Bimal Giri – Bartaman Niro Haru

ए नेता भनौदा निरोहरु हो
आफ्नै मन मस्तिमा कैले सम्म क्रुरता प्रदर्सन गर्छौ?
सजक हुने बेला भएन अबता?
घ्रिणित बर्बरता को बिरोध कती गर्ने सोझा जनताहरुले?
बर्तमान निरोहरु हो किन गरिरहेछौ लुछाचुडी
यो पवित्र धर्तिमा,
नेपाली छातीहरुलाई आसुको भल बगाएर
किन धुक्क हुन्छन यि पशुहरु,कस्तो बिढम्बना?
ए नालाएक र निकम्मा नेताहरु हो,
इतीहासमा धब्बा नलगाउ तिमीहरुको बरबर्ता ले
होनहार सोझा जनताहरु दिक्क भइसके
दास मनोब्रिती परिवर्तन गर।

नाजिबाद बचाउन हिट्लर ले के गरे थाहा छ तिमीहरुलाई???
चौचेस्कु निकोलस र क्यथ्रिनलाई झै
नेपाली जनताले एकदिन शिकार बनाउनेछन पर्खमात्र।
ए कठ्पुतलिहरु हो?कैलेसम्म बोक्ने सउथ ब्लक को झन्डा???
विस्व सामु परिचये धमिलो नपार,
राष्ट्र को निर्णएक जनता बन्नेछन असत्य को बध गर्न।
अब तिमीहरु को ह्विप चल्दैन
सुन्दर अध्याएमा अनुधित हुन
अक्ष्यम्म गल्ती नगर।

ए पाखन्डीहरु हो दरिद्रता को प्लेग फैलाउने कोशीस नगर
फोस्रा भाषाण प्रयोग गरी बङगाली को माछेर झोल
मद्रासी को डोसा,गुज्राती को ढोक्ला,र मलेसियाली को
वान्टन सुप जस्ता फोस्रा आश्वासन
बाडी बेइमान नेता माहा बेइमान नबन।
तिमीहरुलाई अहनकार को एडस लागि सक्याछ
औठा छापहरु हो
हिरा र ढुङ्गा चिन्ने कोशीस गर
तिमीहरु को गोबरे दिमागमा चेतना भया ।।।।।

चारपाने झापा
हाल बेल्जियम

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2504

Bimal Giri – Haiku Haru

कति सुन्दरी
पुर्णिमाको जून झै
पुरै फक्रेकी

सुत्केरी भत्ता
सामंसदहरूलाई
काट्टो सरह

सिथिल भए
अङग बेढंगसँग
कहाँ बिसाउ

रुनु न हाँस्नु
बनायो पिरतीले
प्रेम गरेर

नगर इर्ष्या
सके गर आँफैले
पछुताउला

निको नहुने
भित्र दुखिरहने
प्रेम सागर

कुर्सीको मोह
लाचारीहरूलाई
जुत्ताको माला

पती प्रदेश
श्रीमती घरदेश
यता न उता

अंकल हो र ?
होइन भने को त?
सोध न बाबु

नेतालाई के?
उपहारको लागि?
जुत्ताको माला

नाकको फुली
नाइटोमा झरेछ
तल नझार

उदास मन
झरी पछी को घाम
तिम्रै यादमा

सुत्केरी भत्ता
जनताको भोटमा
फुपूको श्राद्ध

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2504

Bimal Giri – Anmol Chha

आबेसमा आउनुहुन्न बिधम्सनै भए पनि
एकान्तमा रुनुहुन्न आँखातरी गए पनि

अनमोल छ जीबन यो मुस्कुराइदिउ बरु
सुन्दर समाज निर्माण गरौ शरण परुन अरु
जन्म मृत्‍यु नितान्तछ कुबेर जस्तै भए पनि
एकान्तमा रुनुहुन्न आँखा तरी गए पनि

शिखर चुम्ने हिम्मत गरौ थकाईहरु पर सारी
ब्यथाहरु आउछन जान्छन सहनुछ आधि हुरी
धर्य गरौ जस्तै दु:ख आपत बिपत आए पनि
एकान्तमा रुनुहुन्न आँखा तरी गए पनि।