Abir Khaling – Samaya Dans

अबिर खालिङ्ग – समय दंस

क्रुरताको मुट्ठीमा बन्द वर्तमान मस्त छ
असहिष्णुताको सारंगी रेटेर
समय वुद्दत्वको ढोङ रचिरहेछ
छलकपटको कपिलवस्तुमा ।

वैलाबेलाको थारो मौसममा
कोही गीत गाउन मस्त छ अहिले
थाहा छैन कि
गीत विनाशको पनि हुन सक्छ
गीत संहारको पनि हुन्छ
गीत अल्मलको पनि हुन्छ।

झ्याली पिट्दै हिंड्ने जमातलाई देखेर
सूर्य कुटिल हाँसो हाँसिरहेछ आकाशमा
तुहिएको उत्सर्गले मख्ख छन नार्सिसस यो मौसममा ।

पसिना चुहिनुले जिन्दगी रित्तिएको
सानो व्यथा छ अहिले ।
अल्मलको जातिय गीत बज्दैछ घर घरमा ।
वंशविनासको उद्देश्यमा खुकुरी उध्याएको छ समयले ।
रुग्न मानसिकताको आगोले जलेको अनुहार बोकेर
नयाँ वर्षको गीत गाउँदै हिंडिरहेछ नयाँ पिँढी

हुनसक्छ
भोलि केही नहोला हाम्रो स्वरमा ।
रिक्तताको भैलो खेलेको धेरै भयो ।

युद्धको ढोङ रचेर
भाई मारेको धेरै भयो ।
धेरै भयो आफ्नो आफन्तको घर जलाएको
खरानीको थुप्रोमा बाबुको वीरता खोजेको धेरै भयो ।

(Sent to Sanjaal Corps via Email)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2793

Abir Khaling – Maathi

अबिर खालिङ्ग – माथि

हेर्न नसकिने अभिसाप पाएर हो कि
त्रस्त छन् आँखा
माथि हेर्न ।
आकाशको गीत र नीलो रंग कसैको पेवा भईसक्यो ।

धरतीको चित्कारले
बन्द भएको कानमात्र छ
नदीले रेटेको सारंगी र हावाले फुकेको बाँसुरी
नेपथ्यमा विलीन भईसक्यो ।

शिशुहरु रुन्छन आतंकको रुदन ।
मायाको अंकमालमा
वैरताको न्यानो ।
कुदिरहन्छ गाउँघरमा आतंकको सिटी फुक्दै उँधो जाने रेल ।

गाउनै छाडे हिजोआज मान्छेहरूले गीत…
माथि माथि सैलुंगेमा र बिर्से माथिको आनन्द ।

(Sent to Sanjaal Corps via Email)

Related Articles:

Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2793

Abir Khaling – Timro Yaad

अबिर खालिङ्ग – तिम्रो याद

शिशिरका नांगा रुखका हाँगाहरु हेरेर
हताश हुन नपाउँदै तिम्रो याद आउँछ

उन्मादका धुन सुनाउँछ ।

तिम्रो याद
पुरातात्विक खननबाट प्राप्त अवशेष होईन /
जीवनेच्छाको बस्तीमा
माघको मायालु घाम /
ऊदाश उराठिलो प्रहरमा
सौम्य सुललित गजल ।

गाउँ छाडेर जानेहरुलाई
साश छाडेर हिँड्नेहरुलाई
तिम्रो यादको संगीत सुनाउँ ?
हाम्रो अंगालोलाई लत्याएर कोही पर पुगिसक्यो
हाम्रो स्थापित सम्बन्धको विरुद्ध यु्द्ध लडिसक्यो
ऊ सिकन्दरझैं हाँस्न अघि तिम्रो यादको चंगा उडाउँ?

फूलमा / चरामा / नदीमा / खेतमा / गाउँमा
उनीहरु कहीं छैनन
तिम्रो यादको बाँसुरी बजाएर सम्मोहित तुल्याउंछु ।