दीपराज नेयोङ्हाङ – आँखा र चित्रहरु
मेरा सुन्दर चित्रहरु
किनिदिनेहरु कोही भएनन्
अध्याँरो कुनामा थन्काउँदा थन्काउँदा
श्याम–श्वेत बनेका छन
रङ्गहरुले चित्र पोतेका छैनन
बस्तीहरुमा मानिसहरु छैनन
लस्तिएको म
भुगोलबाट माथी माथी हेर्छु
चन्द्रमा टल्कन्छ
चन्द्रमाबाट माथी माथी हेर्छु
भूगोल टल्कन्छ
अन्तरिक्ष दोसाँधमा
माथीको बोधमा वास्तवित्ता खोज्दै
बिना गुरुत्वाकर्षण म उड्दैछु
यता उता…उता यता…
लिटिलब्याई र फ्याटमेन
बिटुलिन खोजिरहेको बेला
आईन्स्टाईन फेरि एक सम्झना
तर स्याउ माथीबाट किन खस्छ
अहँ
न्युटनहरु हेर्दैनन् अचेल
हो त्यसैले त अब
स्याउहरु माथी माथी जान्छन
लिटिलब्याई र फ्याटमेनहरु तल तल झर्छन्
आदिम युगको आदिम पाईलाहरु
पाईलिदै पाईलिदै गरेका डोबहरुमा
हाम्रा हरिया हरिया खर्कहरुमा
हाम्राबिजहरु उडाउँन माथी माथी र
झार्न बरमुडा ट्रयाङ्गलमा
आज कोलोजिएमको एक तमासामा
आफ्नै अनुहार रगतपच्छे छ
आनन्दित मनाउँनेहरुको हुटिङ्गमा
अर्को आवाज बिलाएको छ
म बुलन्द गर्न
फिरउन आईपुग्न अघिनै लाल समुन्द्र तर्ने छु
चट्टानका फोहोराहरुबाट झरेको
जिवनको पानी पिएर
बाँच्ने र बचाउँने छु-फेदाङ्गमाहरुलाई
किन की फलाक्नु छ फेरि
बाँच्नु छ फेरि बिरामीहरु
हाम्रा बस्तीहरुमा
उस्तै, पहिलाजस्तै
उर्वर र फराकिला पाखाहरुमा
वर–पिपल चौतारीमा
बिसाउँन थकित काँधहरु
कागले सत्य टिप्न अघिनै
कोईलीको चुच्चोभरी
सत्यका झिल्लीहरु बगिरहेका हुन्छन
खोक्रो करङ्गमा थोत्रो कोट ओडाएर
बुख्याँचा ढाटिएको छ पलपल
बुख्याँचा देखाएर पंक्षीहरु ढाटिएका छन् उस्तै गरी
बाचाका मुर्त चित्र एकलब्य औंलाहरु अब
सनसनी बोल्न थालेका छन
यहाँ नदीका दोभानहरुमा
राता राता ज्वलाहरु उत्पन्न हुन्छन
हाम्रा राता राता बस्तीका छाँयाहरुले
आकाश रातो भएको छ
त्यसैले
पानी रातो बर्षिएको छ
आफ्नै आँगनमा
त्यसैले
झण्डाहरु राता राता छन्
किल्ला किल्लामा
त्यसैले
मान्छेका आँखाहरु राता राता छन
जस्ले
मेरा आँखाहरु तिर्मीराएका छन
हो त्यसैले अब
म सभागृहका प्रयोगशालामा
अनगिन्ती जारहरुमा
रासायनीक समिकरणको प्रयोगमा
अम्ल र क्षारको समिस्रणमा
रक्तकोष बिहीन मानवको
सृजना खोजिरहेको छु
पथरी – कोशी, मोरङ
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.