Bhoj Raj Neupane – Aashish Haraune Desh

भोजराज न्यौपाने – आशिष हराउने देश

वुबा सानो छँदा
जिजुवुवाले दशैंमा टिका लगाएर
आशिष दिंदै भन्नु हुन्थ्यो रे
‘डिठ्ठा भएस् सुवेदार भएस्
पण्डित भएस् विचारी भएस् ।’

म सानो छँदा
हजुर वुवाले दशैंमा टिका लगाएर
जमरा सिउरिंदै पातीले पर्सेर
आशिष दिनु हुन्थ्यो –
‘सवैको मान्य भएस् सवैको प्यारो भएस्
ठूलो भएस् उँचो भएस् ।’

अहिले मेरो छोरालाई
वुवाले दशैंको टिका लगाउँदा
आशिष दिंदै भन्नुहुन्छ
‘असल हुनु ठूलो मान्छे नहुनु ।’

समय न हो हेर्दा हेर्दै वदलिंदो छ
समय न हो छाम्दा छाम्दै घर्किदो छ
भोलि कुनै दिन
मेरो छोराले
उसको नातिलाई दशैंमा टिका लगाउँदै भन्नेछ
‘वावु ,मान्छेको अनुहार लिएर जन्मँदैमा
कोही मान्छे हुँदैन,
अहिले मान्छेमा विवेक हराएको छ
अहिले मान्छेमा विचार हराएको छ ।
यो जन्ममा यस्तै भैहाल्यो
अर्को जन्ममा मेरा सन्तान मान्छे नहोउन
किनभने
मान्छेले पुर्खाको अंश खोज्छ
र पुर्खालाई नै घृणा गर्छ ।
मान्छेले पुर्खाको सदाचार सिक्दैन
पुर्खाको सम्मान गर्दैन
यो आशिष हराउने देश हो वावु
मान्छौ भने शिरको आशिष शिरमैं राख ।’

चरिकोट, दोलखा; हाल: काठमाण्डौं

समाप्त

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2344
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply