आशा गुरुङ – सैलजा तिमी बाँचिराख
जन्मियौ पूर्वको काख मोरङमा तिमी,
राजनितिक बातावरणमा ओतप्रोत भएकी तिमी,
फलस्वरुप काँङ्रेसको झन्डा समाई अघी बढयो
कहिले छोडिनौ पार्टी जिबनका अन्तिम घडीहरु सम्मपनि,
क्रान्तिकारी काँङ्रेस नेत्री तिमी,
नारीको लागि एतिहासिक उदाहरण पनि तिमी।
जिबन जेलमा बिताएनौ कि,भूमिगत तिमी भएनौ कि,
नौ बर्षे भारत निर्बासनमा तिमी गएनौ कि, संघर्षको दिनहरु तिमीले काटेनौ कि
आखिर भयौ पनि सम्मानित मन्त्रि,उपप्रधानमन्त्री पदहरुबाट,
षडएन्त्र र आलोचनाको पात्र पनि भयौ तिमी।
तर तिमी हटिनौ,तिमी डराइनौ,न त गर्यो आत्मसमर्पण नै,
गरेउ त केबल पार्टीको निम्ति,देशको निम्ती र जनताको निम्ती।
तर के थाहा थियो र तिमीलाई नै ?
जिबनका तीनबीसका दिनहरु नै यति कठिन हुन्छ भन्ने।
गैइनौ र कहाँ तिमी उपचार गर्न ?
त्यो एकमुठी झिनो सास तिमी भित्रै गाँठो पारिराखन ।
कति लडाईं खेलेयौ होला तिमी, त्यो अल्जाइमर रोगसँग,
तिम्रो आफ्नै जिबनसँग , ती अतितका पानाहरुसँग ।
तर कोही बुझ्न आएनन तिमीलाई, तिम्रा ती त्यागहरुलाई सम्झेर,
आए त केबल ढोङ गर्न,कोही आइपुगे त तिम्रो मृत शरीरमा फुलहरु फ्याँक्न,
कसैले लगाईदिए अबिर, कसैले ओढाईदिए पार्टीका झन्डा,
पूजा गरे, ढोगे र चर्किए तिम्रो अमरताको लागि।
तिमीले केही सुन्यौ र सैलजा ? देख्यौ र कतै तिमीले यो रमिता ?
कठै ! किन भैदिएन यो? जहिले तिमी थियौ यहाँ जिउँदै।
बुझिदिएनन मान्छेहरुले सत्य जिबनको,
ओइरिए सबै, जब छोडेयौ संसार भबसागरको
स्रदाञ्जली तिमीलाई सिर्जिदैछु म,सारा नेपालीको प्रतिनिधित्व गर्दै,
तिम्रो आत्माको चिर शान्तिको कामना गर्दै,
सैलजा तिमी सधैं यसैगरी मरीमरी बाँचिराख है ।
तिम्रा हरेक सिदान्तहरु अर्को नयाँ जन्मको लागि साँचिराख है ।।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.