Ram Prasad Prasain – Pardeshi Man Haru

रामप्रसाद प्रसाईं “आशुतोष आंशु” – परदेशी मनहरू

नालीबेलीका
नानाभांती
नागबेलीहरू

अन्तर-कुन्तरका कुइनेटाहरू
घुम्ती र दोबाटाहरूसंगै
गरिरहन्छ—
यो मन
बसिबियांलो
नाभो
स्मरण/विस्मरणका
रजतपटहरूमा
जस्तो कि
रोपाहरू
गांठिएकाछन्
गांजिएकाछन्
परिवर्तित मौसमझैं
बिरौटा पाखाहरूबाट
पर्गेलिंदै र पिसिंदै
गतिशील समयका
चक्रहरूमा
उदाइरहेका
चक्रेटाका
चक्रैचक्रमा
अनि जीवनका
तिक्तता र रिक्तताकरूसंगै
किनकि
बक्रैबक्रका मनहरू
लक्ष्मणरेखा
अ/पार भएकाछन्
चेतनाका विद्रुप-विद्रुप
ऐठनहरूको
धुरीबाट
छप्ल्याङ्ग
छप्ल्याङ्ग
बाँकटे
हानिरहेकाछन्
स्मृतिका
झ्यालखानाहरूबाट

मनहरू
त्यसै त्यसै
डेढ मनको भारीले
अँचेटे जस्तो
आजको दिन
(बिदाको समय)
तर
मनहरू
फेरि पनि
गोडिइरहे
घोत्लिइरहे
भावनाका तरेलीहरूमा
स्मृतिका परेलीहरूमा
अनि
आमाले
बेसाको
सिन्की र
नेपाले भट्मासका
स्निग्ध सुवासहरूमा;
स्मृतिले पनि बरखी बारिरहेछ—
चेतनाका धिपधिप दियालाहरूमा,
ढुकुमुकु ढुकुमुकु
कस्को हात……।।
झल्यांस्स ब्युंतन्छु
यताउता हेर्छु
जुरूक्क उठ्छु
उफफफ…..
आफ्नै
बिस्तरामा
रगले छोपिइएकोछु—
चेतनाका चिङ्नाहरू
बोझिल मनहरू
ओडेर
मिसकलहरू
थुप्रिइरहेछन्—
सम्झनाका,
संभावनाका
“बांच र बचाऊ”
ठोस समीकरणका
अनि
खण्डित अंगालाहरूका
अर्ध/गोलार्द्ध
भग्नावशेषहरूमा,
“कोला ! कोला !!
सातो नजा”
एक अमूर्त जोखाना
उनै
जन्तरे दर्जीको।

अगष्ट २७, सन् २०१०
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल।
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1653
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply