Gopal Prasad Rimal – Sapana Ma

मेरो हरघडीमा जपना,
तिमी आज सपनामा आए !
यही आशाको पिलपिले बत्ती लिएर यो आधारातमा
म आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, म अललिउँला,
केही छैन,
तिमी मेरो पुग्ने ठाउँझैँ एक्कासि देखा मात्र परे,
तिमी आज मेरो सपनामा आए !
सपनामा तिमी सुरुसुरु आउन सक्छौ,
न पर्खान, न पहरा–
बिपनाको पखेटा सपना न हो !
चाहन्छौ भने उडेर आऊ न, को रोक्छ ?
मन लागे तिमी दुष्यन्त भएर आऊ,
म शकुन्तलाझैँ फूलको सुसारमा हुन्छु ।
अथवा कथाका राजकुमारझैँ देशभूमण गर्दागर्दै
राक्षसले लुटिएको सुनसान शहरमा आयपुग,
एकलासको बगैँचामा सुतिरहेकी मलाई एक्कासि फेला पार,
मलाई बाबु–आमा भन्न कर परिरहेका राक्षसहरुबाट
छुटकारा दिन कम्मर मस,
म राक्षसहरुलाई आँसुले छकाएर
तिनीहरुको काल पत्ता लगाइदिन्छु,
तिमी उनीहरुलाई मार, मलाई हर !
अथवा मलाई झुक्यानमा पारेर यस्तो बेलामा आइपुग
जब म मेरो लाज र सङ्कोचको
पातलो घुम्टो र सप्को हाल्ने बहनासम्म गरुँ;
बल गनै नसकूँ !
तिमी आऊ—
बिपनाको हराएको मणि नै सपना न हो !
पृथ्वी पनि त निद्राजस्ता गहिरा समुद्रको पानीमा
स्वगैको दौलत चन्द्रमा र तारा पाउँछिन् ।
मेरा राजा !
मेरा परेला निद्राले भारी हुँनै लाए,
तिमी आज सपनामा आए ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2390

Gopal Prasad Rimal – Rajat Jayanti

आज रजतजयन्ती ।
आँखा, तँ बन्द हो–
तेरो नक्कलझक्कलको आज के काम ?
नाक, तँ टालिई–
तेरो सुँध्ने शक्तिलाई आज विर्सिदे ।
यो उत्ताउलो पूmलले लटरम्म वसन्त त होइन ?
दशै इन्द्रियहरु, आफ्ना थान्का लाग ।
तिमीहरुको घमण्डको पखेटा
आज काटिदिन्छु ।
जोसित इच्छा छ यसैसित सोध ।
सवै एकै स्वरमा जवाफ दिनेछन्–
”आज हाम्रो आनन्द दिवस हो–
यो दिन ननिभ्ने गरी उज्ज्वल छ ;
आज रजतजयन्ती ।”
(क)

रात औसीकोलाई स्वगत !
दिन सुर्यग्रहणकोलाई !
नक्षत्र हो !
तिमीहरु आपैm विलीन हुन सत्तैनौ भने
बादलको पर्दाभित्र लुक
मुख नदेखाओ–
मन त्यसै गद्गद छ ।
छाती फुलिरहेछ ।
पृथ्वी, तँ आज खुम्चिन छाड् !
तेरो यो सानू देहले
हाम्रो छाती र कानलाई
ठाउँ पुर्याउन सक्ला र ?
‘आज रजतजयन्ती’
(ख)

स्वर्ग
के खुसियालीको घर रे ?
स्वर्ग, तँ स्वर्गै भइस् ।
जा, मनले आज बिदा दियो ।
तडागमा प्रतिबिम्बित चन्द्रलाई
टिप्न किन हामफाल्ने पानीमा ?
के आनन्दको सट्टा लिने हातभरि हिलैहिलो ?
आज हाम्रो समवेशले स्वर्ग हुन्छ अझ सुखी ।
स्वर्गका अप्सराहरु,
इन्द्रधनुजस्ता पोल्टा थाप ।
आज हामी आननद–व्यापार गर्दछौं !
हाम्रो आनन्दको लायक बदलामा दिने
छैन भने अरु केही कुरा, युगयुगको निम्ति
सापटी हामी दिन सक्तछौं ।
अरु ताहिए, सित्तैमा पनि खुशीसँग ।
फेरि, हिमालयको अग्लो टुप्पाबाट,
शङ्क आज फुक्तछु !
आनन्द लुट्न कसैलाई
इरादा छ भने— ‘स्वागतम् !
त्यो आओस् नेपालमा ।
आज रजतजयन्ती ।’
(ग)

आज हामी आनन्दी छौं !
आज हामी सुखी छौं !
संसारमा आज हाम्रै कथा छ ।
सधैं याद राखौं यति कुरा—
‘यस्तै आनन्दी आज,
र आजजस्ता भोलिले
भरिएको छ
युगयुगको नसानसा ।
आज रजतजयन्ती ।’
(घ)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2390

Gopal Prasad Rimal – Ek Geet

केही आहझैं केही चाहझैँ
सौरभ छरी वरिपरि
तिमी प्रतीक्षामा झैं कसको
भन न भन कली !
जब भिखारीको हातसरि
फुक्नेछ तिम्रो सुन्दर तन
के ठानी के दिऊँ तिमीलाई
भन न भन कली !
समीप छ हेर्छु देख्छु
तिमी फुले झरेमा
रोए हाँसेझैं गर्छु
तर यै हाँसो यै आँसु
यै समीपताको जीवन–जलमा
तिमीले प्रतिबिम्बित पायौ आफूलाई
भन न भन कली !
सन्देह चियाउँछ जब यो विश्वबीचमा
तिमी दूर हुन्छ्यौ ताराझैं;
दूर हुनाले चाह गरेको
त्यै तारासित तर फिराद यही छ—
किन त्यो मेरो कलीझैं
रोइने हाँसिने भएन
समीप भएन ?
भन न भन कली !
क्षणभरको छोटो जीवन
वसन्त लाख फुलाउँछ !
शिशिर लाख सुकाउँछ !
अनादि भूत अनन्त भविष्यको
कहालीलाग्दो फैलावटबीचमा
कस्तो यो जीवन–काल कली ?