चन्द्र गुरुङ – मैले बाँचेको शहर-१
यो शहरको शरीरैभरि
च्याउसरी उम्रेका कंक्रीट बील्डिङ्गहरू
सबका सब
-तन्काउँदै जीवन थाकेका ढाडहरू
-उचाल्दै शान झुकेका टाउकाहरू
-फुलाउँदै स्वाभिमान खुम्चिएका छातिहरू
-उघार्दै सपना थुनिएका आँखाहरू
प्रदुषित आकासमा
गुनगुनाउँदै छन् कोरस, आफ्नो खोक्रो उँचाई ।
जीवनको अधबैँसे यौवन नाप्दै
हेरेको छु
-हरियो खेतबारी खाएर मोटाएका घरघडेरीहरू
-कुआँपँधेरो निलेर उभिएका पानीटैँकीहरू
-वल्लोपल्लो डाँडा छेल्दै बसेका घरहरू
-रुखहरूका सौर्न्दर्य मास्दै ठडिएका पर्खालहरू
-असंख्य पाउमुनि थिचिएका सडकहरू
यहाँ, मैले बाँचेको शहरमा ।
भेटेकोछु यहाँ
रोधीँहरू लखेट्दै आइपुगेका सिनेमाघरहरू
चियापसलको ठाउँमा पलाएका फाष्टफुड क्याफेहरू
र
सडकका वारिपारि
-दुइ हातहरूमा चित्ताकर्ष शो-रूम उचाल्दै
-काँधहरूमा रंगीन दोकानहरू बोक्दै
-अनुहारैभरि कृत्रिम मुस्कान कोर्दै
मानिसहरूका ‘टाइमपास’ हूललाई आकषिर्त गर्न
ठेल्ामठेल उभिएका स्योपिंग सेण्टरहरू ।
मैले बाँचेको शहर
यहाँ
-फलानो पार्टीलाई भोट दिए देशमा शान्ति
एउटा चुनावी घोषणा ।
-दुइ किने एक प|mी- नयाँ साबुनको जन्म ।
-गुप्तरोग पनि चवाट्टै पार्ने ‘छाडा’ आयुर्वेदीय औषधी ।
यीयस्ता विज्ञापनका
थरीथरी रंगीन लिपिस्टीकले ओँठ रंग्याएर
उभिएका फेशनदार पर्खालहरू
हाँस्दैछन् स्र्टाईल स्र्टाईलका वेश्या खित्काहरू ।
यहाँ,
भोकाएका झुप्राहरूअघि
तारे होटलहरू -बेहिच्चक)असभ्य थुक्छन् ।
ख्याउटिएका नाङ्गाबुङ्गाहरूलाई र्
इ˜˜˜खा इ˜˜˜खा गर्दै
छोटो पहिरानमा उखरमाउलो समय
हिँड्छ र्याम्पमाथि अत्याधुनिक क्याटवाक
र, यहाँका अग्ला घरहरू
इनामेलको रसायनिक सौर्न्दर्य बसाउँदै
कुममा कुम जोडेर उभिन्छन्
पाल्दै एकआपसमा नमिल्ने सप्तरंगी प्राणीहरू ।
मैले बाँचेको शहर-
चोकचोकमा असंख्य फर्सदिला सालिकहरू
उभेका छन् चुपचाप
नियाल्दै हाम्रा अस्त-व्यस्त जीवनहरू ।
यहाँ,
अल्पत्रे -अलकत्रे) सडकहरूमाथि
देखिन्छन् दुखाई चिच्याउँदै कुद्ने एम्बुलेँसहरू
र,
-यहाँका आकासे पुलहरूमाथि
-यहाँका एकान्त पार्कका कुनातिर
-यहाँका अँध्यारा सडकका छेउछाउमा
भेटिन्छन् भीडका अनुहारमा कारोबार खोज्ने नगरवधूहरू ।
यो…मैले बाँचेको शहर !
न त छोपिएको छ मायाको घुम्टोले
न त बाँधिएको छ मानवताको डोरीले
न त घेरिएको छ मेलमिलापको पर्खालले ।
चारैतिरबाट एक्लिएको…यो…मैले बाँचेको शहर ।
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.