं शताब्दीको लोकतन्त्र विकल्प छ
मतान्तर बचाएर हामीले बाँच्नुपर्दछ .

दुई दिने जिन्दगीमा जित्नु हार्नु कहाँ छ र ?
धर्मको नाममा लड्नु हैन यो विजयोत्सव .

मोदिआइन् पढी आज सिकेका मसिना कुरा
मान्छेको मार्गमा लागौं न धसौं युद्धका छुरा .

विजया दशमी आयो सबैको जीत होस् यहाँ
मान्छे सारा मिली जितून विश्व वन्धुत्व होस् यहाँ .

मेरो चित्त बुझी लेखें बिपीका यस तर्कमा
मतान्तर अरु होलान होमका यक्ष प्रश्नमा .

मान्छे यो धारणा मात्रै विचार गर्नु पर्दछ
विचारकै महा यात्रा स्राष्ठाले गर्नुपर्दछ .

स्रष्ठा हो विश्वको द्रष्ठा लेख्नुपर्छ यथार्थता
मान्छेको हितको लागि न लेख्नु स्वर्गका कुरा .

डायस्पोरा भयौ हामी भेद संस्कृतिको न हो
दर्शनैमा सबै मान्छे बाचौं यो कामना न हो .

कामना गर्नको लागि छेक थुन कहाँ छ र ?
मतान्तर बचाएर मनाऊ विजया अब .

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2664

Homnath Subedi – Pen Brussels

होमनाथ सुबेदी – पेन ब्रसेल्स

युरोपको कुनै कोप लुकेको ‘पेन’मा थियो
घुम्दै फिर्दै पुगें चुम्न जयन्ती भानुको थियो ।

थियो च्याप्टर पैले नै नामशेष सबै भए
डुबेको नाउ पाएर उद्धार कृष्णले गरे ।

बजगाईं थिए कृष्ण रासलीला गराउने
ब्रसेल्सको सभालाई अनेसास बनाउने ।

जयन्ती देवकोटाको पारेर सातसालमा
पुनर्गठन भो अर्को कार्यकारी ब्रसेल्समा ।

भए अध्यक्ष आफै नै मान्छे खोज्न स्वयम् बढे
नेतृत्व लाजले हुन्न अगि सर्नू प्रचण्डले ।

‘पेन’ हुँ मसी नै खान्छु झण्डा बोकेर सागको
गुन्द्रुककैको सही झोल नेपाली पहिचानको ।

तपाईंको घरैमा छु हातैमा छु सँधैभरि
‘पेन’ हुँ सबको पीडा लेखेर रुन्छु धर्धरी ।

प्रभूत्व कामना राखी लडेका मानिसैहरु
मरे पनि उठेका छन् भन्छु यो निबले बरु ।

आफू आफ्नो छ यो जाति ‘नेपाली’ लिंक संस्कृति
जनजाति मिली बाचौं भन्छु मै ‘पेन’ दुष्कृति !

१०

न भए देशको चिन्ता यो सभा आज हुन्नथ्यो
न भए सोच्नुको शाप ‘पेन’ले दुःख दिन्नथ्यो ।

११

आफ्नो प्यारो सबैलाई हाम्रो प्यारो हुदैरहोस् ।
ब्रसेल्सको सभालाई ‘पेन’ यो सगुनै हवोस् ।

१२

रसिया पोर्चुगीज युके तिमीलाई सकाउने
‘पेन’ छन् रे अनेसास ‘पीडा’ ले नै जगाउने ।

१३

धन्यवाद गिरीलाई बजगाईं रमेश हो !
कुम शाही रिमालै छन् विनिता खिम भाइ हो !

१४

जयन्ती भानुको पारी भेटें अपूर्व यो घडी
समायौ हातमा ‘पेन’ धन्यवाद सधैंभरि ।

१५

पसेको हुँ मुसो जस्तै बाजा जस्तै बजी हिडेँ
यायावर म हुँ श्रेष्ठ मधुको हातमा पुगें ।

वुडब्रिज, भर्जिनिया

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2664

Homnath Subedi – Pen Asam Chapter Ma

होमनाथ सुबेदी – पेन आसाम च्याप्टरमा


अमेरिका र आछाम एकै लाग्यो झरीभरिभिर
पेन हुँ जातले आएँ घुम्दै यो क्षेत्र-मा-धुरी ।

अन्तरसाजालमा मेरो स्थान माउसले लियो
स्क्रिन आसामको आयो पीडा प्रदीपको थियो ।

मुसाको भरमा सच्चा लेखनी म बने यहीं
पेन हुँ कसरी हेर्ने अन्तर्भाव भए त्यही ।

भूमण्डल भरै आफ्नो पहिचान बढाउन
भाषा साहित्यको सेवा गर्ने लक्ष्य पुराउन ।

सोनितफरमा खोले अनेसास बढाउन
खोले आसामको शाखा डिसी हात मिलाउन ।

लिला,लक्ष्मी, गीता, बद्री, दिल्ली, खग र देवीको
सल्लाहकारको यौटा सभा बाँधे अचम्मको ।

हरि, तिलक, प्रदीप अध्यक्ष र उपै बनुन्
कोषाध्यक्ष त केदार महासचिव एक हुन् ।

दुर्गा, गोपाल, प्रह्लाद, रेखा, भानु र रुद्र छन्
नर-बहादुरै जस्ता सदस्य त्यसमाथि झन् ।

प्रबासीको थियो माया नेपालका सबैसंग
भारतेली छ नेपाली सुदृढ अजीबैसंग ।
१०
नेपालका थिए काका गएका त्यस ठाउँमा
कमाउन न पाएर हराए कुन गाउँमा ।

११
“पेन” हुन् मनका सारा बेथा सर्वत्र बग्दछन्
हराएका कुनै छैनन् जाति उत्थान गर्दछन् ।
१२
सहभागी बनें आज अविज्ञेय बनी त्यही
सभाको भाग खाएर अंतर्ध्यान भएँ त्यही ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2664