Shikhar Arohan – Nishabdata

शिखर आरोहण – निःशब्दता
(Sent to Sanjaal Corps via Email)

ऊ, हिडिरहन्छ प्रत्येकपल्ट
एउटा निर्माणका विरूद्धहरूमा
ऊ लडिरहन्छ प्रत्येकपल्ट
विनिर्माणका संघारहरूमा
चुपचाप चुपचाप
वाचाल ओठहरू
पड्किरहेछन्, गर्जिरहेछन् ।
आशा, निराशा र संवेगहरूका
भूमरीभित्रबाट, भूमरीसँगसगै
अदृश्य अवयवहरू
नदेखिएका भुतकालहरूसँगै
भविष्यका मानवमनहरूमा
एउटा मेसिन जन्माइनेछ,
निश्चल, चुपचाप र बलिष्ठ
अर्कोपटक पुनः जन्मनेछ ऊ ।

विम्व, मिथक र प्रतिकहरू
पागलखानामा उनमुख हुनेछन्
एउटा आशाको मन लिएर
शुष्क अँध्यारोभित्र
गाभिनेछ ऊ
निशब्द चुपचाप चुपचाप
विलिन हुनेछ ऊ ।
सहिदहरूका निम्ति
पु्राना पाटीहरूमा
फेरि अर्कोपटक
जन्माइनेछ ऊ ।
हत्यामा गाभिएर
एउटा खुट्टा खन्च्याङमन्च्याङ गर्दै
हिडिरहनेहरू उसलाई
चुपचाप चुपचाप हेरिरहनेछन्
सालिकहरूमाझ ।
पुराना आशाहरू
कुलिचएका पैतालाहरूबाट
फुङ्ग उडेका धुलोका कणसँगै
ऊ ढाकिनेछ,
एक इच्छा, मानवमन
सालिक भएर ढाकिनेछ ऊ ।

Number of Views for this Poem:1933
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.
Add Comment Register



Leave a Reply