Biwash Pokhrel – Dingla

विवश पोखरेल - दिङ्ला

रुद्राक्षको शीतल सिंयालमुनि
तपस्यारत् छ षडानन्दको सालिक
आश्चर्य भावस“गै–
प्रत्येक ओठओठमा झुन्डिएका छन्
बर्खामा, एउटा पातलो गम्छा ओच्छ्याएर
अरुण नदी तरेको षडानन्दको कथा ।

पौरखी छोराहरूले
वृद्धआश्रममा छाडेका बाबुआमाजस्तै
निरीह दिङ्ला
बूढाहरूले धमिला आ“खामा
बैंसका रोमाञ्चक दिन सम्झेजस्तै
सम्झिरहेछ
मेरै छातीमा रुद्राक्षको गुच्चा खेलेर
यहींको प्राकृतिक सौन्दर्यमा हराउ“दै
हुर्किएको हो कवि फलाना……
बा“दरझैं खुरुर्र् रुख चढेर
कटुस टिप्दै खा“दै मिल्काउ“दै मेरै रोहवरमा
काठको पार्टीमा सा“वा अक्षर कोरेर
कन्ठाग्र पार्दै गीताका श्लोकहरू
सुरिलो स्वरमा भट्टयाउने गथ्र्यो
नेपाल अधिराज्यको लोकतान्त्रिक सचिव
फलाना…….
पढाइ कम र चकचक ज्यादा गरेर पनि
यही“को वात्सल्यको भ¥याङबाट
उक्लिएको हो सफलताको चुली
फलाना पार्टीको, फलाना मन्त्री, फलाना….

यही हो– षडानन्दको नाबी गाडेको डा“डो
यही हो– षडानन्दले स्नान गर्ने पोखरी
यही हो– नया“ संरचनास“गै
ढुङ्गाका पुरातात्विक सामग्री मिल्काएर
जिर्णाेद्धार गरिएको भग्न मन्दिर
यही हो– षडानन्दले
शिक्षाको ज्योति छरेको पाठशाला ।

डा“डामाथिको मन्दिरको
अगाडिको ढोका भत्किएपछि
अहिले पछाडिको ढोकाबाट
निहुरेर छिर्छन् भक्तहरू
लेउ लागेको हरियो पोखरीमा
सल्बलाइरहेछ अतीतको धमिलो छाया

टाढिएर, मनका भित्तामा टा“सिएको
आफन्तका तस्विरजस्तै
दिङलाका आ“खामा
अहिले मात्र टा“सिएका छन्
असीम सम्झनाका धूमिल तस्विरहरू
मुटुमा कोरिएका छन्
गर्व र आत्मसन्तुष्टिका दन्त्यकथा ।

एउटा सोचमग्न कविजस्तै
मनभरि जीवनका इन्दे्रनी अनुभूति खेलाउ“दै
दिङला पर्खिरहेछ
एउटा उज्यालो सपनाको विमोचन ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:534

Biwash Pokhrel – Ghaite Achel [Nepali Gajal]

विवश पोखरेल – घाइते अचेल

घाइते अचेल जिन्दगानी भएको छ
रगत खोलाको पानी भएको छ।

हिंसामा कठोर ढुङ्गा भएपछि मुटु
पीडा सहने अनौठो बानी भएको छ।

डढेलो लागेको जङ्गल भएको छ देश
एकाएक सपना डढेर खरानी भएको छ।

भत्किएर सद्भाव – हराएर मानवता
एकादेशको अनौठो कहानी भएको छ।

सत्तालिप्तहरू भागबन्डामै व्यस्त छन्
देश आँसुले रुझेको सिरानी भएको छ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:534

Biwash Pokhrel – Gaun Ma Euta Sanjh

विवश पोखरेल – गाउँमा एउटा साँझ

पहाडको मायालु छातीमाथि
निर्धक्क टाउको अड्याएर
एउटा थकित दिन
विश्राम लिने तरखरमा छ

गुलाबी बिछ्यौनामा निश्चिन्त
सुतेजस्तो देखिन्छ पहँेलो घाम
निर्जनता छिचोल्दै–
निर्बाध बगिरहेछ नदी
चिरबिर चिरबिर गाइरहेछन् चराहरू
समयको उदास गीत

एउटा सग्लो दिनको अन्त्य गरेर
गोधूलिसँगै फर्किरहेछन् गोठालाहरू
पिठ्ँयूको दाउराको भारी पिँढीमा बिसाएर
कमिजको फेरोले निधारका पसिना
पुछिरहेका छन् एक हुल गाउँले
तुरतुरे धारोमा
माटो सुगन्धित फरुवा पखाल्दै
सन्तुष्टिका स्नान गरिरहेछन् किसानहरू

दिनभरि मेलापातमा हराएकी
आमाको न्यानो काखमा लुट्पुटिंदै
निस्सासिंदै चुसिरहेछ एउटा बालक
आमाको गानिएको दूध
गोठमा गाँसिदै छन्
बिहानी पूर्वाद्धमा फुकेका
बस्तुका असरल्ल दाम्लाहरू
एउटा सिलसिलाको
नवीकरण गरिरहेछ समय

क्रमशः आँखाबाट ओझेल परेको छ
अनवरत यात्रारत एउटा दिन
जीवन समरमा हारेको छ समय
गाउँलेहरू मनाइरहेछन्
समयको पराजयमा एउटा विजयोत्सव
पाहुनाजस्तै –
प्रकृतिको ढोकाबाट भर्खरै भित्रिएको छ
गाउँमा एउटा साँझ ।