अन्जु सुबेदी – पर्खाई ( A love poem)
आँखाहरु बिछ्याई रहें,उनी हिड्ने गोरेटोमा
मन मेरो ओछ्याई रहें ,आशाको उहि डोरेटोमा
चराहरु वास बसे ,सुन्य भयो बाँसघारि
नयनहरु चियाई रहें ,झ्यालबाट घरि घरि /
देख्दै छूं म जून पनि, कता कता वैले जस्तो
सुन्यता र छटपटी भो ,लाग्दैन क्यै पैले जस्तो
कता कता त्रास भर्छ ,चयन झर्छ घरि घरि
आखाँहरु झरिरन्छन्,गोरेटो कै वरी परि /
जूनकिरी बत्ती बाली ,तिमी खोजे जस्तो देख्छु
निस्तब्ध यो रात कतै तिमी बोले जस्तो सुन्छु
पालिबाट चियाउछु ,आउँदै छौ कि कतै भनि
झुल्कदैनौ तिमी फेरि ,उराठ बन्छ रात अनि /
दूरतामा बाँसुरीको धून सुन्छु घरि घरि
बिरहमा मेरै जस्तो बजायो कि कठैवरी/
कसले भन्छ आँखाहरु ,सुन्दर देख्छन संसार यो
भावना पो रूप भर्छ ,स्नेह कै त ज्योति हो यो /
आँखाहरु साक्षी होईनन सौन्दर्य त्यो नीहारने
स्नेह नै हो जगत यो सुन्दर सुन्दर बनाउने /
(Sent to Sanjaal Corps via Email)
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.
Hi
Is there any way, we can contact great Poets?
P
We currently do not provide this service. We plan to do that soon.