Dr. Bhola Rijal – Chulesi Le Rete Hunchha

डा. भोला रिजाल – चुलेसीले रेटे हुन्छ

चुलेसीले रेटे हुन्छ खुकुरीले काटे हुन्छ
म त भएँ अचानो जेले जेले हाने हुन्छ

मैले मात्रै रुनु पर्ने कर्मै हो कि यस्तो
किन भयो जिन्दगानी आज बगर जस्तो
सक्छौ भने भाग्य पनि त्यतै ताने हुन्छ
म त भएँ अचानो जेले जेले हाने हुन्छ

माया पनि बदनाम हुने जाली काम गर्यौ
झुक्याएर मनको खेतमा तिम्ले आगो छर्यौ
मुखले किन ठिक्क पार्ने पराई ठाने हुन्छ
म त भएँ अचानो जेले जेले हाने हुन्छ

शब्द – डा भोला रिजाल
स्वर – रामकृष्ण ढकाल
संगीत – उदय सोताङ
एल्बम – आगमन

Related Poems

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4252

Dr. Bhola Rijal – Maina Ye Maina

डा. भोला रिजाल – मैना ए मैना

मैना ए मैना तेरो कोही पनि आफ्नो छैन
तँलाई मान्छेले पिँजडामा थुनिराखेको
मैना ए मैना तेरो आफ्नै जीवन छैन
तँलाई जिन्दगीको जन्जीरले बाँधिराखेको

उड्ने रहर कति होला तँ चरीलाई वन
कति छाती पोल्दो होला कति रोला मन
मिर्मिरेको शीतको थोपा झुल्ले घामको ऐना
एक्लै रुन लेख्या रे’छ कठै तँलाई मैना

कुन्जिएर बस्नु पर्ने कस्तो तेरो कर्म
मनमनमा गुम्स्यो होला तेरो मनको मर्म
बुझ्ने कसले तेरो पीडा वनकी प्यारी चरी
कसले भन्ला संसारमा तँलाई कठैबरी

शब्द: डा. भोला रिजाल
स्वर: उदितनारायण झा
संगीत: सम्भुजित बासकोटा