Geeta Tripathi – Bina Wajan Ka Manchhe Haru

गीता त्रिपाठी – विना वजनका मान्छेहरु

बादलको देशमा
बादलकै मान्छेहरु
टेक्छन् बतासे खुट्टाहरु र
सरिरहन्छन् कहिले यता
कहिले उता

तिनका हलुका वजनहरु
तानिँदैनन् पृथ्वीको गुरुत्वाकर्षणतिर
मातृशक्तितिर
ती छुट्दै जान्छन्
उठ्दै जान्छन्
भ्रमको अस्थिर आयामहरुमा र
फेरिरहन्छन् बादले-आकृतिहरु

कहिले काला हुन्छन्
घनघोर काला
कहिले सेता
रुवा झैँ हलुका
धेरैजसो ती गहुँगोरा हुन्छन्
बीचका,
न यताका न उताका

घामलाई छेकिदिन्छन् ती
पानीलाई रोकिदिन्छन्
तन्किरहने र खुम्चिरहने आकार बोकेर
एकान्तमा कानेखुसी गर्छन्
बतासे ऋतु झैँ सरिरहन्छन्
कहिले यता कहिले उता
विना वजनका मान्छेहरु ॥

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3081

Geeta Tripathi – Adrishya Bagirahanuko Abhilashama

गीता त्रिपाठी – अदृश्य बगिरहनुको अभिलाषामा

ओइलिँदै झरिरहेछ घाम
ओसिँदै बहकिरहेछ बतास
ओर्लिँदै खसिरहेछ दिन

खसिरहेछ यहीँ कतै
मैबाट मेरो जिन्दगी

तिमी पलाउँदैछौ
थपिँदो छ जीवन तिमीमा
उठाएर मेरा हरक्षणहरु
मागिरहेछौ मसँग
मेरो अस्तित्वको अन्तिम अर्थ

म दिन चाहन्छु तिमीलाई
मेरा रगतले कोरेका
विश्वास र आस्थाले उभ्याएका
सारा संस्कार र चेतनाहरु
अग्लो हिमालजस्तो मस्तिष्क

फेवाजस्तो फराकिलो हृदय पनि

तर
समयको रहस्यपूर्ण आकृतिमा
दुर्घटनाग्रस्त छन् यात्राहरु
मलाई माफ गर
अस्पष्ट मेरो समयमा
जडवत् उभिएको छ छाया स्वयम् पनि

तिमी साक्षी हौ-साक्षात्कार छौ
निशब्द निस्पृह म
पहाडहरुको चेपबाट
भासिँदै-भासिँदै बगिरहेछु
गतिहीन हुनुभन्दा
अदृश्य बगिरहनुको अभिलाषामा
धेरै छालहरु सहेको छु

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3081

Geeta Tripathi – Atut

गीता त्रिपाठी – अटुट…
(Source : Himal Khabar)

जब शीर्षस्थ हुन्छौ तिमी
मेरा हरफहरू
गीत भएर बग्न थाल्छन्― तिमीतिरै
तिम्रो केन्द्रदेखि
मेरो परिधिसम्मको
अनन्त दूरीमा
लाग्छ,
बगिरहेछ युगौँदेखि
विश्वासको एक
अटुट नदी
पानी छउञ्जेल नदीमा
किनारहरू
सहयात्रामै हुन्छन् हरसमय
यही समयको
एउटा सहयात्री म
उमारेर
सम्पूर्ण स्मृतिका तरङ्गहरू
त्यही नदीमा
तिम्रो गीतको मीठो धुन
पर्खिरहनेछु … अटुट …।