Bhojraj Baral – Swambhu Ko Bandar Le Pani Ghar Basaunthyo Ki

भोजराज बराल – स्वयम्भुको बादरले पनि घर बसाउथ्योकी

जोतेरनै लालपुर्जा पाइने भए
डाँडा पाखा नै किन रत्न पार्क नै जोत्थे होलान्
पोतेरनै दैलो आफ्नो हुने भए
मुखियाको किन नारायणहिटी नै पोत्थे होलान्

जोतेर, पोतेर वा गोदेर, चिथोरेर
चोरेर वा कुनियो फोरेर मात्रै आफ्नो बनाउनेहरुहो
अनी
लुटेर, भुटेर वा कुटेर
छेकेर वा टाउकामा टेकेर मात्रै अधिन चलाऊनेहरुहो
त्यो डकैतिलाई पसिना र पाखुरामा
अनी
त्यो पागलपनलाई बिबेकको टाकुरामा
एकपल्ट पुर्याइ हेरत
यो माटोको त के कुरा
तिमीले टेकेको चट्टान पनि रसाउथ्योकी
स्वयम्भुको बादरले पनि घर बसाउथ्योकी

- London

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:287

Bhojraj Baral – Maryada

भोजराज बराल – मर्यादा

म जन्मे र हुर्केको माटोमा,
मेरो पनि मर्यादा हुन्छ भने,
त्यो माटोमा,
कसैले केहि रोप्नु अघि,
मलाइ पनि सोध्नु न्याय हुन्थ्यो.

बेफ्वाक्मा हुने नहुने रोपेउ,
गोला बारूद,
जीवि, परजीवी,
फल्ने, नफल्ने,
हरेक चिज रोपेउ.

तिमीले,
मिचेर,
सबथोक गरेउ.

मैले लगाएका,
रातका फेरिहरु,
ढोका थुनेर,
सुनीरहेउ.

प्रकृति हो,
एकदिन तिमि भन्दा,
अझै बलियाको,
श्रीष्टि हुन सक्छ,

म,
त्यस दिनको पर्खाइमा छु,
जब,
तिमि पनि,
मलाइ मिचे झैँ,
पानि घट्टमा,
मकैका गेडासरि,
निरिह पिधीन सक्छौ,
धूलो पिठो नहुँदा सम्म,
गुहार भन्नै नपाइ,
पिधीन सक्छौ,
पिधिन्छौ!

- London

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:287

Bhojraj Baral – Shahar

भोजराज बराल – शहर

ऐश्वर्यको धरोहर बाट,
श्याम्पेनको गिलास समात्दै,
कुन संस्थाको आय र व्यय
कति उँभो र उँधो गर्यो,
अनि,
कसले कति आर्ज्यो र गुमायो,
यस्तै यस्तै गफ बीच
श्याम्पेन थप्दै जाने सुन्दरी बिचको दूरी पार गर्दै,
मेरा यी आँखा हरु,
गगनचुम्बी भवनको काँचको भित्ता फोर्दै,
सडक को पेटीमा ठोकिंदा,
थोत्रो, भिजेको सिरकले
आधा शरीर ढाक्दै,
लम्पसार, एउटा म जस्तै मान्छे,
कागजको टपरीमा,
नचल्ने एक दुइ बिदेशी सिक्का टल्काउन्दै,
दिनभरी करोडौ पोको पारेर,
स्वर्ग जस्तै घर पुग्न हतारिएका
भाग्यमानी हरुको यात्रा
असहज बनाइरहेको दृश्य,
मेरो हात बाट
श्याम्पेन को गिलास खसेर
भुइमा फुटे पछी,
मेरो मानसपटल बाट
हराउंदै गयो!