Dinesh Adhikari – Satta

दिनेश अधिकारी – सत्ता

जसरी पनि
जालन्धरलाई मार्नैपर्ने
उद्देश्यमा समर्पित छ विष्णु
र, उसका लागि ठूलो चुनौती
बृन्दाको निष्ठा भएको छ ।

शक्तिले नसकेपछि
षड्यन्त्रमा ओर्लन्छ देउता पनि
विष्णु
जालन्धरको भेषमा
बृन्दाको सतित्त्व हरण गर्न उद्यत भएको छ
बृन्दास“ग
जालन्धरजस्तै बोलिरहेछ
जालन्धरजस्तै हा“सिरहेछ
जालन्धरजस्तै जिस्किरहेछ
र, जालन्धर हुनुको विश्वासमा पारेर
एउटै ओछ्यानको आनन्द भोग्न खोजिरहेको छ ।

म अनुभूत गरिरहेछु
मैले भोगिरहेको
अहिलेको समय पनि विष्णुमय भएको छ ।

ए, क्रान्तिको मसाल बोक्नेहरू !
के तिमीलाई थाहा छ
सत्ता भनेको सधै विष्णु हो
र, विष्णुले जहिले पनि
अरूलाई चुकाउने गरेको छ
र, विष्णुले जहिले पनि
अरूलाई चुकाउने गरेको छ !!

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4869

Dinesh Adhikari – Tarka

दिनेश अधिकारी – तर्क

अफ्रिकी अँध्यारा जङ्गलहरूमा
लौरो टेक्दै
अनगन्ती आमाहरू
अपहरित छोराका लासहरू खोजिरहेछन्
- बारम्बार सुनिरहेछु
नामेबियाका सेपिला खोँचहरूमा
असङ्ख्य निर्दोष यौवनाहरू
चुपचाप चुपचाप निर्वस्त्र हुनुको नियति भोगिरहेछन्
- पटक पटक सुनिरहेछु
विवशताका नपुंसक देवताहरू ढोगेर
लाखौं लाख अफगानीहरू
पालैपालो एकअर्कालाई सङ्गीनमा उनिरहेछन्
- लगातार पढिरहेछु
र, बुझेर
मान्छेभन्दा नजिकको अर्को साइनो हुन सक्दैन
हिमालको काखमुनि
म आफ्ना आँखाहरूमा पत्पती धुवाँउन थालेको छु
नछेक !
मलाइ एकपटक कोलम्बस भएर हिँड्न देऊ !
नरोक !
मलाई एकपटक प्रल्हाद भएर बोल्न देऊ !

थाहा छ
खुट्टामा जंजालहरू फ्याँकेर पहिलेजस्तै
टेप रेकर्डर बज्नुको भाँतीमा
यो पटक पनि तिमी मलाई
अक्षांश र देशान्तरको असमानता सम्झाउने छौ
संस्कृति र संस्कारको बेमेल घोकाउने छौ
हो, म पनि भन्छु -
हामीलाई शासनले बाँडेको छ
हामीलाई इतिहासले अलग्याएको छ
एक-अर्कालाई देख्न सक्ने स्थिति छैन हामीसँग
र, बीचमा लम्पसार परेर
अजङ्ग पहाड सुतेको छ
अथाह समुद्र बगेको छ
र पनि तिमीले जस्तो
आँखामा अन्धकार ओथारो पारेर
निस्पिmक्री निदाउन सक्तिनँ म
एउटै समुद्रको उपस्थितिलाई
मान्छे/मान्छे बीचको विभाजन स्वीकार्न सक्तिनँ म
मलाई मेरो धर्तीको श्रृङ्गार र मान्छेको सम्मान प्यारो छ
मलाई मान्छेको माया र सृष्टिको सम्मान प्यारो छ
र, तर्ककै लागि तर्क गरिरहेछौ भने पनि
म, अप्रिmकी मानसिकताबाट अछुत छैन
सुन !
समुद्रमुनि पनि सतह हुन्छ
र, मैले टेकेको यो माटो
पानी मुनि-मुनि हुँदै
गएर, अफ्रिकी आमा-पैतालाहरूसँग जोडिएको छ
र नामेबियन् दिदी-पैतालाले टेकेको त्यो माटो
पानी मुनि-मुनि हुँदै -
हाम्रा पैतालाहरूसँग जोडिन आइपुगेको छ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4869

Dinesh Adhikari – Grey Coat Bhitra Ko Manchhe

दिनेश अधिकारी – ग्रे-कोटभित्रको मान्छे
(मधुपर्क २०६६ चैत)

