Govinda Singh Rawat – Manchhe

अरुको सहयोग पाउन्जेल निहुरिने
सक्षम भएपछि पन्छिने
अनि आफ्नो विचारको बाणले
सहयोगीलाई नै प्रहार गर्ने
स्वार्थको पर्यायवाची हो मान्छे

आफ्नो विचारको आरती गर्दै
अरुको बद्ख्वाइँ गरी हिँड्ने
अनि गुदि शुन्य सुकेनास खडेरी परेको
आफ्नै बडप्पनको महाभारत रच्ने
पराजित मन:स्थीतिको पर्यायवाची हो मान्छे

आफ्नो तारिफमा काइदा कानूनको ठेली सुनाउँदै हिँड्ने
अरुकोलागी रुञ्चे अभिब्यक्ती मात्र अलाप्ने
रोगी तर्कहरूको खेती गर्दै
आफ्नै स्वार्थको बाली भित्र्याउने
मपाइँत्वको पर्यायवाची हो मान्छे

कहिल्यै राम्रो विचारको राजपथ बनाउन खोज्दैन मान्छे
विचार शुन्य अहँता डकार्नु बाहेक
कहिल्यै सहयोगीलाई सम्झन खोज्दैन मान्छे
आफ्नै स्वार्थको सगरमाथा चढ्नु बाहेक
छल, कपट्, धोकधारिको पर्यायवाची हो मान्छे
यो सानो-छोटो-अल्प र लघु जीवनमा पनि
आफ्नै ब्याख्यान व्रितान्त सुनाउँदै हिँड्छ मान्छे
भोलि माट्टिनु पर्ने यथार्थता बुझेर पनि
जबर्जस्ति निरँकुशताको विचार थोपर्न खोज्छ मान्छे
मान्छे आफ्नै रोजाईमा, आफ्नै सोचाईमा
पिलन्धरे जीवन जिउन बाध्य छ मान्छे

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2652

Dr. Govinda Singh Rawat – Swasni Ra Remote

डा. गोबिन्दसिंह रावत – स्वास्नी र रिमोट

स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए
आफुले चाहेको बेला अन गर्थे
नचाहेको बेलामा अफ गरिदिन्थे
मनपरेको कुरागर्दा सुनी दिन्थे
डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थे
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए

आधा रातमा साथीभाइ र पार्टीबाट फर्किदा
रिसले मुर्मुराएर उनी झर्किदा
मिउट थिची दिन्थे अनि कचकच नसुनी सुति दिन्थे
घरमा पनि कहिले काँही हुस्की वियरको चुस्की लगाउँदा
उनी रिसाउन कराउन थाल्दा
स्टप थिची दिन्थे चुस्कीलाई निरन्तरता दिदै
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए

बाहिर जानअघि सिंगारिदा
फास्ट फोरवर्ड गरी चाडै गराइदिन्थे
आफुलाई माया गर्दाको बेला भने
बारम्बार रिवाइण्ड थिच्दै प्ले गरिबस्थे
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए

साच्चै भन्या स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए
मन लागेको बेलामा प्ले गरेर हेरीरहन्थे
रिस उठेको बेलामा स्टप थिचेर बसी दिन्थे
उनले कराउँदा भोलुम घटाईदिन्थे
आफुले बोलेको बेला नसुन्दा भोलुम बटाईदिन्थे
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए

आफ्नो चासो हुँदा सुनी मात्र रहन्थे
जस्तो गन्थन गरे पनि
अनि रिसाएर कराउँदा स्टप थिची दिचेर
अर्को च्यान हेर्न थाल्थे
किनमेलको कुरा गर्दा च्यानल फेरी दिन्थे
माया गर्न थाल्दा पज गरीदिन्थे
स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए

तर स्वास्नी रिमोटबाट चल्ने हैन
उनी त आफै रिमोट हुँन
हामी पो उनको रिमोटबाट चल्ने
निरिह पति
त्यसैले कल्पनामा रमाएर केही क्षणको स्वतन्त्रता पाए पनि
हामी रिमोटबाट चल्ने रोबर्ट हौं
स्वास्नीको रिमोटबाट चल्ने
हामी त आज्ञाकारी टिभी हौं
स्वास्नी त रिमोट चलाउने सूत्रधार हुँन
हामी त फगत रिमोटबाट चल्ने यन्त्र हौं
कार्यालयमा हाकिले चलाउछन्
समाजमा नेताले चलाउछन्
घरमा स्वास्नीले चलाउछन्
हामी त फगत रिमोटबाट चल्ने यन्त्र हौं

टोरोन्टो, क्यानाडा

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2652

Govinda Singh Rawat – Prem Ko Interconnection

गोबिन्दिसंह रावत – प्रेमको ईन्टर कनेक्सन

मैले पाएको उपहार कसैबाट
श्रीमतीलाई नभनी तिमीलाई दिए
तिमीले मबाट पाएको उपहार
मलाई नभनि
आप्mनो प्रेमीलाई दियौं
प्रेमीले तिमीबाट पाएको सौगात
तिमीलाई नभनी
आप्mनो प्रेमीकालाई दियो
उसको प्रेमिकाले आप्mनो पोई रिझाउन
तिम्रो उपहार श्रीमानलाई दियो
उसको श्रीमान पनि चरुवा रहेछ क्यारे
त्यही उपहार
आप्mनो भईपरि आउने प्रेमीकालाई चढायो
उसको प्रेमिकाले पनि त्यही उपहार
आप्mनो अर्को प्रेमीलाई दियो
त्यही अन्तिम प्रेमीनै
मेरी श्रीमतीको नाठो रहेछ क्यारे
घुमीफिरी त्यही उपहार
प्यारो लोग्ने भएकोले श्रीमतीबाट मैले पाए
शायद त्यसैले होला प्रेम अन्धो हुन्छ भन्छन्
कसैले नदेख्ने भएकोले नै
एउटा हुँदाहुँदै पनि अर्कोसंग गर्छन् ।

क्यानडा