बि .एस. क्षेत्री – देशको बलात्कार
म मुकदर्शक भएर मेरो देशको बलात्कार भएको
निरन्तर हेरिरहेछु |
सुरु सुरुमा बिदेशी दलाल र मतियारहरुले लुटे
आजकाल तेही सुधो जनता जनार्दनबाट विश्वास
गरिएकाबाट हाडनाता हुदैछ
म यो नौटंकी हेर्न नसकेर विदेश पलाएन भएको छु
तर पनि देशको चित्कार र क्रन्दनले मलाई पछ्याई रहन्छ
प्रत्येक दिन म देशको विभत्स कथा भएको समाचार
सुन्ने पदने गर्छु |
म यो रोम रोम पिडा हुने यथार्थ बाट भाग्न खोज्छु
अनि फेरी अर्को बलात्कारी आएर देश लुटिएको कुरा गर्छ
म एकपटक फेरी लाचार भएर सुनिदिन्छु
अस्तिको कुरा हो एक हुल बलात्कारीले देशलाई
राजतन्त्रबाट मुक्त गराए , अनि जनताले जय जय कार गरे
अनि फेरी तिनैले धोति फेरी मुखुण्डो धारण गरेर ”नया नेपाल” भने
अनि जनता ढंग परेर भजन किर्तन गरिरहे
यतिकैमा अर्को नाटक मन्चन भयो” संबिधान सभाको ”
जनताले एक हुल जन्तुलाई कलम थमाए अनि शान्ति र बिकाशको नया
चित्र कोर भने तर भ्रस्ट पशुहरु आफ्नो औकातमा झरिहाले
एकाएक कुकुर र बाँदर बीच सितयुद्ध भयो
कुकुरहरुले देशलाई जतिएतामा बिभाजन
गरि रगत र हडीको महोत्सव गर्ने बद्नियेत अघि सारे
अनि बाँदरहरु फुट्ने फुटाउने कामलाई जारी राखी
सत्ता, शक्तिमा आफूमात्रै हुनु पर्ने जिद्दी गर्दै
क्रुर बर्बर ताण्डब नाच देखाए
अनि अबोध जनता यो नया तमाशा हेरिरहे
भर्खरै भोटेकुकुरले देशलाई बचाउन नसकेकोमा खेद प्रकट गर्यो
अनि बाँदरहरुहरु आफ्नो चाल सफल भएकोमा विभत्स हासो हासे
यता गिद्द र स्यालहरु देशको अस्मिता लुछ्न ब्यस्त रहे
अनि रमितेहरु मजा लिदै भने खुब गर्यौ नेपाली मुर्खहरु
सदियौ देखी देश दिर्घरोग बाट पिडित छ
मृत्यु सैयामा अन्तिम पटक राष्ट्र जिबनको भिक् मागिरहेछ
तर धिक्कार, यहाँ सपुतहरु कहिले जन्मिदै जन्मेनन ,
परिबर्तन र मुक्ति चाहनेहरुलाई समयले धेरै पटक सहिद बनायो
सस्ता मृत्युहरु,अर्थहीन शब्दहरु , क्रान्तिका खोक्रो नाराहरुले
देशको काचुली फेर्न सक्दैन
राजनीति ,बिज्ञान र दर्शनका ब्याख्या गर्दैमा
कोहि विद्वान हुन सक्दैन
देशलाई आज क्रान्तिका खोक्रो नारा र आश्वासन होइन
”गरेर देखाउने दर्जनौ महापुरुष चाहिएको छ ”
भो अब अति भो, गर्भैमा देशको भाबिश्ये तुहियो
अब मात्र मृत्युबरण बाकी छ , अनि यस्तै हो भने
यहि देशको खरानी घसेर विश्व मानचित्रमा हामीहरु
एउटा गुमनाम देशको अस्तित्व यसरी सुनाउदै हुनेछौ :
उहिले परापुर्ब कालमा ”नेपाल ” भन्ने एउटा देश थियो रे !
© लेखकमा
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.