Binod Khadka – Manchhe Nirdayi Pani Rahechha

जेठको उन्मत्त आकाशलाई सोधे
बर्षाको निवस्त्र झरीलाई सोधे
हिउँदको त्यो लुरे घामलाई सोधे
अनि चैत्रको अन्धो हुरीलाई सोधे ।

जीन्दगी के हो सबैलाई सोधे
अन्तमा फेरी आफैलाई सोधे
जवाफ के पाए थाहा छ?
त्यो त केवल अन्धो यात्रा हो ।

सुख र दूखसंग लुकामारी खेल्दै
पीडा र मस्तीसंगै गुटमुटिदै
बाल्यपन यौवन र बुढयौलीमा हराउदै
जीन्दगी आफैमा ढुन्मुनिदै चल्दो रहेछ
चीत्ताको अनन्त यात्रामा
चीरनिन्द्रामा हराउदै
जीन्दगी आफैमा बिलाउँदो रहेछ ।

तर पनि मान्छे
मान्छेलाई नै हाक्दो रहेछ
तर पनि मान्छे
मान्छेलाई नै थिच्दो रहेछ ।

खुसी बाड्न सक्ने मान्छे
पीडा पनि बाड्दो रहेछ
माया र दया बाड्न सक्ने मान्छे
आतंक र त्रास पनि बाड्दो रहेछ ।

मान्छे निर्दयी पनि रहेछ ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1618

Binod Khadka – Ma Pani Rajniti Ma Lagne Bhaye

बिनोद खड्का -म पनि राजनितिमा लाग्ने भए

तल्ला गाँउको दानविर मात्र होइन
माथ्ला गाँउको गोरुचोर पनि राजनितीमा लाग्यो
पल्ला गाँउको मुखिया मात्र होईन
जमिन्दारको कान्छो छोरो पनि राजनितीमा आयो

पद नपाउन्जेल जनताका नेता रे
पद पाएपछि जनताका मालिक हुन पाईने
अर्को नेता र पार्र्टीको पेलाई आयो की
जनताकोमा जान्छु भनि घुर्र्की लाउँन पाईने

कस्तो राम्रो पेशा यो न त पढ्नु पर्ने
कस्तो फलदायी पेशा यो न त दूख गर्नुु पर्ने
प्रजातन्त्रको दुहाई दिदै पद र गाडी फर्ेन पाईने
बीसौं बर्षराजनितीमै नेता भई जम्न पाईने

देशमा व्यवस्था फेरिए मुखुण्डो फेरे पुग्ने
जुन व्यवस्था आउँछ उसकै भक्ति गाए हुने
वन्द हडताल र चक्काजाम गोजीमा राखी चल्ने
अर्काको कुरा मन परेन की सडकमा झोसिदिने

आश्वासनको भेलमात्र होईन
छुठै छुठको बषर्ा बषर्ाए पनि हुने
महंगी र अभावका कुरा आए
अन्तर्रराष्ट्रिय बजार देखाई दिए पुग्ने

सरकारी खर्चमा चम्चा जम्मा गर्न पाईने
राजनैतिक अपठ्यारो पर्यो की
टायर बोकिहिड्ने चम्चाहरुको भीड
सडकमा ओराली दिए पुग्ने

मुखैले मेलम्ची झारिदिए हुने
बोलीले गरिबी हर्टाईदिए पुग्ने
तथ्यांकै तथ्यांकको जालभित्र
देश विकासको हावा फुके पनि हुने
कस्तो राम्रो पेशा यो राजनिति
छटृँहरुलाई त असाध्यै सुहाउने

त्यसैले
जनता झुक्कयाउने खेल सिक्नको लागी
म पनि नेताको घर धाउँने भए
यस्तो राम्रो पेशा छोडेर
म अन्त नलाग्ने भए
त्यसैले हजुर
म पनि राजनितिमा लाग्ने भए ।

(२३ जुलाई २००८)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1618

Binod Khadka – Kalpana Bhitra Ko Mitho Sapana

देशमा प्रजातन्त्र आएको छ रे
भोट हाल्न जाने हो की
गाँउको चौतारीमा बसेर
कान्छीसंग माया पो लाउने हो की ।

शहरमा रमाईलो छ रे
उतै पो भाग्ने हो की
माईलादाईसंग झोला बोकी
फेरी मुग्लान नै र्फकने पो हो की ।

लेकतिर रमाईलो छ रे
साँझमा रोधी पस्ने हो की
र्साईलीको भट्टिमा पसी
फेरी तुम्बा पो तान्ने हो की ।

ठूलाबाको हुक्का तानी
सर्को लाउँने हो की
कान्छी आमाको बारी पसी
काक्रा फस्री हो की ।

के गर्ने के नगर्ने
खुट्याउनै सकिएन
झल्याँस्स ब्युझदा प्रवासमा
मीठो सपना पत्याउनै सकिएन ।

दोहा, कतार