Kopila Thulung – Mero Pal Haru

कोपीला थुलुङ्ग ‘आंशुतोष’ – मेरो पलहरु

हरेक विहानीको उषासंगै
एउटा आशा लिएर उठ्ने गर्छु
सूर्यका किरण चारैतिर फैलिएजस्तै
फैलिन्छन् आशाका लहराहरू
तर,
ती मेरा आशाहरू लहरा बनेर फैलिनुमा र
नफैलिनुमा करिव-करिव उस्तै हुन्छन्
यसरी नै कति विते हिउँद अनि वर्षापनि
त्यसैमा म घुमीरहे ऊन घुमाउने चर्खा वनि
मैले काटेको रातमा,
सिङ्गो धर्ती ओछ्यान बन्छ
खुला आकाश मोड्ने गर्छु
कति रूज्झनु झरि वादलमा
आफू वाच्न अनि वचाउनलाई
टालेकै छु थोत्रा भोटो
नाङ्डो शरीर जोगउनलाई

Related Poems


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1988
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.



Leave a Reply