Deep Raj Neyong-Hang – Salbalayeka Chepganda Haru

दीपराज नेयोङहाङ – सल्बलाएका चेपागांडाहरु

चेपागांडाहरु संग हुर्किएको मन
धानका गावा गावामा खेल्छ
समय कालखण्डमा धाँजा परेका मृटिकामा सास्ती भोग्दै
पुनारावृतिको आशामा
उभिएका छन् – भ्यागुत्ता बन्न नसकेका मनहरु

आकास झर्ने लागेको छ
धन्य – सयौं हुटिट्याउहरु उत्तानो छन्
ढुक्क एक मन लिएर
सयनी गुम्फ़न भित्र छिरेका तनहरु
एक्कासी आधारातमा हप्सिलो गीतमा
अघोरी बाबाहरु बागमती किनारा किनारा
छमछमी नाच्न थालेपछि
मुटुका तरंगहरु अप्रत्यासि हुइकिन्छन
अनवरत बतासिएर
रित्तो गाग्रो सुसेल्दै
अथक – रित्तो पेट हुनुमा
अथक – पसिना चुहाउनुमा
छुँदै-हुँदै आफ्नै तरंगहरु एकाग्र
भुमरिन्छन झुपडीहरुमा र बन्छ
एक ब्रह्माण्ड

सृष्टिमा माहागुरुहरुको उत्पति हुनुले
तिलहरु पहाडमा अनुदित हुँदै गर्दा
पहाडहरु तिलमा अनुदित हुँदै गर्दा
बिप्लेटिएका सहस्र जिन्दगीहरु
पाताले झरना भित्र पातालिरहेछ
उर्गल भित्र ढुट्टिएका दानाहरु झैं
अध्यारोले पिल्सिएका
जाडोले चिम्सिएका मनहरु
आवाजमा “प्रमिथस” कुर्लिरहेछ्न
कोलोराडो र गिला घाँटीका
मुहान र किनाराहरु
खोटेसिक्कामा लिलामी गर्नु भन्दा
सिंगो शरीर जिजीबिषामा तर्पण गर्ने मनहरु
सहर्स स्विकार्छन- जल्लाह्दहरुलाई
इतिहास र वर्तमानको समिकरणमा
अस्तित्वको योगफल निकाल्न ।

पथरी – ५ किराती चोक
कोशी – मोरङ
हाल आबुधाबी यूएई

Related Poems


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2011
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.



Leave a Reply