Haribhakta Katuwal – Yo Dui Thopa Anshu

हरिभक्त कटुवाल – यो दुई थोपा आँसु

यो दुई थोपा आँसु
मैले मेरै लागि साँचेको
भोलि रुनलाई कसैकोमा आँसु
होला कि नहोला

दुख वेदनामा रोइदिन्छ आँसु
खुसीको सिमामा झरिदिन्छ आँसु
भोलि रमाउन कसैकोमा आँसु
होला कि नहोला

भन्न नसकेका बोलिदिन्छ आँसु
पीर बाँधिएका खोलिदिन्छ आँसु
भोलि पीर पोख्न कसैकोमा आँसु
होला कि नहोला

बितेका दिनको कथा लेख्छ आँसु
मिलन बिछोडको व्याथा लेख्छ आँसु
भोलि लेख्नलाई कसैकोमा आँसु
होला कि नहोला

शब्द – हरिभक्त कटुवाल
स्वर – साधना सरगम/कुमार सानु
संगीत – रनजीत गजमेर
चलचित्र – दुई थोपा आँसु

Related Poems

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1992

Haribhakta Katuwal – Rahar

हरिभक्त कटुवाल - रहर

बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।

खिया लागेका कलका पूर्जाहरु जस्तै
गणितका सूत्रहरु पनि साह्रै पुराना भैसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पाना हरुमा,
मैले त बाच्नुपर्छ आउने दिनहरुमा
इतिहासभन्दा बढी अरु केही भएर
त्यसैले, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।

फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिड्नभन्दा
बाटो बनाउँदै हिड्न रहर लाग्छ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरुको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।

Related Poems

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1992

Haribhakta Katuwal – Hanga Hanga Ban Bhari Chaita Fulechha

हरिभक्त कटुवाल – हाँगाहाँगा वनभरि चैत फुलेछ

हाँगाहाँगा वनभरि चैत फुलेछ
थाहा नपाई मनभित्र बैंस फुलेछ

कताकता कसैलाई भेटेभेटे झैं
संग्लो पानी पिई तिर्खा मेटेमेटे झैं
कोहो कोहो दुई आँखामा आई डुलेछ
थाहा नपाई मनभित्र पृत फुलेछ

एक जोडी आँखा सधैं हाँसु हाँसु झैं
एउटा माला फूल टिपी गाँसु गाँसु झैं
कसोकसो बिहानीको निद खुलेछ
थाहा नपाई मनभित्र पृत फुलेछ

शब्द - हरिभक्त कटुवाल
स्वर - अरुणा लामा

‘बदनाम मेरा यी आँखाहरु’बाट