Sajan Rai Upekshit – Samaya

साजन राइ ‘उपेक्षित’ – समय

थाह छ ? उनीसँगै हामी हुन्थ्यौ ।
मेरो बाल्यकालको सखी
कति कुराहरुको भलाकुसरी हुन्थ्यो ।
बयेली खेल्थ्यौ हामी एक डाँडा र अर्को डाँडा
समय एकनाशको हुँदैन रहेछ ।
हुदो हो त संसार सबैले आफ्नो अनुकुलमा कब्ज गर्ने थिए होला ।

हामी पनि हुत्तियौ ..
बहकियौ समयको परिवर्तनसँगै …….
चैत्रमासको हुण्डरीले…….
साउन भदौको दर्के झरी र भेलबाढीसँगै…
अथवा पौष माघको चिसो सिरेटोसँगै ….
खै समयको कुन शक्ती थियो त्यहाँ
जसले हामीलाई लापत्त बनाईदियो ।
सम्झनै नसक्ने गरी……… .

समय…….. समय……… समय…….
सबै आफ्नै समस्या र आवश्यकता
सबैको आफ्नै सँघर्ष,
दिनरातको चक्र जस्तै त्यो दिन पनि आयो कि
फेरी पनि हाम्रो भेट ….
बितेका कुरा…बाल्य कृयाकलापको अतितानुभुतिहरु
तर त्यहाँ भएर पनि त्यो थिएन ।
समय सँगै उनको गज्जबको परिवर्तन भएछ ।

आह ….!सखी
तिम्रो भागमा परेको लखपतिको नौटंकीसँगै
हाम्रो मित्रतालाई बिर्सिदिएछौ ।
सुख र सम्पन्नताको चरमोत्कर्षसँगै
हाम्रो सम्बन्धलाई कुल्चीदिएछौ ।
सोच्छौ होला के फाईदा होला र
बितेका कुरा सम्झेर ……
तर विगत बिना वर्तमानको सम्भव नै छैन ।

मलाई तिम्रो सम्पत्तिमा लोभ छैन ।
मलाई तिम्रो उन्नतिमा आँखा लागेको हैन ।
मैले तिम्रो भाग खोस्नु छैन पनि ।
मैले लामो अन्तरालपछिको हाम्रो भेटलाई
सम्झनाको तरेलीहरुसँग सँगाल्दै
सुदामा र कृष्णको झै बनाउन खोजेको मात्र हुँ ।

दिदिङ-१ बर्देउ संखुवा-सभा

Related Articles:


Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Sanjaal Corps develops Open Source Software Development for Android Based Smartphone and Tablet Devices in addition to providing Technical Solutions.We also offer customized data backup, data recovery, data hosting and voip solutions.

Number of Views for this Poem:1728
Tagged , , , , , , , , , , , , , , , , , , , , , . Bookmark the permalink.

Leave a Reply