Anmol Mani – Badshaha Ko Mrityu

अनमोलमणि – बादशाहको मृत्यु

जन्मोत्सवको भोज मनाएर खुसीहुनेहरु
होस गर
छिट्टै व्युँतिनेछन् हत्या गरिएका निर्दोष आत्माहरु
र खुले आम मारिने छ यौटा निरंकुश राजा ।

पाता कसेर काटिएका र गोलीले उडाइएका छोराहरु
वा जबरजस्ती नङ्ग्याएर ओछ्याइएका छोरीहरु खोज्दै
हातमा निर्दोष आफन्तका तस्वीर बोकेर
सकुशल फिर्तिको आहृवान गरिरहेका आफन्तहरु
रुँदारुँदा आँशु पनि सकिएर
निरस बनेका आँखा लिएर दरबारमार्ग हिँडिरहेका बेला,
वैंशालु छोराछोरीको झझल्को टाँसेर आँखामा
दोहोरो भिडन्तमा मारिएको जबरजस्ती सही छाप गरेर
लास बुझेको सम्झिँदै अनसनको तयारी गरिरहँदा
फेरि पनि सरकारी लाठी र बुटको चोट खेपेर थाप्लामा
दोषीमाथि कारवाहीको नारा लगाइरका बेला
भएको छ यौटा निरंकुश भोज
यो बेला टुक्रा टुक्रा व्युँतेर चिहानबाट
फस्फोरस बालेर हड्डीको
राँकेभूत भएर आउन सक्छन् उनीहरु
र भन्नेछन् हरियो बाँसको झाँङ मुनी
राजदरबारको दक्षिण ढोकामा उभिएर-
‘महाराज!
हाम्रो आत्माले घेरिसकेको छ यो दरबार
होसियार भाग्ने कोशिस नगर्नु !’
र निर्दोष आत्माहरुको आक्रमणबाट मारिनेछ
यौटा निरंकुश राजा ।

ठीक त्यही बेला
दरबारकी महारानीको वर्ीय कटकटिएको फरिया
पखाली रहेको सिपाही
वर्षौँदेखि न्यास्रो बसिरहेकी
आफ्नी श्रीमती सम्भिmँदै
इतिहास बन्न लागेका चमेराहरुको गुँड हेर्दै भन्नेछ
राजदरबारको दक्षिण दक्षिण ढोकामा उभिएर-
‘साला गद्दार!
ढोके, हुक्के र छाते भएर होइन
नागरिक भएर म मेरो स्वाभिमान बाँच्न चाहन्छु ।’
र पड्काउनेछ उसले निशाना ताकेर
दरबारको मूल ढोका तिर खिया लाग्दै गएको
आफ्नो हातको पुरानो बन्दुक ।

Related Poems

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:7563

Anmol Mani – Jaba Marchhan Mandirkai Dhoka Aghi (Nepali Gajal)

अनमोलमणि – जब मर्छन् मन्दिरकै ढोकाअघि (गजल)

जब मर्छन् मन्दिरकै ढोकाअघि भोकाहरू
सोच्नु तिम्रो लागि पनि बन्द छन् ती ढोकाहरू

पखालिन्न पीडाको खत नपुज निर्जीव ढुङ्गा
तिमीलाई नै गिज्याउँदछन् ती पीडाका पोकाहरू

कालोलाई कालो देख्न छाड्छन् भने तिम्रा आँखा
आफ्नै थाप्लो उक्लिएर माथि चढ्छन् धोकाहरू

जबसम्म खान्छ द्यौता रगतको अर्घ मात्रै
तबसम्म मर्छन् निर्दोष मन्दिरमा बोकाहरू

Related Poems

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:7563

Anmol Mani – Bidaai

अनमोलमणि – बिदाइ

बितेका बाटाहरू हेर्दै नहेरी भेटेर जाऊ फेरि भेट हुन्छ हुन्न!

फेरि यस्तै दिन नहुन सक्छ
नवहन सक्छ यस्तै हावा
पहिरो जान सक्छ लेउ लागेको
प्राचीन बाटो
कुनै शासक
हातमा नाङ्गो तरबार लिएर
राज गर्न सक्छ हामीमाथि
त्यतिखेर सम्झ्नाको झ्िनो धागो पनि बाँकी नरहने गरी
विथोलिन सक्छ स्वतन्त्र निद्रा र सपना
सपना नदोहोरिन सक्छ,
बितेका बाटाहरू हेर्दै नहेरी भेटेर जाऊ
फेरि भेट हुन्छ हुन्न!

सम्झ्िनू, भोलि उस्तै भइदिन सक्छ―
वियोगमा हामीले बगाएको आँशु र दूषित बन्दै गएको नदीको मैलो पानी
कुनै पहाडको हिउँ र बगरका ढुङ्गाहरू
निष्ठुरी आँखाले हेरेको कोमल मुस्कान र हामीले गाएको पीडाको गीत
जिन्दगीको गतिजस्तै असमान,
सम्झिँदै जाँदा आकर्षणको आँखामा जल्ने
विधवाको मनजस्तो हुन सक्छ
भोलिको सम्झ्ना―अनिश्चित र एक्लो,
कहिल्यै नमेटिने गरी ढुङ्गामा लेखिएको हाम्रो नाम
चर्किन, मेटिन र च्यातिन सक्छ
पीडा पीडाले मेटिन सक्छ विगतको सम्झ्ना
र नदोहोरिन सक्छ सम्झ्ना र समय,