Baidyanath Upadhyaya – Goreto Haruma Hidnu

बैद्यनाथ उपाध्याय – गोरेटोहरुमा हिंडनु

सजिलो हुँदैन
गोरेटोहरुमा हिंडिरहनु
जहाँ दुवैतिर काँडे झारहरु उम्रिएका हुन
र बेलुकीको समयले
दिनको उज्ज्यालोलाई क्रमश निल्दै गरेको होस
र त्यहीं हिंडनेलाई
आफ्नो गन्तव्यको पनि थाह नहोस…
तब यसरी हिंडदै जानु
बीहड जङ्गलमा, एकलै
कति यातनाहरु जन्माउँछ।
मेरा साथी!
म पनि यस्तै गोरेटोहरुमा
हिंडिंरहेछु साँझ-बिहान
काँडे झारहरुको चुम्बनले
हरपल रगताम्य छन पाइलाहरु
अनेक वेदनाहरुको चिच्याई
सुनेको नसुनै रहन्छ एकान्तका पलहरुमा।
बाटामा छोडिएका रक्तिम पदचिह्न
धुलाको तरपमुनि गुमनाम सुतेका छन।
थाह छैन अरु अगाडि
कति बाटो हिंडनु छ
गुज्रदैं इ गोरेटाहरुबाट
कति व्यथाहरु झेल्नु छ
म दिशाहीन र पथभ्रष्ट भएको छु
कहाँ कहाँ अरु कति ठोकर
खानु छ…
यस्तो स्थितिमा इच्छा-अनिच्छाको
के सवाल उठन सक्छ!
केवल हिंडदै जानुनै
आफ्नो नियति भएको छ
बिकल्पको कुरानै यहाँ
कहाँ?

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1380

Baidyanath Upadhyaya – Hindnu Nai Jeevan Ho

बैद्यनाथ उपाध्याय – हिंडनु नै जीवन हो

जति सजाए पनि
जति नै माया गरे पनि
देह यो
कहिल्यै आफ्नो हुँदैन।
देह त यो
आफ्नै यात्रा हिंडिरहेछ
यस्ता कयौं चोलाहरू फेर्दै
यात्रामा छ यो
मेरो ‘म’ पनि!
यादहरूको क्षितिजमा
कालो रात खनिएर
अन्धकार पोतिएको आकाश
आफ्नै पीरले आँसु खसालेर
तरक्क रोएको छ आज!
मेरा खुसीका ताराहरू
पीडाको क्षितिजपारी
लखतरान भएर निद्रामग्न छन
सुन्दछु आफ्नै छातीमा
समयका पदचापहरू
हिंडिरहेछ, हिंडिरहेछ
मानौं-
हिंडनु नै जीवन हो
हिंडनु नै मृत्यु हो
हिंडनु नै सबथोक हो।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1380

Baidyanath Upadhyaya – Jeevan Ko Gati

वैद्यनाथ उपाध्याय – जीवनको गति

कति कुराहरू यस्ता हुन्छन
जस्ले जीवनका गतिनै मोडि दिन्छन।
भित्र भित्रै कति व्यथाहरू
उर्लिरहेका हुन्छन
समुद्रका उछालहरू जस्तै
कसलाई भन्ने?
यी दुखका गाथाहरू
कतिले त सुनेर खिल्लि उडाउलान
अनि कसैले लेग्रो तान्दै
कठैवरा भन्लान
अझ बल्झिएलानि पीडाहरू!
कसैले सहानुभूतिको स्वाँग रचाउँदैमा
कसरी खुलेर भन्न सकिन्छ र
मुटूभित्र बिझेका कुराहरू!
म जुन दुखले भन्दैछु
जे भन्छु
त्यसलाई त्यसै रूपमा
सही सही बुझिदिनेहरू
कहाँ भेटिएलान!
कसैले भन भन्दैमा
कहाँ खुल्छन र
मनका गाँठाहरू!