Chakendra Rai Kaidi – Netaji Lai Mero Aagraha

चकेन्द्र राई कैदी – नेताजीलाई मेरो आग्रह

नेताजीलाई मेरो आग्रह
उहिले उहिले
भारतीय सेनामा भर्ती गरेजस्तै
समानुपातिकको नाममा
सांसदहरूलाई भर्ती गरी
संसद्भवनलाई नै खुलामञ्च बनायौ !!
ऐतिहासिक
संविधानसभाको निर्वाचन गरी
अन्ततः जनताबाट तिरस्कारहरू नै
मन्त्री र प्रधानमन्त्री भयौ
धन्य छ नेताहरू !!
नेपाल र नेपालीलाई
अनि सिङ्गै विश्वलाई
एउटा अदभुत चमत्कार देखायौ
आफूले भनेजस्तो भए
सिङ्गै पृथ्वी जितेजस्तो गर्छौ
आफूले भनेजस्तो नभए
सर्वस्व लुटिएजस्तो गर्छौ
न देशको चिन्ता
न जनताको चिन्ता
धन्य छ बिन्दास नेताहरू !!
कहिले नयाँ दुलहा-दुलही
जस्तै चाटाचाट गछर्ाै
कहिले सौता-सौता र जार-जार
जस्तै काटाकाट गछौ
सीमापारिका राक्षसहरूले
नेपाल चेलीहरू बलात्कार गर्दा
मुख नखोल्ने
ए ! साधु नेता हो
नेपाली भूमि मिच्दा
हल्ला मात्र हो भनेर जनता
ढाँट्न खोज्ने
ए ! सुजाताहरू हो
अब त अति भएन र ?
गरिमामय संविधानसभालाई
तिमीहरूको रंगमञ्च नबनाई देऊ
देख्नेलाई लाज लाग्न थाल्यो
यो नाङ्गो नाच नाच्न पनि छाडिदेऊ
बिन्ती छ नेताजी
तिमीहरूजस्तो नेता
राजनीतिबाट टाढिदेऊ !!

- हाल: दोहा, कतार

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1696

Chakendra Rai Kaidi – Yesto Nahos

चकेन्द्र राई कैदी – यस्तो नहोस

मायाँमा अडिएको छ दुनिया
विश्वासले चलेको छ संसार
प्रेमी प्रेमिकामा धोका नहोस।
श्रीमान श्रीममतीमा घात प्रतिघात नहोस।
सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा
सानो तिलिङ्गा रुपी आगोले संसार नजलाओस।

हामी
टाईटानिकको यात्रु जस्तै…..
आफु मात्र बाच्न प्रतिस्पर्धा गरि रहेका छौ।
महायुद्वका लडाकु जस्तै…..
जय पराजयलाई नै जीवनको सार्थकता ठानि रहेका छौ।
फेरी कसैलाई
मन लाग्यो भन्दैमा
डब्लु.टी.ओ. र पेन्टागन ढले जस्तै
नागासाकी र हिरोसिमा जले जस्तै
इराक र अफगानिस्तान बले जस्तै
इतिहासले भुल्न नसक्ने एक तमासा नहोस।
कुनै बहानामा बिचरी
ख्याति श्रेष्ठको जस्तो मृत्यु पनि नहोस।

आस्थाको बन्दि आङसाङ सुकि र
प्रगतीशिल लेखिका
तसलीमा को जीवन जस्तो जीवन पनि नहोस
हामी र हाम्रो युगौ देखीको मिठो आत्मीयता
मधेशी र पाहडीको नाममा कहिल्यै नटुटोस
विश्व नै स्तब्ध हुने गरी
अब फेरी फेरी कोशीको बाध कहिल्यै नफुटोस।

जाजरकोट लगायतको ठाँउहरुमा जस्तै
झाडापखालाको माहामारीले
हाम्रो सुख र आनन्दको
स्वर्ग अब फेरी फेरी कहिल्यै नलुटोस।
जो नहुनु थियो तर त्यही भयो
कामना गरौ…..
अब यस्तो नहोस
कहिल्यै… कहिल्यै…यस्तो नहोस !

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1696

Chakendra Rai Kaidi – Ma Eklo Chhu

चकेद्र राई “कैदी” – म एक्लो छु

माटो भएर ढुङ्गा सँगै
टाँसिन जानिन ……।
किनार भएर नदी सँगै
गाँसिन जानिन……।
अन्यायको जातोमा मकै सरी
पिसिन जानिन……।
आकाश भएर क्षितिज सँग
मिसिन जानिन……।
त्यसैले….
म एक्लो छु , नितान्त एक्लो !
न बुढो राजनीतिक
इतिहासको खोल ओढेर
यथास्थितिमा लम्पसार परी
काग्रेस बन्न सकेँ…………।।
न म
दोबाटोमा दोधार दोमन लिएर
ठिङग उभी रहने दुई जिब्रे
ए.माले बन्न सके ……।
न त
मिठा मिठा सपना बाँड्दै
आशै आशाको स्वर्ग दिलाउँदै
धमासको खेती गर्ने
ए.माओवादी बन्न सकेँ ……।
त्यसैले…
म एक्लो छु , नितान्त एक्लो !!

मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले…
म एक्लो छु , नितान्त एक्लो !!!

मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!!

आज सोच्छु
भाग्य पनि कस्तो कस्तो ?
कोही दरबार बाट एकान्त कुना तिर बसाइ सरे
कोहि कल्पनाको आकश बाट यथार्थको धरतिमा झरे
नहुने जति नेपालमा नै हुदो रहेछ हरेकाहरुले नै चैन गरे
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!!!