Dhan Bahadur Oli – Byunjhaideu Mera Kabita Haru

धनबहादुर ओली – बियुँझाइदेऊ मेरा कविताहरू

तिमीले गाउँ छोड्दा
बिराना भए मेरा कविताहरू
तिमी थियौ र पो
बजाउँथ्यौ बाँसुरीको धुनमा
मेलापात हिँड्ने बाटोभरि
कहिले सुसेल्थ्यौ
कहीँ चुहिन्थे तपतप्
तिमी बिसाउने चौतारीहरूमा
तिमी बुन्थ्यौ मिठामिठा छन्दहरू
दौडन्थे बताससँगै मेरा कविताहरू ।

तिमी नै बिरानो भएपछि
बज्दैनन् कविता मादलका तालमा
न त नाच्छन् झ्याउरे र मारुनीसँगै
न हाँस्छन् ती असारे गीतमा ।

ओहो ती त छरपस्टै भएछन्
तिमीले टेक्ने मरुभूमिका बालुवाभरि
सुनेनौ कारखानामा चल्ने मेसिनहरू
अनि रखवारीमा बज्ने लट्ठीका आवाज
होटेलका जुठा प्लेट र गिलासका स्वरहरू
त्यहीँ त गुनगुनाउँछन् मेरा कविताहरू ।

तिमी फर्कँदा
तिमीसँगै भट्टीमा बास बस्छन् मेरा कविताहरू
मालिकको घृणा र घरको पीडाले
थिलथिलो पारेको तिम्रो स्वाभिमान
नसालु रसका रित्ता सिसीहरूसँगै
जब ब्युँझिन्छ फोस्रो आडम्बरमा
निराश हुन्छन् मेरा कविताहरू
कुरिरहेका तिमी फर्कने आशामा
कतै फेरि बजाउँथ्यौ कि बाँसुरीको धुन भनी
नाच्थ्या कि फेरि झ्याउरे र मारुनी
बुन्थ्यौ कि चौतारीमा मिठा छन्दहरू
बतासिन आतुर मेरा कविताहरूलाई ।

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:3214
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply