Manoj Bogati – Dhunga

मनोज बोगटी – ढुङ्गा

ढुङ्गा-1
उसको कठोरता
तिम्रै आँखाको दोष।

ढुङ्गा
कसैको घड़ेरी हो
घर हो, मन्दिर हो, शहर हो
ढुङ्गा कसरी कठोर हुन सक्छ?

ढुङ्गा पनि फुट्छ
तिम्रो मन जस्तै
विचार जस्तै
विश्वास जस्तै।

कति धेरै अन्तरविरोध र असन्तुष्टी छ तिमीसित
ढुङ्गामा केही छैन, शान्त छ।

तिमीले सिक्नुपर्ने यही थियो।

ढुङ्गा-2
खोलाको ढुङ्गामा छल्किने पानी
अथवा खोलाको जिन्दगानी।
ढुङ्गाले
जीवनको फिँजफोकाको कथा भन्छ
नबुझेर तिमी भने रोइरहन्छौ।

ढुङ्गा-3
तिमी यति माथि छौ
यति माथि छौ
ढुङ्गालाई नै टेकेर छौ।
यो पक्का हो
तिमीले जस्तो
ढुङ्गाले विश्वासघात गर्दैन।

ढुङ्गा-4
पर्खालजस्तो अनुशासन अर्को छैन।

पर्खाल नहुनु हो
तिमी मारिन्थ्यौ।
पर्खालको दर्शन नबुझेरै मारिन्थ्यौ।

मर्नुबाट जोगाउन दह्रोसित उभेको पर्खाल नै तोड़्‌न चहान्छौ?
पर्खालले तिमीलाई तोड़्‌न रोक्दैन।

ढुङ्गा-5
देउरालीको
तीनचुले ढुङ्गा
सत्यम्‌, सुन्दरम्‌, शिवम्‌।

हेर्न सिक।

ढुङ्गा-6
खिड़्‌की फुटाउन ढुङ्गा हान्छौ कि रिस्‌?
छानामाथि ढुङ्गा बज्रन्छ कि आह्रिस्‌?
ढुङ्गाको के दोष
तिम्रो पो दोष।

ढुङ्गा-7
ढुङ्गा कुटेेरै जीवन बनाउँछौ
ढुङ्गा ढोगेरै पानी चढ़ाउँछौ
तिमीलाई
तिम्रो भन्दा पनि धेर
ढुङ्गामाथि विश्वास छ।

ढुङ्गा-8
भातमा ढुङ्गा लाग्दा
नरिसाउनु मायालुसित।

यस्तो घटना
चपाएरै खानेहरूसित घट्छ।

ढुङ्गा-9
तिमी ढुङ्गाको नकल गर्न सक्तैनौ।

ढुङ्गा-10
ढुङ्गाले गह्रौं हुन सिकाउँछ
बलियो हुन सिकाउँछ।

बॉंच्न सिक्दा
निधार फुट्छ
खिड़्‌की फुट्छ
घर फुट्छ।

ढुङ्गाले होसियारीसित सिक्न सिकाउँछ।

नसिक्नेलाई
मन्दिरको पनि अर्थ छैन
मूर्तिको पनि अर्थ छैन।

अर्थ नहुनु कला नहुनु त हो
आफै नहुनु त हो।

नसिक्नेलाई
ढुङ्गा मात्र हो

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1783
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply