Deepak Jadit – Shuvakamana

बनोस नेपाल नयाँ भएर समुन्नत सदा अगाडी बढोस
हरेक नेपाली पाईलाहरु एकैसाथ शिखर तिर चढोस ।
खनेर धमिरे खाडल देश डुबाउने कुबुद्धि सारा सडोस
जो जो छन देशलाई छिर्के हान्ने दाउमा अल्झेर आफैं लडोस ।।
एक एक नेपालीको मुटुले एकैसाथ शान्तीको मंत्र पढोस
हुंदैन है आपसी कलहले उन्नती नेपालीमनमा गढोस ।।। १

भेट हुंदा नेपाली भाई भाई चोकमा एउटै खुशीमा हाँसुन
हातेमालो गरिगरि हिंड्दै आफ्नो आफ्नो मनको धमिलो नासुन ।
नारीपुरुष ठुलो र सानो भुलेर माला समानताको गाँसुन
बराबरी आपसमा मानेर उँचनिचको असत् खेती मासुन ।। २

सबै बन्द ढोकाहरु विकाशका गजबार निकासका खुलोस
शुख शान्ती संमृद्दीका आँकुरा नेपाली घर आँगनमा झुलोस ।
बुद्धको संदेश बोकेर आत्मा सहिदको वस्ती वस्तीमा डुलोस
रक्तपात हिंसा काटमार झै झगडा नेपाली दिलले भुलोस ।।
हिंसा प्रतिहिंसाको खेल रगत प्युँने यहि घडीबाट सुलोस
शुभकामना हामी नेपालीलाई नेपाल गुराँस जस्तै फूलोस ।।। ३

तेरो अनि मेरोको भावना मेटिएर नेपाल अब हाम्रो होस
मेचिकाली सम्मै नेपाली मच्चिने सारा नेपाल अब काम्रो होस ।
फुटाई फाईदा लुट्ने बाहिरी जगत्मा नेपाल अब चाम्रो होस
जे जे भयो त्यो भयो सकियो आजसम्म नेपाल अब राम्रो होस ।। ४

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3583

Deepak Jadit – Ke Ma Manchhe Hoon

म चोर्दछु लुट्छु गर्छु काटमार
जुटाउन फगत् पेटको आहार ।
जानेर हो यो पाप नै तार-तार
हिंड्दछु म बाटो पापकै हजार ।। १

गरि पशुतुल्य कर्म ब्यवहार
थुनेर सब आत्मज्ञानका द्वार ।
म लाउँछु मान्छे नामको जुहार
पुकार्छु मैलाई मान्छे बार-बार ।। २

भन्छु पाएँ धन्य यो मान्छेको भेष
म बोल्छु अब्बल अर्ति उपदेश ।
हिसाब ‘मेरो’को राखि केश-केश
म उमार्छु आफैं रीस, राग, द्वेष ।। ३

जान्दछु म भाग लानेछु निशेष
गर्दाकन यो प्राण हरिमा पेश ।
जगको म हुँ मिथ्या बीजन क्लेश
सम्झन्छु म मान्छे आफुलाई बेश ।। ४

जोडिन म आफु रचि धेर झूट
गराउँदछु सदा अरुमा फूट ।
तृष्णा अमेट पिउने यो प्रेम-घुँट
बाँड्नु परे दिन्छु छली कालकूट ।। ५

सदगूण मानि जो छ आफ्नो खुट
देख्छु दुर्गुण जगैको पुट-पुट ।
गुणगान आफ्नै गाउँदै अटुट
मै दिन्छु मलाई मान्छे ठान्ने छुट ।। ६

तुजुक हुन्जेल किन अरु चिन्छु
म ईश्वरैसँग पनि टेक लिन्छु ।
गलेर जब म ह्याउले खिइन्छु
तब ईश्वरको पाउमा झुमिन्छु ।। ७

उ ईश्वर हो म शरण लिइन्छु
र स्वार्थी म ईशैलाई धोका दिन्छु ।
म झूटै ईशको पूजा गरिहिन्छु
र उस्को एकमात्र भक्त भनिन्छु ।। ८

बटुली घरमा द्रब्यादि अकूत
भुल्दछु म आफ्नै भविश्य र भूत ।
नशाले धनको म भएर धूत
गरिरन्छु अनेक भाँति कर्तुत ।। ९

भएर मानिस योनिको कपूत
भनाउँछु आफुलाई देवदूत ।
जगतमा जति छन् यी प्राणीसूत
हो निर्घिणी मै छु, के म मान्छे हुँ त ? १०

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3583

Deepak Jadit – Ek Tukra Kagaj

एउटा टुक्रा कागज
धेरै अघिदेखि म
कोर्दै मेट्दै कोर्दै मेट्दै
थोत्रे पारिरहेथेँ
गज्याँङ्ग मज्याँङ्ग अक्षरहरुको
केरमेट केरमेट चित्र कोर्दै
कागजमा खुरुखुरु
मैलाई सारिरहेथें
लाग्थ्यो
मान्छेले यस्लाई बुझ्न नसक्लान्
त्यसैले हो क्यार
हुर्याईदियौ तिमीले
त्यो चिर्कटो पढ्न नसकेर
र भुईँमा म यतिखेर
त्यही टुक्रा कागज दुखेको छु ।