Chhabiraman Silwal – Man

छविरमण सिलवाल – मन

असन्तोषको
ज्वारभाटामा
रुमल्लिरहेको
यो पापी मन
भो पुग्यो, चाहिदैन
कहिल्यै भन्दैन्
शरिरको भित्री कुनामा
लुकेर
मान्छेहरुलाई
जीउँदै डढाई रहन्छ
डढेलो सल्काई रहन्छ
***
मान्छे मान्छे विच
द्धन्द्धका पहाडहरु
उठाउँने दुस्साहस गर्छ
अभाव र असुरक्षाका
पीडाहरु खसाल्दैं
मान्छे मान्छे विच
युद्धका खाडलहरु
खनिरहरेछ
***
सद्भाव र सहचारीको
भाषा बोल्न नसक्ने
यो मन
मान्छे भित्र नवसे
हुन्न र ?
कहिल्यै स्थिर रहन नसक्ने
दुराचारीहरुको पक्षमा मात्र रम्ने
यो मन
अब मान्छे भित्र नवसे
हुन्थ्यो ?
लोभी र पापीहरुको संंसर्गबाट
छुट्टिए हुन्थ्यो मन
मान्छे मान्छे विचको तनाव
कम गर्ने पक्षमा हिड्न
सक्ने भए हुन्थ्यो मन
मान्छे मान्छे विच
सद्भाव कायम गर्न
सक्ने भए हुन्थ्यो मन ।

२०६६–९–५

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2130

Chhabiraman Silwal – Dharti

छविरमण सिलवाल – धर्ती

शताव्दिऔँदेखि
एकै नास
कयौँ पीडा र
चित्कारहरु सहदै
मौन रहेको
यो धर्ती
‘म’ भन्दा धेरै गुणा
उच्च हुनु पर्ने हो
पला, घडी, दिन, वर्ष र
ऋतुहरु हुदै
समयको घट्ट घुमिरहेको छ
हो,
यहि समयसँग
सम्झौता गर्न नसकेर ‘म’
धर्ति भन्दा आफु उच्च
भएको भरपाई बुझिरहेछु ।
यो मेरो
यति मेरो भन्दै
चार किल्लामा सिमित राख्छु ।

धर्ती हाँस्न खोज्छ
‘म’
रुवाउन खोज्छु ।
मेरो अहमताले
धर्ती कहिलेसम्म
मौन बस्ने होला ?
म सोच्न सक्दिन,
अनि
धर्ती आफै हाँस्छ,
आफै रुन्छ ।
बाढि, पहिरो र अनेकन्
प्रलयहरुबाट
मेरो अहम् तोड्न खोज्छ
उसलाई बचाँउने
कर्तव्य मेरो हो भन्ने
मैले भुलिसँके ।
समयको चक्र मेरो
वरीपरी घुमिरहेछ,
मलाई पटक्क्ै विस्वास छैन
मेरो अहमताले
उकाली चढ्दै छ,
धर्ती दुःखीत बन्छ,
मेरो पुर्खाका अहम
यसरी नै
समयको घट्टमा
पिसीसकेका थिए ।
‘म’ मेरो कर्तव्य प्रति
उत्तरदायी छैन भन्ने
प्रमाण समयले
बताई सकेको छ
त्यतिबेला म झस्कन्छु
म आफ्नो
कर्तव्य प्रति उत्तरदायी
बन्ने जमर्को गर्छु
जुन बेला
समय
घर्कीसकेको
हुन्छ ,
मेरो अहमताले पहाड
चढिरहँदा दुःखीत
भएकी धर्ती माताको
काखमा
आज मेरो सबै
बही बुझाउँदै
आफुलाई रित्याएर
उनकै काखमा
शरण मागिरहेछु ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2130

Chhabi Raman Silwal – Aama

छविरमण सिलवाल – आमा

धर्तिमा पहिलो
पाइला टेकाउने पनि उनै हुन् ।
आफू भोकै बसेर
मेरो पेट भर्ने पनि उनै हुन् ।
मेरा दुःखका पहाडहरू छेक्दै
मलाई सुखानुभूतिको
आभाष गराउँदै
मेरो पुकार सुन्ने पनि उनै हुन् ।
मेरी आमा !



आफू खोले खान्थिन्
मलाई दुध खुवाउथिन्
आफू घाँसको भारी बोकेर
मलाई भारी माथि
बोक्थिन,
मेरो हरेक प्रहरको
देखवाल गर्थिन,
म ठूलो मान्छे बनेको
हेर्न चाहन्थिन्,
आज पनि मेरा हरेक प्रहरमा
उनी चिन्तित छिन्,
आफ्नो मातृवत्सल्य बाढेर
मेरो खुशीको कामना
गरिरहेकी छिन्
ईश्वरसंग
मेरी आमा !



आफू निरक्षर थिइन
चिठ्ठीपत्र पढ्न अरूको सहारा लिन्थिन
मलाई पढ्न पठाएर
आफू साक्षर बन्ने कोशिस गर्थिन्
म आज सोच्ने गर्छु
उनी नहुदी हुन् त
म यो संसारको
सुख भोग्नबाट वन्चित हुने थिए ।
यसरी नै
संसारीक ममता वढिरहेको छ
युगौँयुग देखि
म यसैको प्रतिनिधि पात्र मात्र हुँ
मातृत्व प्रेममा लुटपुटदै
आफूलाई
भाग्यमानी ठान्छु,
अनि,
उनको दिर्धायुको
कामना गरिरेको छु
हरेक प्रहर
उनै हुन ममताको प्रतिक
मेरी आमा !



आजकल म हरेक प्रहर
सोच्ने गर्छु
मैले उनको चाहना पुरा गरें या गरिन ?
स्वार्थी बन्दै गएको हाम्रो समाजमा
आमाको महत्वमाथि
कुठाराघात भइरहेका हरेक घटनाहरूले
मेरो हृदय छियाछिया भएको छ
तापनि, मेरी आमाको विशाल हृदयले
भनिरहेछ,
एक दिन मेरो महत्व सवैले बुझ्नेछन् ।
चिन्तित हुने कुनै कारण छैन ।
सधैँ सकारात्मक सोच्न
सिकाउँछिन मेरी आमा
विशाल हृदय भएकी
सधैं ममता वाढिरहने
उनै हुन् मेरी आमा !