Leela Prasad Baral – Euta Naya Basti Basaunchhaun

लीलाप्रसाद बराल – एउटा नयाँ बस्ती बसाउँछौँ

अब यस रुखो पर्वतसँग के आस्था
न कतै यसमा जंगल हुन सक्दछ
न कतै कसैको यसले मंगल हुन सक्छ
जो छन् हतियार सबै यसमा प्रयोग गरौँ
जो छौं सबै यसलाई ढाल्न सहयोग गरौँ

गर्भमा पत्रे चट्टान बोकेर यो
हाम्रै एउटा सुन्दर ठाउँ ओगटी रहेछ
हाम्रै एउटा मनोरम गाउँ ओगटी रहेछ
अन्जानमै सदिऔँ देखि हामी कतै मैदान भेट्नलाई

यसै ठाउँ भएर हिँडेका छौँ
बाटो बिराएर उहिल्यै देखि हामी सुन्दर बस्तीको कल्पना बोकेर
यसै ठाउँ कतै यतै डुलेका छौँ
यसैले त हाम्रो अमूल्य पसिना यसले लिइसकेको छ ।
यसैले त हाम्रो अमूल्य रगत पनि यसले पिइसकेको छ ।

फेदैदेखि खन्न थालौँ र यो एक दिन ढल्ने छ ।
फेरि पनि हाम्रो पसिना सिच्ने छ र यो गल्ने छ ।

जाउँ र सबैले साथ दिऔँ
जाउँ र सबैले हात दिऔँ।

यस्तै गीत गाउँदै जाउँ। यस्तै प्रीत लाउदै जाउँ
हामी एक दिन अवश्य यो नाङगो पर्वत धसाउँछौँ।
र एक दिन अवश्य यहाँ एउटा नयाँ बस्ती बसाउँछौँ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2363

Rajeshwar Devkota – Chari Ra Baaje Ko Sambaad

राजेश्वर देवकोटा – चरी र बाजेको संवाद
(मधुपर्क पुस, २०६७)

चरी, तैंले मेरो बाली सखाप पारिस्
जुन फल पाक्छ त्यो तँ नै खाइदिन्छेस्
अनि बूढो मान्छे म के खाउँ ?
मलाई शाकाहारी जानी तैंले धेरै हेपिस् ।
बाजे, तिमीले भकारीभरि थन्क्याउन जान्यौ
तालासाँचोको आविष्कार गर्‍यौ
मेरो पानी माटी तिमी बेचीखान्छौ
शिकार गर्न नसकेर शाकाहारी भएछौ कि ?
हामीले खाएको हेर्न नसकेर
तिमी बूढा त भएका होइनौ ?
धरतीमा उमि्रने वस्तु तिम्रो बाली भएछ
त्यो तिम्रो बाली भनी हामीलाई थाहा भएन
अब हामी तिम्रो अगाडि नआउँला है ।
सङ्गातीहरू कति नफर्किने गरी गए
चरी पनि आउन छाडे धरती नै चरहिन भयो ।
बूढा चिच्याए- चरीहरु, मैले भकारीको ताला खोलिदिएँ
म बूढो बचेरा भए कसैले मुखमा हालिदिए खाने भए
चारा खाई बचराले पङ्ख फड्फडाउँदाको गति हेर्न चाहन्छु
तिमीले मेरो बाली बचरालाई ख्वाउँदाको दृश्य हेर्न चाहन्छु
अब म आँखा देख्नसक्ने भएको छु
प्रेम र सौन्दर्य ग्रहण गर्नसक्ने भएको छु
यो संसार् त प्रेम र सौन्दर्यका दुईहातको अँजुलीमा अटाएजस्तो लाग्छ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2363

Shrawan Kumar Dhungana – Bish

श्रवणकुमार ढुंगाना – विष

जब फुलले
सुवास होइन विष फैलाउन थाल्छ
जब मानिसले
विचार होइन विष रोप्न थाल्छ
त्यो फुलको रूपले घोंच्न थाल्छ !
त्यो मानिसको बोलीले पोल्न थाल्छ !

विष को थैला बाट
–पसिना आए पनि विष नै आउँछ,
–आँशु आए पनि विष नै आउँछ,

विषको थैलाबाट
–सुगन्ध आए पनि विष कै आउँछ,
–दुर्गन्ध आए पनि विष कै आउँछ,

सुम्सुम्याएर ओच्छ्यानमा सँगै सुताए पनि
सर्प प्रीयतमा होइन,
उनेर धागोमा माला, गलामा लगाए पनि
काँडा फूल होइन ।

दुधमा मिसाएर पिउँदैमा
विष अमृत हुँदैन,
सामुन्ने आएर मुस्कुराउँदैमा
कोही मित हुँदैन ।

विषको थैलाबाट
बरदान आए पनि विष नै आउँछ
श्राप आए पनि विष नै आउँछ ।

समुन्द्र मन्थनबाट निस्केर आए पनि
विष विष नै हो ।
हिमालयको काखमा उम्रेर फुले पनि