Dr. Madhu Madhurya – Maun Pratidhwani

डाँडा-पाखा र पर्वतको श्रृङखलाहरुमा
आकाससम्मै चुलिएको हिमाल हुँ म
पहिरो देखाउंदै
भूकम्प
मलाई जिस्क्याई रहन्छ
तर्साई रहन्छ

समथर आंग तन्काएर फैलिएको तराइ हुँ म
घामले पोलिरहन्छ, पानीले डुबाइ रहन्छ
पिउनु परे पनि अभिशप्त आँसु
पर्यटकको आँखामा स्वर्ग रंगिएकै छु
नयाँ नेपालको घुम्टो ओढाई
भाषा-भाषिमा
जात-जातमा
राज्य-राज्यमा
चोक्ट्याउदै छन् मलाई

यो चक्रब्युहबाट उन्मुक्ति दिन
गुहार सुनेर मलाई बचाउन
को सन्तान आयो आज?
फगत दागबत्ती दिंदै
दक्षिण बगाउन आतुर लाम मात्र देखिरहेछु
के इतिहासका दृष्टिभ्रम हुन् यी सारा
के यसैमा गर्ब गरूँ सन्तान छन् भनेर मेरा ?

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1830

Dr. Madhu Madhurya – Bigyapan

डा. मधु माधुर्य – विज्ञापन

नखुर्मुरुन्जेल
वीरताको भूमिकामा
कहालीलाग्दो भीरको बाटो हिंडेर
युग-युगान्तर
समयलाई/ संसारलाई तर्साइरहेका छौं
केहि फुटाइरहेका छौं / टुटाईरहेका छौं
कसैको अनुरोधमा
आफैलाई गिराइरहेका छौं

संदिग्ध बिज्ञापन झन् झन् फणा उठाईरहेको छ:
पित्तललाई सुन भनेर झ्याली पिटीरहेछ
हाम्रा यान्त्रिक / दिग्भ्रमित आँखाहरु टोलाईरहेका छन्
कांचलाई हिरा भनेर फलाकिरहेको छ
हाम्रा यान्त्रिक/ भुत्ते कानहरु चुपचाप सुनिरहेका छन्
अब सुनलाई सुन भन्न गाह्रो भो !
अब हिरालाई हिरा भन्न गाह्रो भो !
हाम्रै नेताको भाखामा
विज्ञापनले विश्व-मानचित्रमा
देशलाई अन्तै कतै देखाउने दुस्साहस गरिरहेछ
अब देशलाई देश भन्न पनि गाह्रो भो ?
पन्चामृत र सर्वत सुकाएर
विज्ञापन हामीलाई कोला-विष पिलाई रहेछ
हामी आमाले खुवाएको दूध बिर्सेर रमाईरहेका छौं
स्मृतिको दस्तावेजमा आफैलाई मेट्ने चेस्टा गरिरहेका छौं

जीवन-समापनका श्रृंखलाहरु छन्
विज्ञापनमा -
रंगीला आकृति / रातहरु छन्
मृत्युका आवाज/ छायाहरू छन्
सेक्स र नशाहरु छन्
कहाँ छन् विज्ञापनमा
फूलको स्पर्श र सुवास?
उर्लेको आस्था र साँचो प्रेमका तरंगहरु ?
देशभक्ति र मानवताका भावनाहरु ?

लौ हेर !
फेरि पनि बिज्ञापनको पर्दामा
आधुनिक भष्माशुरहरु
सल्बलाईरहेका छन्
देश सम्झेर आफ्नै पुर्पुरोमा
कतिखेर हातहरु बिसाउँछन्
थाहा छैन…..
आऊ
टुटेफुटेका हातहरु जोडेर
राम्रो प्रार्थना गरौँ |

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1830

Dr. Madhu Madhurya – Madhu Madhurya

मधु माधुर्य

यो चोटी यस्तै भयो साथी
मैले एउटा अपराध गर्न सकिन
कविता खाएर भोक मार्न सकिन
विचारलाई शब्दमा रुपान्तरण गर्दै मेट्दै गर्नेले
कविता पिएर तीर्खा मेट्न सकिन

सुन्दर कल्पनाले झ्वाम्म अगालो हालेको बेला
छटपटिलाई मुस्कानले छोपछाप पारेर िहडे म कति चोटी
भावनामा डुबुल्की मार्दै कति रमाए म
अहा ! बगरका बान्किला ढुंगाहरुँ सप्रेका मीठा आलुजस्ता
रातका झिलिमिली ताराँहाडीभित्रका फुलौरा मकै
अन्तर क्रन्दन / पीडा आधुनिक सिम्फोनी बजेजस्तो

मानौं स्वर्ग त्यहि छ
र म त्यहाको देवता
जब भावनाको स्वर्गबाट पृथ्वीमा ओर्लन्छु म
दोहोरिन्छ अराजकता भोकँप्यासँछटपटि र क्रन्दनको
अहिले त्यही भावनासग वार्तालाप गर्दैछु
दसैं आयोँ किन आयो कहाबाट कसरी आयो
आएपछि स्वागतँसम्मान दर्शाउनु पर्दो हो बलीको मूल्यमा
सोध्दै छु मँ
खुसीको अभिनय गर्दै कसैलाई कुनै उपहार दिनुपर्दो हो
मौखिक आशिष दिएर धेरैलाई टारेको हो पोहोर परार पनि

बहिरो एकान्तझैं मौन छ भावना
दसैं गएपछि मात्र लामो सुस्केरा तान्यो…
अपराधी हुन नसक्नुको हिनताबोधले पराजित भएन
कविलाई हिमालभन्दा अग्लो देखायो
उचाईमा सुरक्षित रहेछ कविको गर्व / अस्तित्व / सत्ता
अनुभूतिको अदृष्य स्पेसमा ऊ महान स्रष्टा पो रहेछ
त्यहि गर्विलो साइनोले निथ्रुक्क भिज्न पाउदा कति रमाइलो

तै पनि यो चोटी यस्तै भयो साथी
मैले एउटा अपराध गर्न सकिन
कविता खुवाएर तिम्रो भोक मारिदिन सकिन
कविता पिलाएर तिम्रो तीर्खा मेटिदिन पनि सकिन ।