Bhira Khadka – Mrityosav

भीरा खड्का – मृत्योत्सव

दिनहु
नजिकिदै गरेको आफ्नो मृत्युलाई
स्वागत गरी रहन्छु
क्रमस: सधै भरि
मृत्युबोधको
स्पर्शानुभुतिमा
पुलकित बनि रहन्छु /
जीवन ?
छंभंगुर छ
मृत्यु नै शास्वत हो
तब किन त म
जीवनप्रतिको
उहापोहमा आफुलाई
कुण्ठित पारिरहू?
तेसैले त म
नजिकिंदै गरेको
मेरो जन्म दिनलाई
हर्दिकताकासाथ
मृत्योत्सवको रुपमा मनाउदैछु ,
तपाई पनि
अनुभूति गर्न चाहनु हुन्छ?
आउनोस्
निम्तो छ तपाइलाई

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1491

Bhira Khadka – Timro Bidai Utsab

भीरा खड्का – तिम्रो बिदाई उत्सव

हर्षोल्लासकासाथ
म तिम्रो बिदाई
फगत एक्लै
उत्सवको रुपमा मनाउँदैछु ।
आनन्दानुभूति गर्दैछु यतिबेला
आफु एक्लै अनि चुपचाप
तिम्रो बिदाई उत्सव मनाउनुमा
खुसि छु म ।
तिमीले छोडेर जानुमा
अहिले एक्लो बनायौ त के भो ?
म एक्लो कदापी छैन
मेरा अन्तस्करणबाट पग्लिएर
आँखाको बाटो भई आउने
मेरा आँशुलाई सोध
भक्कानिएर फुट्न लागेको
मेरो मुटुलाई सोध
मेरा छटपटी अनि
मेरा उदाशीलाई सोध
म कहाँ एक्लो छु ?
आँशु,रोदन व्यथित मन पिडामयी मुटु
अनि टुक्रिएको मानसिकता
सबै सबै त छन्
सधैभरी साथ दिने वाचा सहित
मसंग तिम्रो
बिदाइको उत्सव मनाउन
भेला भएका छन्
र म टिलपिल आँशु संगै
बोल्न नसकेका शब्द संगै
मुटुबाट निचरिएर आएको
रगतरुपी मदिरामा
आफुलाई विनिमय गर्दैछु,
हर्षोल्लासकासाथ
म तिम्रो बिदाइलाई
एक्लो फगत एक्लो
उत्सवको रुपमा मनाउदै छु ।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1491

Bhira Khadka – Jati Nai Pida Deu Malai

भीरा खड्का – जति नै पिडा देउ मलाई

जति नै पिडा देउ मलाई
म सहि दिने छु
देउ जति नै आशु मलाई
चुपचाप पिईदिने छु
तिमीलाई माया गरि पर्खी बस्ने छु,
खुसीहरू तिम्रो जीवनलाई उपहार मेरो भो
हासोहरु सबैनै तिमीलाई, दुख मेरो पेवा भो
जति नै चोट देउ मलाई
म हासेर बस्ने छु
चाहे भुली नै देउ मलाई
म सम्झेर बस्ने छु
तिमीलाई पर्खी बस्ने छु,
मुटु मेरो तिम्रो प्रतिछ्यामा धड्किरहने भो
आखा त के मन नै मेरो एकोहोरो हुने भो
जति नै पिडा देउ मलाई
म सहि दिने छु
देउ जति नै आसु मलाई
चुपचाप पिईदिने छु
तिमीलाई माया गरि
पर्खी बस्ने छु