Aman Maharjan – 2012

अमन महर्जन- २०१२

लगाई अदृस्य हत्कड़ी हातहरु, बाँधी छबी पट्टी आँखाहरु
बिचल्ली मनस्थितिहरू, सुसुप्त मस्तिस्कहरू
कहाँ बिदेशी झिलिमिली त कसैको अन्धकार रात
कहाँ काकटेल पार्टी त कहाँ के खाने “भोलि” को समस्या
यो हुने र नहुनेको दोसाँघ यो धनि र गरीबीको फासला
निरंतर अघि बढ्दै गर्छ, समय आफ्नो फर्का मार्छ

आक्रामक संकीर्ण मनाबता, बिस्फोटक सामाजिक जीबन
घृणित अपहेलित समाज, लालची कू संचालित ब्यबस्था
प्रतिस्पर्धा गरिरहेछन सधै बारूदी सुरुंङ अनि मैदानहरुमा
को कुनबेला समाप्त हुन्छ र को कसरी उदय हुन्छ धर्तिमा
यो मतलबी दुनिया, यी असंख्य बर्बादी मोर्चाहरु
अन्धकार बिनास यात्रामा लागिरहेछन, आफै शिकार बनिरहेछन

नोस्त्रदामस भन्छ २०१२ मा हुन्छ ब्रह्मंड को नै समाप्ती
माया तालिका बोल्छ २०१२ मा हुन्छ पृथ्वीको अन्त्य
तर कसले पो छोडेको छ र रयाल काढ़ना आज
कुन ठाउमा पो पाउँछ र बास बुद्ध ले यहाँ आज
दुम्सिका प्वाल थुन्ने हातहरु नै सर्प बनी बिष बमन गर्न थालेपछि
बिसाक्त क्रोधी सर्प बनी आफै आफ जगल्टियपछि

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2432

Aman Maharjan – Bhugol

अमन महर्जन – भूगोल

भन्न त सबै पृथ्बी गोल छ नै भन्छन,
त्येसैले होला मान्छे भन्नेहरु
सुखको खोजिमै बिलाउँछन
सदा बिचरित मनहरू
यदि ताँतिमै टुंगिँछन भने
कसले पो सोच्छ र आजको
पराई कुन आफन्त

यो धर्तीको भार तिर्ने क्रम मै
पराधीनमा भास्सिएका जिबित लासहरू
आशा कै त्यांद्रोहरुमा जीबन बाचेका आत्माहरू,
निराशामै होमीएकाहरु
कहिले पो बिश्राम पाउने हुन
कहिले पो एक मुठी हाँसोमा जिउनेहुन
कहिले बिजय, कहिले पराजयको मत्यांग्रोमा
कहिले पो परेवा उडनेहो यो आकाशमा
मरिरहेछन दिन प्रतिदिन लालाबालाहरू
त्यसैत्यसै कुनै न कुनै बाहानाहरुमा

न देशले गति लिए न जनताले अघि बढ़ने जमर्को भरे
यो ढक्कन बिनाको टोकरिमा थुप्रियेका गंगाटाहरु
माथि उठन दिने कसैले कसैलाई कुरै भएन
झन सतीले सरापेको देशमा ठीक र बेठीक बुझने
कुनै साहसी मानब देखिने छाँटै छैन

आफै नियम बनाउने, आफै बिगार्ने,
आफै बोल्ने अनिं आफै सराप्ने
यो अचम्मको अनकंटार भूगोल
गोलै भए त दिन र रात, सुख र दुख हुनुपर्ने हो
तर अभाब माथि बिस्मात थोपरिने
बिस्मात माथि भूकंप मच्चिने यो भूगोल
बिश्राम को पर्खाइ मै आफ्नो अस्तित्वों मेटीने
यो कस्तो देश, अनि यो कस्तो भूगोल

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2432

Aman Maharjan – Aja

अमन महर्जन – आज

रोटे पींग झैँ समय चक्र घुम्दै गर्दा
को कति बल्द्यांग खाए को कति उपहास बने
त्यो छटपटी मा जन्मेको प्रजातन्त्र
आक्रोशमा बिउझेको यो गणतन्त्र
तुँवालोले ढाकेको सुनसान बस्ति संगै
सिमा स्तम्भ हरु ढल्दै र ढाल्दै गर्दा
पराइ र आफन्तको भुमरीमा
मडारिएको मेरो यो नेपालको माया
न्यु योर्क को व्यस्ततामा पनि एकै छिन
आफैलाई सोध्ने गर्छु ” तँ को होस्”

आँगै सिरिङ्ग हुने दानबी परकास्टाका खबरहरु
लाजहिन सडक दुलुवा र पानी मरुवाहरुका जुलुसहरु
देस दुबिरहेछ भन्ने आभास सम्म पनि नभएका
निक्कै बुद्धिमान मानिने डाक्टर र नेताहरु
यान्त्रिक चालमा देस भाड्ने निर्दयी मोर्चाहरु
देस नै छैन भने तिमि कहाँ रहन्छौ
आमा नै लुटिए तिमो कसरि सहन्छौ
कुनै तन्त्र बचाउन होइन देस बचाउनुछ आज

कुरा र कुलो न हो जता ताने पनि तन्किंन्छ
देस को माया न हो जति पर रहे पनि झन माया लाग्छ
नौलो संग्रामको तयारी गर्ने नया पिद्धिहरु
देस आबादिको सपना बोकेका नब प्रतिभाहरु
सर्प ले लुगा फेरे झैं पुराना कुरा टुंग्याउनु छ आज
सिमा मिच्ने हातहरु भॉच्नु छ आज
देस कुल्चने बैरी हरु खेदनु छ आज