Anju Subedi – Parkhaai (A Love Poem)

अन्जु सुबेदी – पर्खाई ( A love poem)
आँखाहरु बिछ्याई रहें,उनी हिड्ने गोरेटोमा
मन मेरो ओछ्याई रहें ,आशाको उहि डोरेटोमा
चराहरु वास बसे ,सुन्य भयो बाँसघारि
नयनहरु चियाई रहें ,झ्यालबाट घरि घरि /

देख्दै छूं म जून पनि, कता कता वैले जस्तो
सुन्यता र छटपटी भो ,लाग्दैन क्यै पैले जस्तो
कता कता त्रास भर्छ ,चयन झर्छ घरि घरि
आखाँहरु झरिरन्छन्,गोरेटो कै वरी परि /

जूनकिरी बत्ती बाली ,तिमी खोजे जस्तो देख्छु
निस्तब्ध यो रात कतै तिमी बोले जस्तो सुन्छु
पालिबाट चियाउछु ,आउँदै छौ कि कतै भनि
झुल्कदैनौ तिमी फेरि ,उराठ बन्छ रात अनि /

दूरतामा बाँसुरीको धून सुन्छु घरि घरि
बिरहमा मेरै जस्तो बजायो कि कठैवरी/

कसले भन्छ आँखाहरु ,सुन्दर देख्छन संसार यो
भावना पो रूप भर्छ ,स्नेह कै त ज्योति हो यो /
आँखाहरु साक्षी होईनन सौन्दर्य त्यो नीहारने
स्नेह नै हो जगत यो सुन्दर सुन्दर बनाउने /

(Sent to Sanjaal Corps via Email)

Number of Views for this Poem:66059
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

2 Responses to Anju Subedi – Parkhaai (A Love Poem)

  1. puru says:

    Hi

    Is there any way, we can contact great Poets?

    P

  2. kushalzone says:

    We currently do not provide this service. We plan to do that soon.

Add Comment Register



Leave a Reply