Anju Subedi – Aswikar

अन्जु सुबेदी – अस्विकार …..!
(Sent to Sanjaal Corps via Email)

न आ उ
भन्दा भन्दै
सुनामी आयो
प्रकृती हो
स्वीकार छ।
तर हामीहरुले
लगाम खिच्नै पर्छ!

हो,यो उज्यालो
अलिक धेरै भयो
ती र मि र ती र मि र
आखै देखेनौ,
आखाहरू देखनै पर्छ !

मैले सम्मान गरे
सीमाविहीन आकासको
र एउटा प्रयोग गरे
पवित्रताको नाममा
आफ्नै परिभाषा भित्र ,
कैले काही
मनहरु राख्ननै पर्छ।

त…. र….
म,
म भन्दा असीम स्नेह
अदृस्य अस्तित्वलाइ
गर्ने सक्दिन
खुशीहरु भेट्न
आफुले आफैलाई
स्नेह गर्ने पर्छ।

लाग्दै थियो
चिनारी हाम्रो
धेरै गहीरो छ
बिस्वास हरु
सधै अटल छ
त र
मेरा नीर्णयमा
तिम्रा अस्वीकृति,
छोडपत्र गर्ने पर्छ!

अस्वीकार तिम्रा दर्शनहरु !
अस्विकार तिम्रा पबित्र प्रेमहरु !

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:6481

Anju Subedi – Kaanda Haru

अन्जु सुबेदी – कांडाहरु
(Sent to Sanjaal Corps via Email)

च्यातिदेउ
घोंच
र दुखाउ ,
छिद्र छिद्र हरु बाट
आर्तनाद निस्के पछि,
तिम्रो कांडाधर्म
अट्टहास गर्नेछ
सफल धर्मको
शंखमूलमा।
तर सम्झनू।
च्यातिने हरु पनि
ज्योतिको नौलो आयाम लिएर
जन्मने छन्
एउटा स्फिनिक्स जस्तो
जीवनको सुन्दर बागमा।

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:6481

Anju Subedi – Chetanshil Manchhe

अन्जु सुबेदी – चेतनशील मान्छे

सदरमुकाम खलंगाको उकालो काट्दै गर्दा
पीपल चौपारीमा बाबा र म ।

“धेरै पढ्नुपर्छ छोरी,
मानिस मात्र त एक चेतनशील प्राणी हो।”
बेसीमा भर्खरै रोपिएका हरीया धानहरु
फाट भरि, डोकोबोकेर घास खोज्दै आमाहरु ।
एउटा चरो भुर्र उडेर आई हागामा बस्यो,
मेरा बालशुलभ जिज्ञासाले प्रश्न कस्यो ।

“बाबा त्यो चरो कि चरी ?”

“खै बा ,चरो नै भन्छौं
चरोको कुनै जात हुंदैन
चरोको कुनै भात हुंदैन
चराहरु पनि स्त्रिलिंग र पुलिंग हुन्छन
तर सबै चरा नै देखिन्छन ।”

“बाबा !
चरा होस् वा चरी उत्तिकै उड्छन् है आकासमा?”

“हो बाबा”

“चरी पनि उड्छे?
के उनीहरुको पनि आफ्नो सस्कार हुन्छ?
के उनीहरुको पनि आफ्नो समाज हुन्छ?”

“चराहरु स्वतन्त्र छन् छोरी”

“बुझें बाबा हामीहरु चेतनशील मान्छे!”