Biplav Pratik – Praman

बिप्लव प्रतिक – प्रमाण

युद्ध जित्नकै लागि
यदि हतियार उठाएको भए तिमीले
जाऊ एकपल्ट
योद्धाहरूको चिहानमा
र सुन रातको सुनसानमा
त्यहाँ गुन्जिएको मौनता ।

कुन मान्छेले कोसँग जितेर
कति सीमा र समयसम्म
आफ्नो जितको झन्डा फहराएको छ ?
मान्छेले जितेँ भनेर
कतिसम्म चिच्च्याउन सक्छ र !
जितको झन्डा लिएर
कुन युद्धपुरुष अहिलेसम्म जिउँदै छ ?

मान्छे केवल आफ्नो जितको उन्मादमा
मात्तिएर मुर्दा भएको
तिमीले हामी हिँड्दै गरेको
यही धूलोमा देख्न सकेनौ भने
कुनै अर्को धूलो छैन मसँग
प्रमाणका लागि ।
कुनै नयाँ चिहान छैन मसँग
सबुदका लागि ।

नयाँसडक, २८ जनवरी १९८७

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:343

Biplav Pratik – Dar

बिप्लव प्रतिक – डर

मलाई डर छ
कतै कसैले मलाई प्रेम त गर्दै छैन ?
मलाई डर छ
कतै कसैले मलाई
पात–पात जोडेर
हाँगा–हाँगा खापेर
रूख त बनाउँदै छैन ?
म एउटा पात, जो पलाउँदा–पलाउँदै चुँडिन सक्छ
भुइँमा झ्र्न सक्छ र हावाले कतै लगेर मिल्काउन सक्छ
अनि माटोको गर्भमा कुहिदिन सक्छ
पातको के ठेगान, असमयमै झ्र्न सक्छ ।
मलाई डर छ
सहानुभूतिको मलम लगाएर
कसैले मलाई दया त गर्दै छैन ?
म गुलाफसँग उम्रिन्छु
पीपलसँग उम्रिन्छु
हावाद्वारा चुँडिन्छु, भुइँमा मिल्किन्छु, कुहिएर मल बन्छु
माटोसँग मिलेर फेरि उमार्छु अर्को नयाँ पूmल
चक्र जीवनको घुमाइरहन्छु निरन्तर
जीवनको धुनमा मग्न म
जिन्दगीकै गीत गाइरहन्छु निरन्तर
तर, मलाई डर छ आँसुले पखालेर
कतै कसैले मलाई बगाउँदै त छैन ?

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:343

Biplav Pratik – Asantushti

बिप्लव प्रतिक – असन्तुष्टि

सोच्तछु, किन बाँचिरहेछौँ ?
कुन बाटो हिँड्न ? कुन मान्छे चिन्न ?
कहाँ हिँडिरहेछौँ हामी, कुन देश चिन्न ?
हाम्रो अस्तित्व किन यस्तो छ ?
हाम्रो अस्तित्व किन बेग्लै हुन सकेन ?
जुन जन्म हाम्रो अवश्यम्भावी थियो
त्यो जन्म किन बदलेन ?

तर हामीले चाहेजस्तै हामी भएको भए
त्यसको विपरीत किन भएन ?

हामी मान्छे अनौठा छौँ
हामी जे छौँ
त्यो होइन भन्ठान्छौँ
हामी जे छैनौँ
किन भएनौँ, विरोध गर्र्छौं
सायद मान्छे एउटा असन्तुष्ट प्राणी हो
अनि आदिदेखि अन्त्यसम्म मान्छे छ र हुनेछ असन्तुष्टै,

सृष्टिका लागि, प्राप्तिका लागि
सम्भवतः अपरिहार्य छ असन्तुष्टि ।

नयाँसडक, १२ फेब्रुअरी १९८६