Bimala Tumkhewa – Gadtir Ma Ubhiyera

बिमला तुम्खेवा – गडतीरमा उभिएर

छातीमा —
संवेदना सकिएको बेला
यो निर्जन टापूमा
गाउनको निम्ति अब कुनै गीत छैन
भर्खरै —
आफन्तको मलामी गएर अस्ताएको दिन
उस्तै हुन सक्छ
जहाँबाट रोएका थियौँ हामीले आफैलाई बिर्सिएर ।

यो बत्ती निभेको गडतीर
नदीको बेप्रवाह छाल
मोडर्न निक्काले देखेको सपनाजस्तै
फरक हुन सक्छ —
आफ्नै अँध्यारो छायाँसँग
आउने अलग–अलग आकृतिजस्तै ।

छालजस्तै बगेर गैरहेछ
प्रेमको अधुरो प्रसङ्ग
हामीले देखेको बत्तीको मधुरो प्रकाशसँगै …
सुरक्षित छैन
हाम्रो अस्तित्व÷हाम्रो प्रेम
मोर्डन निक्काले देखेको सपनाजस्तै
छातीमा संवेदना सकिएको बेला
यो निर्जन टापूमा गाउनको निम्ति अब कुनै गीत छैन ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2382

Bimala Tumkhewa – Mrityu

बिमला तुम्खेवा – मृत्यु

जीवन
आकाशमा अनन्त भएर बिलाउँदै छ
म जहाँबाट दोस्रो आकाश नियालिरहेछु
म जहाँबाट मृत्यु भोगिरहेछु
धूवाँ भएर
फैलिएको आँसुको रङ्ग
मृत्युको एकादेशमा पृथक् रहने छ
मृत्यु —
सत्य प्राप्तिको मृत्यु हो
तिमीले बाँचेको जीवन
म जल्दै गरेको जीवन
भोग त !
कति सत्यता छ÷कति रिक्तता छ

तिमी बाँचेर पनि हाँस्न सकिरहेका छैनौ
म जलेर पनि पीडामुक्त छु
तिमी बाँचेर पनि अपूर्ण छौ
म जलेर पनि पूर्ण छु ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2382

Bimala Tumkhewa – Antim Kabita

बिमला तुम्खेबा – अन्तिम कविता
(Source: Himal Khabar)

यो हावाको तेज गति भन्दा निष्ठुर
मरुभूमिमा एक्लै उभिरहेँ…
मसँग
न तिम्रो माया छ
न कुनै गुनासो।

जीवन भन्नु मृत्यु रहेछ
भर्खरै भएको बादलको झ्ुण्ड त्यहीं छ
यी रूख र फूलहरू त्यहीं छन्
तिम्रो नाममा लेखेको अन्तिम कविता
मसँगै छ
तर, म कोसौं पर पुगिसकें
तिमीले पूरा गर्न नसकेको कसम जस्तै।

कति,
असहज भएँ म तिम्रो पीडालाई बुझनै नसक्ने
घाम भन्दा चर्काे पीडा लिएर
म, एक्लै जलिरहें