Basu Dhakal – Maasinchha Ki Mero Desh

मासिन्छ कि देश मेरो

बन्दैछ कि धुजा धुजा
आजभोलि देश मेरो
मासिन्छ कि डर लाग्छ
त्यों नेपाली भेष मेरो

बाँड्नै परे नेपालीको
मन बाँडे हुन्थ्यो
शीप रुपी पौरखको
धन बाँडे हुन्थ्यो

मलाई पनि नटुक्र्याई
देश देऊ अलिकति
हिमाल पहाड तराइको
भेष देऊ अलिकति

आफू आफू के का लागि
कुस्ती खेल्नु घरी घरी
नेपालीले कतिन्जेल
दुख: झेल्नु सधैभरि

एउटै जात नेपालीको
हात देऊ अलिकति
नेपाली हुँ भन्न लाई
साथ् देऊ अलिकति

डेविस, क्यालिफोर्निया

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3984

Basu Dhakal – Ama Mato Ra Dharti

बासु ढकाल – आमा, माटो र धर्ती

आमा!
मलाई एक मुट्ठी माटो देऊ
कतै जीवन दर्शनको उकालोमा
थकाई मार्नु पर्ला
म,चौतारी रोपी दिन्छु
अथवा
मलाई एक मुठी ऑटो देऊ
कतै देश निर्माणको बाटोमा
भोक मेटनु पर्दा
म दुईचार टुक्रा रोटी बेली दिन्छु
या
मलाई गोरेटो बाटो देऊ
ठेल मठेल गरी हिडीरहेका संततिलाई
काँडाहरु पन्छाएर यी हातहरुले
म मूल सड़क भेटी दिन्छु
माटो
जीवनको आदि र अंतस्थल
उर्बर बनाउनु पर्ने हातहरु
बारूदको रोपाईमा जुटेका छन,फुटेका छन
माटो बाटै उदाएर,
साँझ नपर्दै अस्ताएका छन्
धर्ती
सहेको सह्यै छ
तिम्रो शिर सागरमाथा
मान्छेहरुको आगमन प्रत्यागमनको
दृश्य,परिदृश्य हेरेर
मौन
एकनास अविछिन्न
संसार सामु उभिएको उभियै छ
जननी
मलाई एउटा चौडा छाती देऊ
बुद्ध बनेर संसार सामु
सदा सागरमाथा झै
अनवरत, अनन्तसम्म
अविछिन्न शान्त उभिन सकूँ ।

अमेरिका

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3984

Basu Dhakal – Aaja Bholi

बासु ढकाल – आज भोलि

आज भोलि काठको घर
धमिरा लाई जिम्मा ला छ
जून लाई माथ गर्छु भन्ने
जुन्किरीको रजाई भा छ

सबैलाई समानताको
पगरिले गुथ्ने संग
आज भोलि ठेला गाडा
ठेल्नेकोनी सत्तो गा छ

संसार बाटै फ्याकिएको
एउटा बूटी पलाको छ
भता भुंङग परेर देश
मूढे बल ले चलाको छ

हात नंग्रा खियाउनेको
घटी गला रेटने संग
डराएर आफ्नै घरमा
मान्छे आफै पराई भा छ