Balkrishna Sama – Kavita Ko Byapti

बालकृष्ण सम – कविताको व्याप्ती

एक साधु ठूलो डालो लिएर
कविता बटुल्न वनतिर लाग्यो,
डाँडाकाँडा, खोलानाला, लेकबेँसी सबैतिर दौड्यो,
छाँगोपाँगो, फलफूल, सागपात जताजतै कति खोज्यो,
कतै पाएन,
उसले ठान्यो- कवितासविताको ऋतु त्यो हैन रहेछ;
हताश भई फर्कन लागेको उसलाई एक रसिकले भेट्यो ।
प्रश्न सुनिसकी रसिक बोल्यो- “कहाँ छ जहाँ कविता छैन,
शुष्क आँखाले हेर्‍यो भने त छैन त त्यै झरना पनि नीरस छ,
त्यो रौँझैँ जोबन झरिरहेको शून्यमात्रको उद्घोष छ,
क्यै पछि पानी सब निख्रन्छ र त्यो पाखो खल्वाट हुन्छ !
तर साधु, अनुरागले आफ्नो छाती लिपिहरे,
ठाँटो जमीकन सम्म भएको रक्त-हृदयको सतहमाथि
दुःखी संसारको चोट एकत्रित पारी
उच्छ्वासले शक्ति प्रहार गर,
अनि अनुभूतको छाल उठाई मस्तकसम्मन् छिटा पठाऊ,
आँखा जलजल रसिलो भएपछि सबै नियाली हेर,
सहानुभूतिले नानीलाई सूक्ष्मदर्शक पार,
अनि त ढुङ्गाका नसा-नसामा पनि रगत चलिरहेको देख्छौ,
पत्थरको मुटु छाम्न सक्दछौ,
अनि पहराले रस बहाउँछ,
तिमी बविता पाउँछा !
यति भनेर घामको मइनझैं
रसिक लत्याकलुतुक भै पग्ल्यो, साधुको आँखा पनि पग्ल्यो,
रूखहरू खोटोझैं पग्ले, फलफूल महझैं पग्ले,
हरिया फाँट पोखरीझैं पग्ले,
समस्त ब्रह्माण्ड हिउँझैं पग्ल्यो, आकाशगंगा भै पग्ल्यो,
ताराहरू सारा जलबिन्दु बने,
साधुले आफूलाई आफैँ जत्रो आँसुको एक थोपो पाएँ,
अनि दिग्दिगन्त विश्वभरि नै अणु-अणुको गर्भान्तरमा उनले
प्रलय घनघोर गर्जनमा ओतप्रोत भएर
कविता उर्लिरहेको पाएँ ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:5768

Balkrishna Sama – Ichchha

इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।१।

“यो नेपाल स्वतन्त्र भै फुलिरहोस्, राजाप्रजामा सधैँ
झाँगी फैलिरहोस् बढेर लहरा यै शान्ति ऐर्श्वर्यको”
यो सन्देश म ब्रहृमनाल तकिया पारी पठाउँ वहाँ
साक्षी शङ्कर छन् श्मसानपछिका आशा रहेका जहाँ ।२।

बज्ला मन्दिरमा ‘तथास्तु’ जब यो घण्टा दिदै उत्तर
हाँस्तै शान्त भई उही समयमा नेपाल हेरी मरुँ ।
मैरो लाश पवित्र चन्दन घसोस्, कात्रो मलाई बनोस्
नेपाली सुकुमार हातहरुले खस्रा बुनेका लुगा ।३।

नेपाली वनका कपूर तुलसी श्रीखण्डका साथमा
प्यारो सुन्दर आर्यघाट तटको साजा चितामा जलूँ,
पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँ
मानेपालीहरु छन् मरीकन सबै जन्मिरहेका जहाँ ।४।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:5768