Hariprasad Bhandari – Kaligandaki

दामोदर जलकुण्डबाट सहजै निस्केर यात्री सरी
कैले शान्त त रौद्र रुप कहिले हा–हा र हूँ–हूँ गरी
अग्ला श्वेत हिमाल, उच्च गिरि औ ढुङ्गा, मुडा, बन्जर
खोपी मार्ग बनाउदै र कहिले तोड्दै ठूला कन्दरा ।
— ० —
मुक्तिनाथ हुँदै घुमेर सहजै नौला नयाँ इस्थल
बग्छ्यौ, हे सरिता रमाइ अनिता झछ्र्यौ तिमी तल्तल
ठूला ठिक्क अनि प्रशस्त मसिना साथी लिई साथमा
जान्छ्यौ आखिर मिल्न त्यै गहकिलो समुद्रका पासमा ।
— ० —
तिम्रो शक्ति अपार, भाव कलिलो नौलो छ तिम्रो रुप
यात्रा सु्न्दर, जिन्दगी रहरिलो उच्चा छ तिम्रो हुप
तिम्रो मार्ग कदापि कत्ति बलले रोक्नै खोजुन् तापनि
ठूलो वेग र शक्तिले धरती नै भत्काइ बग्छ्यौ तिमी ।
— ० —
सारा पाप पखालीद्यौ धरतीको दुर्गन्ध मैला अनि
स्वात्तै पारी बडारिद्यौ अबुझको अज्ञान सेखी पनि
यौटा सु्न्दर धर्तीको अब यहाँ निर्माण गङ्गे गर
सारा मार्ग हराभरा गरी नयाँ नौलाख बीउ छर ।
— ० —

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3113

Hariprasad Bhandari – Uni Surya Lina Gayeka Chhan

१. मध्य रात्रिमा
चारैतिर चकमन्न अध्यारो थियो
कालो बादलले ढाकेको आकाशबाट
चिसो पीठो वर्षदै थियो
सिरेटोको निर्मम प्रहारले
हाम्रा छातीमा ठुङ्दै थियो
खाली धर्तीमा रित्तो आकाश ओडेर पनि
कैयौँ मान्छे सुतेकै थिए
टाडा कतै कराएको स्यालको आवाजले
वातावरणलाई उराठ उराठ बनाइरहेको थियो।

२. त्यसै वेला
उनी उठे
न्याना हातले बसेहै सानी भन्ने संकेत गर्दै
अध्यारो रातमा छाम–छाम र छुम–छुम गर्दै
सर्पको डसाइ र कुकुरको टोकाइबाट बच्दै
एउटा संघर्षशील यात्राका लागि
हिडेका थिए।

३. भन्थे―
विहानको मिर्मिरेसंगै
अन्धकारलाई हटाउन प्रकाश लिएर र
अन्यायका विरुद्धमा संघर्षको मसाल बोकेर
उदाउने छु पूर्व क्षितिजमा।

४. तर कुन्नि किन हो
उनी अझै आएका छैनन्
कतै बाटामा आउँदा कुकुरले झम्टे की
या कतै स्यालको जाल वा
चितुवाको फन्दामा परे की
काँडा र बुट्यानमा अलमलिनु पनि नपर्ने।
मलाई विश्वास छ―
उनी दृढ छन्
उनी शक्तिशाली छन्
त्यसैले,
स्याल र व्वाँसोले रोक्न सक्दै
न उनलाई,
कुकुर र चितुवाले देख्न सक्दैन उनलाई र
झाडी र बुट्नले अल्मल्याउन पनि सक्दैन उनलाई
त्यसैलै सारा बन्धनहरू ताड्दै
सारा अफ्ठ्याराहरू पार गर्दै र
पूर्व उजिल्याउँदै
उनी अवश्य आउने छन्।

५. म देखिरहेकी छु–
पूर्वमा लाली चढ्दै छ
उनी चक्माबाट आगो झक्दैछन् क्यार
आगाका फिलिङ्गा देखिन्छन् कताकती
त्यो त उनको प्रकृया हो,
त्यत्तिले पुग्दैन उनलाई
उनी झन् माथि पुग्नेछन्
अनि प्रमिथस बनेर आगो मात्र होइन
सिङ्गो सूर्य लिएर आउने छन्।

६. राता किरणका प्रहारमा
अन्धकार भाग्ने छ,
बादल फार्ने छ,
सिरेटो हराउने छ र
निलो आकाशमुनिको स्वच्छ धर्ती
मुसुक्क हाँस्ने छ– उनी हाँसे जस्तै
उनलाई कसैले रोक्न सक्दैन
उनलाई कसैले छेक्न सक्दैन
उनी अवश्य आउने छन्
किनकि उनी सूर्य लिन गएका छन्।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3113

Hariprasad Bhandari – Shraddanjali

तारा चन्द्र यिनै थिए नि नभमा बग्थे नदी कल्कल
यस्तै शैल तलाउ वृक्ष झरना यस्तै थिए जङ्गल
चम्कन्थे रवि व्योममा तर यहाँ सारा अध्यारो थियो
कालो शासनको समस्त जगमा छायाँ परेको थियो।

केही कर्मठ सन्तती र बलिया यो देशका रक्षक
आफ्नो देश बचाउने प्रण गरी पारेर ठाडो शिर
गर्जे हाँक दिदै डटे समरमा उत्साहको भेलमा
‘मर्छु किन्तु म मर्न दिन्न जननी नेपाल’ भन्दै यहाँ।

‘बैरीलाई भगाउँदै जतनले रक्षा गरी देशको
आफ्नो स्वत्त बचाइ गौरव अनि झण्डा र यो देशको’
भन्थे रे― ‘तरवार बज्री शिर यो टुक्रा परे तापनि
हाँसी हाँसी म जाउला जननी यी नेपाल बाचून्’ भनी।

रातो रक्त छचल्कियो शरीरमा अल्छीपना दौडियो
यस्तो शाहस सामुमा दनुजता कापेर थर्थर् भयो
पक्री ब्यर्थ रिसाइ सत्य नचिनी अन्धाहरू वैरिए
चोखो राष्ट्रिय भावलाई सहजै फाँसी चडाई दिए।

आलै छन् पदचिन्ह ती सहिदका टाटा अझै रक्तका
आलै छन् अझसम्म नै उनीहरू लड्दा बनेका कथा
त्यस्ता वीर सुपुत्र जो मुलुकमा बाँचिरहेछन् मरी
वीरैको गति पाउने सहिदमा मेरो छ श्रद्धान्जली।