Pratima KC – Chiso Chulo Fukekai Chhau Chetana Ko Ranko Bala (Nepali Gajal)

प्रतिमा के.सी. – चिसो चुलो फुकेकै छौ चेतनाको राँको बाल

बन्नुपर्छ समान न्याय यहि आउदो साल
तोडनुपर्छ नारी तिमीले सामन्तीको जाल

हत्कडी लगाउदै छन् हर धर्म तिमीलाई
चिसो चुलो फुकेकै छौ चेतनाको राँको बाल

मनमस्तिष्क खार्नुपर्छ सुन्दर बन्नलाई
कुबिचारको अग्लो पर्खाल बरु आजै ढाल

नागरिक जिम्मेबारी तिम्रो काँधमा पनि छ
स्वाबलम्बी स्वाभिमानी भै पाइलाहरु चाल

कति खर्चिन्छौ समय शृंगार क्षणिक न हो
छोड लज्जाको घुम्टो बिबेकशाली काम थाल

०७ मार्च २०१२
रेडिंग, बेलायत

अन्तराष्ट्रिय नारी दिवश २०१२

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1639
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.



Leave a Reply