केही दिन अगाडिदेखि
मेरो साथीले
ग्रे-कोट लगाउन थालेको छ
र, म अनुभव गरिरहेछु-
ग्रे-कोट लगाउन थालेपछि
उसको मुटु हराउन थालेको छ
मान्छे उही हो
पहिले पहिले
घर-परिवारका कुरा गथ्र्यो
आराम-विरामका कुरा गथ्र्यो
ऐँचोपैँचो र गर्जोका कुरा गथ्र्यो
मानवता र परम्परा सहयोगका कुरा गथ्र्यो
ग्रे-कोट लगाउन के थालेथ्यो
औचित्य विचार्दैन
मात्र आदेश गर्छ,
दर्शनका कुरा गर्छ,
नियन्त्रण र ऐन-कानुनका कुरा गर्छ
म, बिरामी छु भन्छु
ऊ, यो काम जसरी पनि अहिल्यै सकिएको हुनुपर्छ भन्छ
म, भोकाएको छु भन्छु
ऊ, यो तेरो व्यक्तिगत समस्या हो भन्छ
म, आमाको सराद्धे गर्न बिदाका लागि अनुरोध गर्छु
ऊ बिदा अधिकारको कुरा होइन भनेर मलाई दुत्कार्ने कोसिस गर्छ
ग्रे-कोट लगाउने भएपछि
कोटको इज्जत धान्न होला
उसले मोटर सुविधा पाएको छ
हिजोआज ऊ, मोटरमा सवार हुन्छ
पूर्ववत्
म दुईहात जोडेर नमस्ते गर्छु
हिजोआज उसले
हल्का टाउको हल्लाएर अभिवादन फर्काउन सिकेको छ
भेट्न पनि त्यत्ति सहज छैन उसलाई
हिजोआज
निजी सहायकमार्फत अनुरोध पुर्‍याएपछि मात्र
उसले दुई मिनेटका लागि दर्शन दिने दिन-चर्या बनाएको छ
रातोलाई मैले रातो भन्दा
त्यसमा सहमति जनाउन उसलाई हम्मेहम्मे पर्छ
र, सकेसम्म मैले भनेभन्दा
विपरीत ढङ्गमा प्रस्तुत हुने अभ्यास गर्न थालेको छ
कोटको तातो यस्तै हुन्छ कि क्या हो ?
अचेल ऊ,
कसैको कुरै नसुन्ने स्वभावमा परिणत हुन थालेको छ
अचेल ऊ
आफूलाई सर्वज्ञ ठान्न थालेको छ
उसले उपयोग गर्ने गरेको
घुम्ने मेच नै ठान्छ कि क्या हो यो संसारलाई ?
ऊ जता फर्कियो
मान्छेरूप
उतै लाम लाग्नुपर्छ भन्ने व्यवहार देखाउन थालेको छ !
यो मेरो भोगाधिकारको घर हो भन्दासम्म त
केही हदसम्म चित्त बुझाउन सकिन्थ्यो
तर ग्रे कोट लगाउन थालेको दिनदेखि
सिंहदरबारलाई उसले आफ्नो गोठ
र, त्यहाँ बस्ने अरु सबैलाई आफ्ना बस्तुभाउ जस्तो व्यवहार प्रदर्शन गर्न थालेको छ
जुनसुकै रङको होस्
कोट शरीर होइन
र, नफुकाल्दा नफुकाल्दै पनि
कुनै न कुनै दिन यो फाट्ने निश्चित छ भनेर
जति नै सम्झाउने कोसिस गरे पनि
ऊ आफूलाई पटक्कै बदल्न तयार छैन
उल्टो हिजोआज
मेरो सल्लाहलाई ऊ शत्रुको दिमागले सम्झन थालेको छ
उफ ! अब म के गरुँ ?
यस्तै चाला हो भने
पर्खाल भएर उभिने छ यो ग्रे-कोट उसको जीवनको बाटोमा
र, केही समयपछि नै
उसका लागि
खुसीमा थपडी बजाउने हातरूपको अभाव हुनेछ
दुःखमा मुख लुकाएर रुने काखरूपको अभाव हुनेछ
म, साह्रै चिन्तित छु यत्तिखेर
केही दिन अगाडिदेखि
मेरो साथीले
ग्रे-कोट लगाउन थालेको छ
र म, क्रमशः अनुभव गरिरहेछु
ग्रे-कोट लगाउन थालेदेखि
उसको मुटु हराउन थालेको छ !!

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:4869