Shikhar Arohan – Pariwartan

शिखर आरोहन – परिवर्तन
(Sent to Sanjaal Corps via Email)

शहरमा आजभोलि
सम्साँझै बत्ति निभाउन थालिएको छ,
मानिसहरु झुण्ड झुण्ड भएर
ठड्याएका हातहरु क्रमशः तलतल गरिरहेछन्
हिजो
यही समय
विजय उत्सव मनाउन
यहाँ दिपावली गरिन्थ्यो
नाचगानमा तिमी हामी रमाउदै
परपर पुग्थ्यौं ।
र स्वतन्त्रताको आनन्दमा आफैं विलिन हुन्थ्यौं ।

गाउँगाउँमा आजभोलि
उड्दाउड्दै चराहरू खस्न थालेका छन्
वरिपरिका रुखहरू जरैदेखि उल्टिएका छन्
केही समय पहिले
छाहरीहरूमा आराम गर्दै
तिमी हामी देउरालीहरूमा
माया साट्न लालायित हुन्थ्यौं
र पौडदैं स्वर्गका केही टुक्रा अक्षताहरू बाँडी बाँडी लिन्थ्यौं ।

समयका स्वरहरू परिवर्तित भएका छन्
विरूद्धमा उठेका ति हातहरू
विस्तारै विस्तारै लोलाउदैं
पक्षको विपक्षमा जुटिरहेछन्
लमतन्न सुतिरहेका सडकहरु
उठ्दै गीतहरू गाउन थालेका छन् ।
यही समय हातमा लिएर
घरघरमा
पितृशोक मनाइरहेको बेला
तिमी हामीले पुजेका हिजोका देउताहरू
आमाहरूको बलात्कार गरिरहेछन्
र हामी टुलुटुलु
सपनामा रमाइरहेछौं ।

(This poem is also published in Samakalin Sahitya)

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:2738
Tagged , , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply