Chandra Gurung – Aama

चन्द्र गुरुङ – आमा

सुनाउँछिन् तल्लोघरे काइँली बज्यै
यसरी टकटक्याउँदै विगत
कि-
बिहेपछि बासित यो घर आइपुग्दा
निकै लजाएकी थिइन् रे
मेरी आमाको अनुहार !

भन्छिन् काइँली बज्यै-
त्यसपछि
आमाको आगमनपछि
हरक्षण
मुस्कुराउँथे यो घरका भित्ताहरू
फुल्थे खुशी चारैतिर
चराचुरुङ्गीले गीत गाउँथे पिँढीहरूमा
खेल्दै उप्रिmँथे बच्चाहरू घरआँगनमा
रमाएका देखिन्थे गोठमा गाईवस्तुहरू
छानाभरि परेवाहरू गुन्ागुनाउँथे जीवनसंगीत ।

केही त
म आफै पनि बयान गर्न सक्छु-
आमाको कारीगरी भोटोमा
कुनै स्वपनदेशको राजकुमारझैँ मुस्कुराउँथे म्ा
आमाले
मेरो बच्पन सम्भारेको थोत्रो कोक्रो
झुण्ड्याएको छ घरको दलिनमा
भन्छिन् आमा-
“तिमी र मेरो बीच परदेसको धर्सा कोरिँदा
सम्झना दिलाउने त्रि्रो
यही कोक्रोले त हो नि । ”
यस्ता थुप्रै कुराहरूको पोको खोल्छिन् आमा
हाम्रो भेटमा ।

अझै
मुस्कुराइरहेका छन् यस्ता यादहरू-
आमाको पछ्यौरीले मुख छोप्दैमा
सारा बाल चर्तिकलाको लाज ढाकिएकोझैँ हुन्थ्यो ।
आमाको पिठ्युँ पछाडि लुक्दैमा
लाग्थ्यो संसारैले नै भेट्न नसक्ने मलाई
र, आमाको काखमा बटुल्थे
रंगीचङ्गी खुशीहरू संसारभरिका
छन् यस्ता थुप्रै कुराहरू सम्झनालाई ।

मेटिएका छैनन् ती क्षणहरू-
बेस्मरी चुट्दा पनि
उनकै काखमा घोप्टिनु जाने
उनैलै दुइ हातले बेर्नु पर्ने
अचम्भ लाग्दो हुँदो रहेछ आमाको ममता !
आमाको दर्शनले
हर नौलो बिहान उदाउँथ्यो
आमाकै यताउतिमा घुम्थ्ये मेरा दिनहरू
र, आमाअघि नै अस्ताउँथ्यो हर साँझ मेरो ।

खै कता कताबाट
उड्दै उड्दै आउँछन् विगतका यस्ता स्मृतिहरू-
बर्षामासमा घरको छानो
त˜˜˜˜प त˜˜˜˜प चुहिएर
समष्याहरू झर्दा
हामीलाई ढुक्क पार्नु हुन्थ्यो आमा ।
छापिएका छन् मनमस्तिष्कमा राम्रै ती पलहरू-
नहँुदा गाईवस्तुलाई घाँस
कति दुःखी बन्थ्यो आमाको मन ।
परालको कुन्यौझैँ अग्लिन्थ्यो उनको माया
खोलाझैँ सलल बग्ने उनको व्यवहार
साँच्चै, कति सहज मेरी आमा !
हावाझैँ मोहक बोलीवचन
कति स्वच्छ र माधुर्य मेरी आमा ! !
हिमालझैँ शान्त
कति निश्चल र सुन्दर मेरी आमा ! ! !

मेरी आमा
खुशीयालीमा थप रंगा भर्न भनि
देवीदेवतालाई प्रसाद चढाउन,
दाउरे/खेतालाहरूलाई बेलामौकामा टक्रयाउन
दस/बीस पाथी कोदो जाँडलाई
धोक्रोहरूमा जतनका साथ थन्कयाउनु हुन्थ्यो ।
वर्षदने चार्डपर्वलाई निम्तो गर्न
सधैँ सधैँ
हामी बच्चाबच्चीलाई हषिर्त पार्न
आगन्तुक पाहुनालाई सम्मान गर्न
बीस/तीस पाथी धान भकारीमा सम्भालनु हुन्थ्यो ।
कहिलेकाहिँ झुल्किने
दूर गाउँ पुगेका छोरीचेलीलाई भन्दै
आसपासकार् इष्टमित्रलाई सम्भिmँदै
पाँच/छ माना भटमास
पाँच/छ माना तिल
पाँच/छ माना तोरी
पाथीहरूमा छुट्टयाउनु हुन्थ्यो ।
यसरी
गणित सिक्दै गरेकी कुनै नानीझैँ
औँलाहरू भाँच्दै हिसाब गर्थिन् मेरी आमा ।

आगे-
आज औँसीको कालो रात
यो पूर्र्णो चिलाउनेको फेदमा
भाकलको कालो भाले काट्नु पर्छ- सम्झाउँथिन् आमा ।
यस्तै-
ग्रहहरू अनेक छन्
तर जून एक्लै हुन्छ किन ?
गाउँ वरिपरिका हिमाल पहाडहरू ठूलाठूला
तर ताराहरू साना देखिन्छन् किन ?
पानीमा निलो
तर घाँसपातमा हरियो बैँस चढ्छ किन ?
एक डल्लो घाम पर्ूव हुँदै पश्चिम
तर खोलाहरू ओरालो मात्र धाउँछन् किन ?
यसरी
थुप्रै थुप्रै पाठहरू
पढाउँथिन् बच्पनमा मलाई मेरी आमा ।

“यो साँझ,
भैँसीलाई घाँस थोरै भाको छ
अबेर राति कराउन सक्छ त्यो ।”
अड्कल्नु हुन्थ्यो आमा ।
“हलिया ठाइँलालाई
एक पाथी मकै दिनु
अनिकालले कवाज खेल्दै छ उसको घरमा ।”
माया बाँडथिन् आमा ।
दुःखपछि सुखको पालो
अँध्यारोमा पनि उज्यालो खोज्न
हमेशा सिकाउनु हुन्छ जीवनमा आमा ।

“आज,
तिम्रो बाबा मातेर आउनु भएको छ
जोगिएर बस्नु ।”
सतर्क पार्नु हुन्थ्यो आमा ।
“साँझ,
गाउँमा जात्रा छ
भरै गोली मिर्ठाई किनी खानु ।”
हातमा राखिदिनु हुन्थ्यो एक रुपैँयाको न्यानोपन
मेरी आमा ।

मेरा तेन्जिङ्ग खुट्टाहरूले
हिँडेका छन् आमाको साथमा घाँसदाउरा
नापेका छन् आमासँगै वल्लोपल्लो गाउँको दूरी
मेरा यी हातहरूले
गरेका छन् आमासित लेकबेँसी
गरेका छन् मेलापात
सिकेका छन् जीवनलाई सुन्दर बुन्न ।
आमा नै मेरो साथको साथी
आमा नै मेरो दिलको दौँतारी
आमा नै मेरो मायालु मनमीत ।

सधैँ सधैँ
आमाको मन रमाउँदा
मेरो मुहारमा खुशी फुलेको छ
आमाका आँखाहरू रसाउँदा
मेरो हृदयमा अमिलो हुरी पसेको छ
आमाको सुरीलो आवाज काने पर्दामा ठोक्किँदा
नयाँ उत्साह चलेको छ ।
आमा नै मैले देखेको संसार
आमा नै मैले भोगेको जीवन ।

मैले
थाप्नु पर्दा हत्केलामा चोटहरू
आमाको मुटु चर्किएको चाल पाएको छु ।
हिँड्दा हिँड्दै
लड्दा बाटो बीचमा म
आमाका दुइ नयनहरू रुझेकोे देखेको छु ।
कति कुदे होलन्
मेरो लागि आमाका दुइ पाइलाहरू
कति खटे होलन् मेरै निम्ति
आमाका दुइ कोमल हातहरू
आमाका अधरहरूमा
कति चुम्बनहरू जन्मे होलन् मेरो लागि
कुनै हिसाब छैन यो जुनीमा ।

कति अनिँदा रातहरू
लेखिए आमाको कथाहरूमा
कति बेचैन दिनहरू
उदाए र अस्ताए आमाको वरिपरि
कस्ता कस्ता खालके
थुप्रै थुप्रै पलहरू
आएर गए आमाको यो यात्रामा
तर
च्याउरिएको अनुहार आमाको
कापकापमा
एउटा सुन्दर जीवन लुकेको देख्छु ।
हाडछाला औँलाहरूमा
मायाको र्स्पर्श सलबलाइरहेको भेट्छु
एक जोर बूढी आँखाहरूमा
आशाको उज्यालो फैलिएको पाउँछु
सधैँ ।

ती दुइ बुढौली खुट्टाहरू
जो चढे मेरै निम्ति
अग्ला अग्ला पहाड ओकालीहरू
झरे बेँसी खोँच ओरालीहरू
ती खुट्टहरूमा
संसारभरिका खुशी कोशेली टक्रयाउन चाहन्छु ।
एक जोर धमिला आँखाहरू
जसले सधैँ
हेर्न चाहे मेरा सुदिनहरू
देख्न चाहे हरपल हिँडेको मैले सुपथमा
ती आँखाहरूमा
नयाँ नयाँ सपनाहरू सजाइदिन चाहन्छु ।
आमाका जीर्ण कानहरू
जसले ध्यानपूर्वक सुने मेरा अनुरोधहरू
जसले सहे मेरा मीठा/नमीठा वचनहरू पनि
ती कानहरूमा
गुन्गुनाउँन चाहन्छु जीवनका सुमधुर गीतहरू ।

म,
आमाका हातहरू समाउँदै
छाम्न चाहन्छु ती सानाठूला खोलाहरूको गहर्राई
नाप्न चाहन्छु ती काठे पुलहरूको लम्बाई
टेक्न चाहन्छु ती अग्ला भीरहरूको उँचाई
-जहाँ पुग्न मन तर्सिन्थ्यो
आमाले नै बोकी लानु हुन्थ्यो मलाई ।
आमाले जो देखाए/चिनाए
अनेकथरी घाँसपातहरू
हरियो वनजंगलहरू
पहाडी खोलानालाहरू
देउराली भन्ज्याङ्ग चौतारीहरू
सब, ती सब
डुलाउन चाहन्छु आमालाई आफूसँगसँगै ।
फेरि देखाउन चाहन्छु
मेरी आमालाई
उनले चिनापर्ची गरेको गाउँघर
उनले बाँच्नु पर्ने संसार
उनले बिताउँदै गरेको जीवन ।

मेरी आमा
पहाडझैँ अडिग आँट सँगाल्दै
हरियो डाँडाकाँडाझैँ सदाबाहर माया बोक्दै
कदम…..अर्को कदम
फेरि अर्को कदम गर्नु हुन्छ यात्रा
यात्रा……अर्को यात्रा
फेरि अर्को यात्रा बाँच्नु हुन्छ जीवन ।

यी सप्पै सप्पै लेख्दै छु कविता
यसरी
एउटा छोरोले
सुनाउँदै छु ममताको अजम्बरी गाथा ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3170

Chandra Gurung – Maile Bancheko Shahar

चन्द्र गुरुङ – मैले बाँचेको शहर-१

यो शहरको शरीरैभरि
च्याउसरी उम्रेका कंक्रीट बील्डिङ्गहरू
सबका सब
-तन्काउँदै जीवन थाकेका ढाडहरू
-उचाल्दै शान झुकेका टाउकाहरू
-फुलाउँदै स्वाभिमान खुम्चिएका छातिहरू
-उघार्दै सपना थुनिएका आँखाहरू
प्रदुषित आकासमा
गुनगुनाउँदै छन् कोरस, आफ्नो खोक्रो उँचाई ।

जीवनको अधबैँसे यौवन नाप्दै
हेरेको छु
-हरियो खेतबारी खाएर मोटाएका घरघडेरीहरू
-कुआँपँधेरो निलेर उभिएका पानीटैँकीहरू
-वल्लोपल्लो डाँडा छेल्दै बसेका घरहरू
-रुखहरूका सौर्न्दर्य मास्दै ठडिएका पर्खालहरू
-असंख्य पाउमुनि थिचिएका सडकहरू
यहाँ, मैले बाँचेको शहरमा ।

भेटेकोछु यहाँ
रोधीँहरू लखेट्दै आइपुगेका सिनेमाघरहरू
चियापसलको ठाउँमा पलाएका फाष्टफुड क्याफेहरू

सडकका वारिपारि
-दुइ हातहरूमा चित्ताकर्ष शो-रूम उचाल्दै
-काँधहरूमा रंगीन दोकानहरू बोक्दै
-अनुहारैभरि कृत्रिम मुस्कान कोर्दै
मानिसहरूका ‘टाइमपास’ हूललाई आकषिर्त गर्न
ठेल्ामठेल उभिएका स्योपिंग सेण्टरहरू ।

मैले बाँचेको शहर
यहाँ
-फलानो पार्टीलाई भोट दिए देशमा शान्ति
एउटा चुनावी घोषणा ।
-दुइ किने एक प|mी- नयाँ साबुनको जन्म ।
-गुप्तरोग पनि चवाट्टै पार्ने ‘छाडा’ आयुर्वेदीय औषधी ।
यीयस्ता विज्ञापनका
थरीथरी रंगीन लिपिस्टीकले ओँठ रंग्याएर
उभिएका फेशनदार पर्खालहरू
हाँस्दैछन् स्र्टाईल स्र्टाईलका वेश्या खित्काहरू ।

यहाँ,
भोकाएका झुप्राहरूअघि
तारे होटलहरू -बेहिच्चक)असभ्य थुक्छन् ।
ख्याउटिएका नाङ्गाबुङ्गाहरूलाई र्
इ˜˜˜खा इ˜˜˜खा गर्दै
छोटो पहिरानमा उखरमाउलो समय
हिँड्छ र्याम्पमाथि अत्याधुनिक क्याटवाक
र, यहाँका अग्ला घरहरू
इनामेलको रसायनिक सौर्न्दर्य बसाउँदै
कुममा कुम जोडेर उभिन्छन्
पाल्दै एकआपसमा नमिल्ने सप्तरंगी प्राणीहरू ।

मैले बाँचेको शहर-
चोकचोकमा असंख्य फर्सदिला सालिकहरू
उभेका छन् चुपचाप
नियाल्दै हाम्रा अस्त-व्यस्त जीवनहरू ।
यहाँ,
अल्पत्रे -अलकत्रे) सडकहरूमाथि
देखिन्छन् दुखाई चिच्याउँदै कुद्ने एम्बुलेँसहरू
र,
-यहाँका आकासे पुलहरूमाथि
-यहाँका एकान्त पार्कका कुनातिर
-यहाँका अँध्यारा सडकका छेउछाउमा
भेटिन्छन् भीडका अनुहारमा कारोबार खोज्ने नगरवधूहरू ।

यो…मैले बाँचेको शहर !
न त छोपिएको छ मायाको घुम्टोले
न त बाँधिएको छ मानवताको डोरीले
न त घेरिएको छ मेलमिलापको पर्खालले ।

चारैतिरबाट एक्लिएको…यो…मैले बाँचेको शहर ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3170

Chandra Gurung – Pahiro

चन्द्र गुरुंग – पहिरो

हिजो राती
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ डाँडामाथिको गुम्बा,
बगाएछ खोला किनारको मन्दिर
र बगाएछ गाउँ माँझको मस्जिद पनि ।
तर बिहान सवेरै
चिण्डे लामा गुरुले
स्वार्थको ‘माने’ घुमाई रहेको देखें,
बूढो पण्डित बाजेले
छल-कपटको प्रसाद बाँडी रहेको भेटें
र बोके दारीवाला मौलवीले
जातियताको अग्लो पखर्खाल निर्माण गरेको सुनें ।
सायद,
थुप्रै बेथितीहरुलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राती
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ साना-ठुला घर-गोठहरु,
बगाएछ गरीबका मन धान्ने हरियो खेतबारीहरु
र बगाएछ असंख्य चौपाया-दोपाया जीवनहरु
तर बिहान सवेरै
रामेको आँगनमा
घर बनाउँदा लागेको ऋण उठाउँन
आई पुगेको साहूलाई भेटें,
खेतबारीहरुमा थुप्रै सपनाहरु रोपेका
किसानहरुका आँखामा आँसु र व्यथा देखें
र हर घर-आँगनमा
मात्र मृत्यु पल्टेको सुनें ।
सायद,
थुप्रै बेथितीहरुलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राती
पहिरो गएछ मेरो गाउँमा ।
बगाएछ गोदामहरुमा
सुति रहेका अन्नका बोराहरु,
बगाएछ खेतहरुमा उभिएका लहलहाउँदो बाली
र बगाएछ थुप्रोई लत्ता-कपडाहरु पनि ।
तर अझै पनि
अशान्त भोकलाई
गाउँलेहरुको पेटमा अल्झेको देख्छु ।
निर्वस्त्र नाङ्गोपनलाई
पीडितहरुका अंगमा टाँस्सिएको भेट्छु ।
सायद,
थुप्रै बेथितीहरुलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3170