Bidhya Prasad Ghimire – Sharadagaman

विद्याप्रसाद घिमिरे – शरदागमन

आयो फेरि शरद् रहरको उन्माद लिई साथमा
हिलो मैलो हट्यो सबतिर न मेघ नै आकासमा ।
हरित कुञ्ज दिन दिन गरि वर्ण फेर्दैछ स्वर्णको
चुलिएका शिखरहरू छन् दृष्टान्त अन्नपूर्णको ।।

लेक—बेँसी चहचह झुल्यो नानाथरिका पिङभैंm
सयपत्री र मखमली पूmल फक्रिदियो रङ्गिन भै ।
बर्षा गयो झलमल भयो दसैँ–तिहार बस्तीमा
वायुभित्र चिसोपन बढ्यो नाच्छ उमङ्ग मस्तीमा ।।

स्वच्छ जल कलकल बग्यो बज्यो मृदङ्ग गुञ्जन
वनबुट्यान हाँगा–पातमा ताण्डव नृत्य मञ्चन ।
पूर्ण यौवना उन्मुक्त जूनले हेरिरहन्छे रातमा
यही यामका किन्नरीहरू लजाउँछन् हर बातमा ।।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1816

Bidhya Prasad Ghimire – Annapurna, Gurans Ra Sagarmatha

विद्याप्रसाद घिमिरे – अन्नपूर्ण, गुराँस र सगरमाथा

सगरमाथा हेरेँ—गर्व गरेँ
लालीगुराँस हुर्काएँ—गौरव गरेँ
आँखामा अन्नपूर्ण राखेँ— शिर उठाएँ ।

मेरो सगरमाथाको शान
आज बस्तीबस्तीमा पग्लिएको देख्दैछु ।
गुराँसको लाली धुवाँमा उडेको हेर्दैछु ।
अनि, अन्नपूर्णको अस्मिता
चूर्णचूर्ण र खण्डित हुँदै गएको महसुस गर्दैछु ।

लुम्बिनी—बागमा हुर्किएका
एक जोडी सेता परेवा
आज, बीच बजारमा
लिलाम भइरहेछ,
खुल्लमखुल्ला मोलतोल भइरहेछ ।

अनि म र महरू
लाचारी, बाध्यता र विवशता बाँचिरहेका छौं ।

म आँखामा लगाउँछु—
घट्दै गएको कोसी
ध्यानमा राख्छु —
छोटिँदै गएको महाकाली
र, कानमा राख्छु—
आवाज हराएको नारायणी र सुस्ता ।

हिजोको
सूर्य, चन्द्र, तारा
आज पनि उस्तै छ ।
तर, चौडा छाती खोलेर हाँस्ने आकास
खण्डित छ, दण्डित छ ।
स्वच्छन्दतामा नाच्ने धर्ती
रातो धुवाँ र कालो रगत बाँच्दैछ ।

वर्तमानमा सुदूर चिच्याउँछ र भन्छ—
दासत्व–उन्मुक्ति नारामा
समेटिएको तिम्रो भूगोल—
कतै अर्काको दास हुने त होइनं
सासविनाको लाश बन्ने त होइनं
कतै, दुनियाँको उपहास बन्ने त होइन ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1816

Bidhya Prasad Ghimire – Bhari Bhari Prem Ghada

विद्याप्रसाद घिमिरे – भरि–भरि प्रेम–घडा

भरि–भरि प्रेम–घडा दिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !

सुन्दर मेरा हिजोहरू उसकै नाममा थिए
अधुरो यो बाँकी जीवन उसैलाई नै दिएँ
निष्ठूरी त्यो बैगुनीलाई नपाए के भो र
निर्मोहीलाई सर्वस्व सुम्पिएकै त छु नि !
बदलामा विष–प्याला पिएकै त छु नि !

सके जति सहेँ पीडा धेरै बाँचिसकेँ
जति हाँस्नु जिन्दगीमा सबै हाँसिसकेँ
छाडिदेऊ भो साथ मेरा सारा खुसीहरू
सपना ठानी जिन्दगी यो जिएकै त छु नि !