Dhuswan Sayami – Mahanagar

धुस्वां सायमि – महानगर

एउटा
सहर
महानगरका हरेक मानिस
कहिल्यै
सीधा र सही तरिकाले बाँच्दैनन् ।

उनीहरू आफू
आफ्नै र अरू कसैको
संकेत-निर्देशनमा
सदा
हिँडेर, सोचेर र बोलेर बाँच्दछन् ।

यसरी
कहिलेकाहीँ
सीधा बाटोमा हिँडेर सही बोल्दछन्
उनीहरू
डराएर/हड्बडाएर
त्यस बाटोलाई छोड्दछन्
र कोही मानिस
जो सीधा बाटोलाई
सही बाटो मानेर हिंड्दछन्
यस्ता मानिसहरू जीवनमा मार
र हार खान्छन्
हरेक
सहर
महानगरको जीवन
वक्रपथमा हिंड्छ
यही वक्रपथ हो ?
सहरको जिन्दगीको चक्रपथ ।
उनीहरू
सदा-सदा
वृत्त परिधिमा नै घुमेर
बाँच्दछन्
उनीहरूलाई
जीवनमा कहिल्यै
केन्द्रविन्दु प्राप्त हुँदैनन् ।

हरेक
सहर
महानगरको बाटो
गलत यात्रामा खुलेको हुन्छ ।

साभार: जनमत कविता खण्ड १ २०६४

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1611

Dhuswan Sayami – Raaji Ko Naam Ma

धुस्वां सायमि – राजीको नाममा
(रचना द्वैमासिक)

तिम्रो
आगमनको सूचना
जब मेरो घरसम्म पुर्‍याउँछ हावाले
मेरो आँगन
तिमीलाई अभिवादन गर्न
एक्लोपनको उदासी भुलेर फक्रिन्छ
र, मलाई यो
पनि थाहा छ -
जब-जब म सोच्दछु तिमीसम्म आउन
तिम्रो बगैंचामा फक्रिरहेका साना फूल
सुगन्ध छोडेर ओइलाउँछन्
तब मलाई थाहा हुन्छ
मलाई देखेर
तिम्रो मुहारमा फक्रिएको जून
केवल
एउटा मुखौटा हो
जुन शिष्टतावश
तिमी मलाई देखाउँछयौ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1611

Dhuswan Sayami – Sangharsha

धुस्वाँ सायमि – संघर्ष

कस्तो संघर्ष हो यो हाम्रो
जहाँ जीत पनि
शंकाको सुविधामा मुर्झाउँछ ।

सम्झौता भएर पनि
कहलिन्न सम्झौता यो
सम्झौता नै होइन यो
केही भन्न पनि सकिँदैन ।

त्यतिबेला
लाग्नथाल्छ हाम्रो संघर्ष
सम्झौता
सम्पुर्ण केबल एक सुविधा हो
आफैँलाई एउटा सुरक्षा दिन ।

लक्ष्य नै
नभएर पनि अन्त्यहीन/अर्थहीन
विरोधाभाषले भरिपुर्ण
एउटा अधुरो स्वीकृति
समर्पणको
भइदिन्छ/बनिदिन्छ ।