Nira Sharma – Timi Ekli Bana

कुमारीहरुलाई बिहे नगर्ने सल्लाह छ
सिन्दूर पुछिइरहने यो समय
सिउँदो उजाडिएको यो क्षण
अब सिउंदोमा कुनै रौनक छैन
जुनसुकै बेला सिनित्त पखालिन सक्छ
सिन्दूरको, अहं कुनै भर छैन

ढकमक्क फूलेको फूलको पात
अनायासै खस्न सक्छ
धपक्कको बैसको पहिलो रात
कालरात्री हुन सक्छ
भो कुमारी, बिहे नगर

बरु बिबाहित छौ भने
बाँझै बस अब तिमी
गर्भे टुहुराकी आमा हुन
गर्भधारण नगर भो,

हो अब नगर गर्भधारण
बाँझै बस बरु तिमी
निर्बाध भोग्नु पर्छ यदि भने
पिडाहरु एकपछि अर्को गर्दै
बाबुको छत्रछायाँबाट बञ्चित
टुहुरा टुहुरी हुर्काउनुको पिडा
एउटा अबोध शिशुको
बा खोई ? प्रश्नको पिडा
भो सहने आँट नगर

बाँझै बस बरु तिमी
हिंसाले हिंसा नै जन्माउँछ भने
हिंसाको बेला सृजित सुक्रकिटलाई
आफ्नो डिम्बमा स्थान नदेऊ
सिउँदो पुछिएका, काख उजाडिएका
हजारौं अवलाहरुको उजाड बस्ती
भो, अरु फैलन नदेऊ

हिम्मत गर, नारी तिमी
बिहे नगरेर, आमा नबनेर
एकचोटी सृष्टिलाई छेकीहेर
सृष्टि चक्र नै रोकी हेर
यदि जीवनमा शान्ति हुने
झिनो पनि आशा छैन भने
मातृ वात्सल्यको लिप्सा नगर
नारी तिमी बाँझी बन
बरु तिमी एक्ली बन ।

काठमाडौं, हाल: अमेरिका ।

Related Poems


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3258
Tagged , , , , , , , , , , , , , , , , . Bookmark the permalink.



Leave a Reply